npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एस्टन भिल्ला युरोपमा लिगको सेमिफाइनलमा

Prakash Timalsina 14 hours ago


एजेन्सी – एस्टन भिल्लाले युरोपा लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। भिल्लाले दोस्रो लेगमा बोलोग्नालाई ४-० ले हराएपछि समग्रमा ७-१ को जितसहित अन्तिम चारमा पुगेको हो।

भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै खेल नियन्त्रणमा लियो। प्रशिक्षक उनाइ एमरीको टोलीले अब सेमिफाइनलमा नटिङ्घम फरेस्टसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको १६औँ मिनेटमा भिल्लाले अग्रता लियो। लुकास डिन्ये, एमिलियानो बुएन्डिया र मोर्गन रोजर्सबीच उत्कृष्ट तालमेल बनेपछि रोजर्सले दिएको पासमा ओली वाटकिन्सले गोल गर्दै टोलीलाई अगाडि बढाए। यो भिल्लाका लागि वाटकिन्सको १००औँ गोल थियो।

२५औँ मिनेटमा रोजर्सले पेनाल्टी पाए पनि उनको प्रहार गोलरक्षक फेडेरिको राभालियाले बचाए। मार्टिन भिटिकको ह्यान्डबलपछि पेनाल्टी दिइएको थियो।
तर त्यसको एक मिनेटपछि नै भिल्लाले अर्को गोल थप्यो। डिन्येले लामो थ्रोमार्फत बक्सभित्र बल पठाएपछि बुएन्डियाले उत्कृष्ट प्रहार गर्दै गोल गरे।

पहिलो हाफ सकिनुअघि रोजर्स स्वयंले पनि गोल गरे। कप्तान जोन म्याकगिनबाट बक्सको बायाँतर्फ आएको पास नियन्त्रणमा लिएर उनले नजिकको पोस्ट हुँदै गोल गरेका थिए।

खेलको ८९औँ मिनेटमा एज़्री कोन्साले शानदार भली प्रहार गर्दै भिल्लाको जित सुनिश्चित गरे। कर्नरबाट आएको बल बोलोनियाले क्लियर गर्न नसकेपछि कोन्साले गोल गरे।

नटिङ्घम फरेस्ट १-० पोर्टो (समग्र: २-१)

नटिङ्घम फरेस्ट ले पोर्टो माथि १-० को जित निकाल्दै समग्रमा २–१ ले सेमिफाइनलमा स्थान बनाएको छ। खेलको निर्णायक गोल मोर्गन गिब्स–ह्वाइट ले गरे। यसअघि जान बेड्नारेक ले रातो कार्ड पाएपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो।

सेल्टा भिगो १-३ फ्राइबर्ग (समग्र: १-६)

फ्राइबर्ग ले स्पेनमा प्रभावशाली प्रदर्शन गर्दै सेल्टा भिगो लाई ३-१ ले हरायो। यससँगै जर्मन टोलीले समग्रमा ६-१ को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

रियल बेटिस २-४ ब्रागा (समग्र: ३-५)

ब्रागा ले सेभिल्लामा शानदार पुनरागमन गर्दै रियल बेटिस लाई ४–२ ले हरायो। पहिलो हाफमा पछि परेको अवस्थाबाट फर्किएको ब्रागाले समग्रमा ५-३ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

The post एस्टन भिल्ला युरोपमा लिगको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category