npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo

हाम्रो खेलकुद

HamroKhelkud.com - Complete website for Nepali Sports News | Nepali Cricket, Football and More

नेयमारको घुँडाको शल्यक्रिया सफल

Prakash Timalsina | 1 hour ago
एजेन्सी – ब्राजिल र सान्तोस फरवार्ड नेयमारको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। उनको घुँडाको मेनिस्कसमा समस्या देखिएपछि अपरेसन गरिएको हो। ३३ वर्षीय नेयमारले कठिन सिजनका बीच पनि चोटग्रस्त हुँदै सान्तोसका लागि खेलेका थिए । क्लबलाई ब्राजिलको शीर्ष लिगबाट रेलिगेसन हुनबाट जोगाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए।

फुलहमको जित

Prakash Timalsina | 2 hours ago
एजेन्सी – क्रिसमसअघि भएको प्रिमियर लिगको अन्तिम खेलमा सोमवार फुलहमले नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ। पहिलो हाफको इन्जुरी समयमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई जित दिलाए। डगलस लुइजले बक्सभित्र केभिनलाई फाउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो। खेलभर दुवै टोलीले धेरै अवसर बनाउन सकेनन्।

नेपालको फिफा वरीयता यथावत

Prakash Timalsina | 14 hours ago
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा यथावत रहेको छ। फिफाको सोमवार जारी गरेको डिसेम्बरको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ स्थानमा कायम छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा छ।

शुभमन, अभिषेक र अर्शदीप पञ्जाब टोलीमा

Prakash Timalsina | 18 hours ago
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्व कपका‌ लागि भारतीय क्रिकेट टोलीमा पर्न असफल भएका शुभमन गिलले पञ्जाबबाट घरेलु एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी खेल्ने भएका छन्। शुभमन, अभिषेक शर्मा र अर्शदीप सिंहसहित पञ्जाबले १८ सदस्यीय टोली घोषणा गरेको छ। पञ्जाबले प्रतियोगितामा आफ्नो पहिलो खेल डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्नेछ।

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

Prakash Timalsina | 2 days ago
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए।

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

Prakash Timalsina | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

Prakash Timalsina | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो ।

Explore news by Category