राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता तथा दोश्रो यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधा समावेश छन् ।
त्यसमा राष्ट्रियमा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त भइरहेको छ । यु–१५ मा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।

पहिलो दिन राष्ट्रियमा पुरुषमा ६ र महिलामा ५ स्वर्णको टुंगो लाग्यो । यु–१५ को पुरुषमा १० र महिलामा ७ गरी १७ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप कार्यकारी समितिका सदस्य कमबहादुर भट्टराई, राखेपका पूर्व सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।
The post राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु first appeared on हाम्रो खेलकुद.