Narayan
|
6 hours ago
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छिन्। आगजनीमा जलेर घाइते चित्रकार तीन महिना लामो उपचारपछि स्वदेश फकिएकी हुन्। दिल्लीको एपोलो अस्पतालमा चित्रकारको उपचार भएको थियो। भदौ २४ गते निवासमा भएको आगजनीमा चित्रकार गम्भीर घाइते भएकी थिइन। कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई भारत लगिएको थियो।
Prakash Bhandari
|
8 hours ago
Basudev Timalsina
|
9 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन्। उनले सोमबार सिंहदरबारमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकारवालाबीचको बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन सरकार लागिपरेको बताइन्। बैठकमा राजनीतिक दलका नेताहरुले सुरक्षा व्यवस्थालाई लिएर चासो राखेका थिए। ‘सरकार सम्पूर्णरूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ।
Basudev Timalsina
|
10 hours ago
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन पूर्णरुपमा तयार रहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा सोमबार सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले तोकिएको समयमा निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको बताए।
Shukra Giri
|
11 hours ago
Sahayog Ranjit
|
11 hours ago
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ।
Sairam Uparkoti
|
11 hours ago
काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा तीनवटा पदमार्गको सेवा सुधारसँगै पाँच गन्तव्यको प्रवर्धन गर्ने भएको छ।
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १०.३५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार भएको २१औं वार्षिक साधारण सभाले चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५.३५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित गरेको हो। ५.
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। नेपाली बजारमा एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि एसआरएमको अधिकृत विक्रेता भीजी मोटर्सले काठमाडौंमा एक समारोह गरी इभी भ्यान सार्वजनिक गरेको हो। ५० किलोवाटको मोटर रहेको भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ।
Basudev Timalsina
|
13 hours ago
काठमाडौं। स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा कर्पोरेट इन्टरनेट बैंकिङ सुरु गरेको छ। एससीटीले कर्पोरेटदेखि साना र मध्यम उद्यम (एसएमई)सम्मलाई लक्षित गरेर इन्टरनेट बैंकिङ सुरु गरेको हो।
Sahayog Ranjit
|
13 hours ago
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत गृहलगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिए पछिको मूल्यांकन भइरहेको छ। आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो।
Bhim Ghimire
|
13 hours ago
काठमाडौं। गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली फिल्मको व्यापार मंसिर महिनामा आएर उल्लेख्य रूपमा सुस्ताएको छ। चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ ले पुस ५ गतेसम्म सार्वजनिक गरेको तथ्यांकले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरू घरेलु बजारबाट लगानी उठाउन नै संघर्षरत रहेको देखाएको छ।
Prakash Bhandari
|
13 hours ago
Netra Tamang
|
13 hours ago
काठमाडौं। घोषित मितिमा निर्वाचन हुने शंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको रिट लिएर सर्वोच्च अदालत पुगेका कांग्रेस नेताहरुले पूरक रिट पनि दिने भएका छन्। यसका लागि कांग्रेसका ६५ जना पूर्वसांसदले हस्ताक्षर गरिसकेका छन्। निवेदनका लागि कागजपत्र तयार भइरहेको विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रमुख सचेतक रहेका श्याम घिमिरेले बताए। ‘हाम्रा ६५ पूर्वसांसदले हस्ताक्षर गर्नुभएको छ।
Sarala Subedi
|
14 hours ago
काठमाडौं । पछिल्लो ५ महिनामा स्मार्ट फोनको आयातमा उल्लेख्य वृद्धि आएको छ। चालु आर्थिक वर्षको ५ महिनामा करिब १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँको १० लाख ७० हजार ६८० थान फोन आयात भएको छ।
Sunil Kunwar
|
14 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष ५ महिनामा ६ खर्ब २६ अर्ब १२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। पोहोर मंसिरसम्मको तुलनामा यो ३८.६१ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि मंसिरसम्म १० खर्ब १९ अर्ब ९४ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
Janak Oli
|
14 hours ago
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आइतबार राति बसेको बैठक सौहार्दपूर्ण हुन सकेन। राति ६ बजे बोलाइएको बैठक सवा ७ बजे सुरु भयो। सर्वोच्च अदालतको परमादेशमा हितेन्द्रदेव शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पुनर्बहाली गरेपछि बसेको सञ्चालक समितिको पहिलो बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङ आक्रामकरुपमा प्रस्तुत भए।
Shukra Giri
|
14 hours ago
काठमाडौं। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४९औं वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमा हुने/नहुने अन्योल देखिएको छ। नाडा अध्यक्ष करण चौधरी पक्षको निर्णय चित्त नबुझेर आकाश गोल्छा पक्ष उच्च अदालत पाटन र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गुहारेपछि साधारण सभा घोषित मितिमा हुनेमा आशंका उब्जिएको हो।
Sunil Kunwar
|
14 hours ago
काठमाडौं। सेयर बजारमा लगातार गिरावट छ। नेप्से परिसूचक सोमबार १३.८८ प्रतिशतले घटेर २५८१.२१ विन्दुमा आएको छ। कारोबारमा आएका व्यापारबाहेक सबै उपसमूह घटेका छन्, जसको असर परिसूचकसँगै कारोबार रकममा परेको छ। होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १.२६ प्रतिशतले घटेको छ।
Sarala Subedi
|
14 hours ago
काठमाडौं। चालु आर्थिक वर्षको ५ महिनामा कच्चा सोयाबिन तेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ। यो अवधिमा सोयाबिन क्रुडको आयात पेट्रोल र डिजलभन्दा पनि बढी भएको हो। व्यवसायीले भारतमा तेलको माग भएपछि कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्।