Netra Tamang
|
7 hours ago
Masta KC
|
7 hours ago
काठमाडौं। राष्ट्रिय योजना आयोगले आगामी आव २०८३/८४ का लागि १९ खर्बको बजेट सिलिङ तय गरेको छ। आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले तय गरेको बजेट सिलिङसहित मध्यकालीन खर्च संरचना अर्थ मन्त्रालयमा पठाएको छ। यही सिलिङअनुसार अर्थले अन्य मन्त्रालयहरूलाई बजेटको सीमा पठाउने प्रक्रिया अगाडि बढाउँछ। अहिले तय गरिएको बजेट सिलिङअनुसार आगामी आवमा बजेटको आकार घट्ने भएको छ।
Mukunda Ghimire
|
8 hours ago
काठमाडौं। निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र लिएर चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिक, आर्थिक र संरचनागत विषयहरुमा राजनीतिक दलहरु केन्द्रित रहँदा घोषणा पत्रमै खेलकुद क्षेत्रले पनि आश्वासनहरु पाएको छ। केही राजनीतिक दलहरुले विस्तृतमा खेलकुद विकासको योजना अघि बढाउँदा केहीले सामान्य हिसाबका तर व्यवाहारिक पक्षहरुलाई समेटेका छन्।
Basudev Timalsina
|
8 hours ago
काठमाडौं। सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार एनसेल एआईटीएम कार्निभल आयोजना गर्न लागिएको छ। आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुति रहनेछ। उनीहरूको लाइभ कन्सर्टका साथ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि हुने आयोजकले जनाएको छ।
Basudev Timalsina
|
9 hours ago
Sunil Kunwar
|
9 hours ago
काठमाडौं। बजारमा ऋणको माग नभएर बैंक तथा वित्तीय संस्थाको व्यापार खुम्चिंदा जलविद्युत कम्पनीको भने ब्यालेन्स सिट सुधारिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत कम्पनीले वित्तीय लागत घट्दा चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नाफा सतप्रतिशत बढाएका छन्।
Shukra Giri
|
9 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष साउनदेखि माघसम्म ७० अर्ब ८३ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात गरिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको सात महिनामा २ लाख २१ हजार युनिट सवारीसाधन आयात गरिएका हुन्। जसमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, अटो रिक्सा, प्यासेन्जर, बस, कमर्सियल, हेभी इक्वीपमेन्ट लगायत छन्।
Basudev Timalsina
|
10 hours ago
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा निर्वाचनको भोलिपल्ट फागुन २२ गते साधारण तारिखको मिति तोकेको छ। साधारण तारिख फागुन २२ गतेका लागि तोकेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुँदैछ।
Shukra Giri
|
10 hours ago
Shukra Giri
|
11 hours ago
काठमाडौं। नेपाल आयल निगमले बजारमा देखिएको अभाव हटाउन एलपी ग्यासको कोटा बढाएको भनिरहँदा आयात भने घटेको छ। भन्सार विभागले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार पुसमा भन्दा माघमा ग्यास आयात २.४७ प्रतिशतले घटेको हो। पुसमा ४७ हजार ४६० मेट्रिक टन ग्यास आयात भएकामा माघमा ४६ हजार २८४ मेट्रिक टन भित्रिएको छ।
Basudev Timalsina
|
11 hours ago
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
Basudev Timalsina
|
11 hours ago
काठमाडौं। पोर्चुगलमा रोजगारी गरिरहेका दोलखाका बद्री लामाले नेपालमा टाटा टियागो इभी जितेका छन्। एस मनी ट्रान्सफरमार्फत आइएमई गरेका लामाले आइएमई लिमिटेडले सञ्चालन गरेको योजनामा टियागो कार जितेका हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाका तर्फबाट उनकी आमा नरमाया तामाङलाई शुक्रबार टियागो कार हस्तान्तरण गरेका छन्।
Pramila Bhatta
|
11 hours ago
काठमाडौं । माघमा स्मार्टफोनको आयात घटेको छ। पुस महिनामा भन्दा स्मार्टफोन आयात संख्या घटेको हो । चालु आर्थिक वर्षको पुस महिनामा १ लाख ८१ हजार ९५४ थान फोन आयात भएको थियो। माघ महिनामा १ लाख ६२ हजार ६१४ थान स्मार्टफोन आयात भएको छ।
Sarala Subedi
|
12 hours ago
काठमाडौं। वीरगंजस्थित शुभम हेल्थकेयर प्रोडक्ट्स प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुभम हेल्थकेयरलाई जरिबाना तिराएको छ। विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा शुभम हेल्थकेयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो। अनुगमनका क्रममा भक्तपुरका विभिन्न ४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ। The post शुभम हेल्थकेयर प्रोडक्ट्स वाणिज्य विभागको कारबाहीमा, तिरायो २ लाख १ हजार जरिबाना appeared first on BIZMANDU.
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। ग्रान्ड सेन्ट्रल होटल प्रालि अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र पाएको छ। विभागको विराटनगरस्थित कार्यालयले रमाडालाई ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र दिएको हो। यो प्रमाणपत्रले उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने होटलले जनाएको छ।
Sarala Subedi
|
12 hours ago
काठमाडौं। चालु आर्थिक वर्षको ७ महिनामा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखिएको छ। भन्सार विभागले जारी गरेको निर्यात तथ्यांकमा यो दर देखिएको हो। पुस महिनाभन्दा माघमा निर्यात १८ प्रतिशले बढेको छ। गत महिनासम्म भटमास तेल, अलैंची र गलैचा पछि चौथो स्थानमा रहेको सूर्यमुखी तेलको निर्यात बढेर यो पटक दोस्रो स्थानमा आइपुगेको छ।
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताएकी छन्। उनले शुक्रबार पोखरा विश्वविद्यालयको २१औं दीक्षान्त समारोहमा आर्थिक समृद्धिसँग नजोडिएको पाठ्यक्रम सन्दर्भहीन बन्ने बताइन्। ‘हाम्रा विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्छ। आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ,’ उनले भनिन्।
Sahayog Ranjit
|
12 hours ago
Janak Oli
|
12 hours ago
काठमाडौं। जलविद्युत आयोजनाहरुले ३ वर्ष मै ‘इनर्जी टेबल’ परिवर्तन गर्ने पाउने भएको छन्। नेपाल विद्युत प्राधिकरणको संचालक समितिले हाइड्रोलोजीसम्बन्धी प्रावधानमा संशोधन गरेसँगै ऊर्जा प्रवर्धकहरुलाई सहजता बनाइदिएको छ। समितिले उत्पादन सुरु गरेको पाँच वर्षपछि मात्र हाइड्रोलोजी संशोधन गर्न पाइने व्यवस्था थियो। समितिले समय अवधि घटाएर तीन वर्षमा झारिदिएको छ।
Sarala Subedi
|
12 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष ७ महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा कच्चा भटमास तेल सबैभन्दा धेरै भित्रिएको छ। भन्सार विभागका अनुसार कच्चा भटमास तेल ७० अर्ब ९९ करोड ५६ लाख रुपैयाँको ४४ करोड ८३ लाख ८७ हजार लिटर भित्रिएको छ।