Hem Rokaha
|
1 hour ago
काठमाडौं। जापानले आगामी ५ वर्षमा मध्य एसियामा करिब १९ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्य तय लिएको छ। जापान र मध्य एसियाका ५ राष्ट्रबीच शनिबार टोकियोमा सम्पन्न ऐतिहासिक शिखर बैठकमा जापानले यो लक्ष्य तय गरेको हो। बैठकमा स्रोतसम्पन्न मध्य एसियामा जापानको आर्थिक प्रभाव बढाउने नयाँ मार्गचित्र तय गरिएको छ।
Sahayog Ranjit
|
1 hour ago
Hem Rokaha
|
2 hours ago
काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ। १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ। १५१, १६१ र १३० मिटर लम्बाइ भएका ३ वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ।
Hem Rokaha
|
2 hours ago
ढोरपाटन (बागलुङ)। पछिल्लो समय बसाइँसराइले गाउँ रित्तिदै छ। गाउँमा भएकाहरू पनि सहर झर्ने मिति जुराउँदै छन्। बागलुङको किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन्। १३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला।
Hem Rokaha
|
2 hours ago
काठमाडौं। थोक बजारमा भारतीय रातो आलुको भाउ एक महिनामा १९.४० रुपैयाँले घटेको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा सोमबार औसतमा २६.६० रुपैयाँ प्रति किलोमा भारतीय रातो आलु किनबेच भइरहेको छ। एक महिनाअघि अर्थात् मंसिर ७ गते यसको मूल्य ४६ रुपैयाँ थियो। यस्तै, स्वदेशी रातो आलुको मूल्य १८.४० रुपैयाँले घटेको छ।
Hem Rokaha
|
3 hours ago
काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने पाउण्ड स्टर्लिङ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १४२.५४ रुपैयाँ रहँदा बिक्री दर १४३.१४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६६.९१ रुपैयाँ कायम भएको छ। बिक्री दर १६७.६१ रुपैयाँ छ।
Shukra Giri
|
4 hours ago
काठमाडौं। नेपाल-भारत पेट्रोलियमसँगै ग्यासको पाइपलाइन निर्माण अघि बढाउने तयारी गर्दा ग्यास उद्योगी विपक्षमा थिए। उनीहरुले पाइपलाइन निर्माण भन्दा गाडीबाटै ढुवानी गर्न उपयुक्त हुने भन्दै नेपाली बुलेट राख्न ठूलै फन्ड पनि जम्मा पारे। तात्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले नेपाली बुलेट राख्न दिने निर्णय गरेपछि केही उद्योगीले बुलेट पनि बनाएका थिए।
Mukunda Ghimire
|
13 hours ago
काठमाडौं। तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ। आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जनाएको हो। फागुन २१ गते नै नेपालमा निर्वाचनको घोषणा भएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
Prakash Bhandari
|
13 hours ago
Mukunda Ghimire
|
14 hours ago
काठमाडौं। आईसीसी टी-२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फेब्रुअरि ७ देखि मार्च ८ सम्म हुने विश्वकपको तयारीका लागि प्रारम्भिक प्रशिक्षणमा खेलाडी बोलाएको हो। अन्तिम टोली छनोटका लागि पुष सात गतेबाट प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ।
Basudev Timalsina
|
14 hours ago
Basudev Timalsina
|
15 hours ago
काठमाडौं। एनपीआई नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने भएको छ। अस्पतालले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो। ४०० शय्या क्षमताको अस्पताललाई सेवा विस्तार गर्न थप पुँजी आवश्यक हुने देखेर आइपीओ निश्कासन गर्ने निर्णय गरेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए।
Basudev Timalsina
|
15 hours ago
काठमाडौं। इन्धनबाट चल्ने दुई तिहाइ सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको छ। वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको जाँचका क्रममा ६७ प्रतिशत सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फालेका हुन्। विभाग र कार्यालयले आइतबार अपराह्न काठमाडौंको थानकोटमा ६० वटा सवारीसाधनको प्रदूषण जाँच गरेका थिए।
Basudev Timalsina
|
15 hours ago
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जग्गा किनबेचमा कालोधन प्रयोग भएको आशंकामा काठमाडौं उपत्यकाभित्र १ हजार ६०० रोपनी रोक्का राखेको छ। मुलुकलाई ग्रे-लिस्टबाट बाहिर निकाल्ने सम्बन्धमा भइरहेको प्रयासबारे बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राखेको बैठकमा विभागका अधिकारीहरुले १६०० रोपनीभन्दा बढी जग्गा रोक्का राखेको जानकारी गराएको छ।
Basudev Timalsina
|
15 hours ago
Sarala Subedi
|
16 hours ago
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ। विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो। महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
Sarala Subedi
|
16 hours ago
Sunil Kunwar
|
16 hours ago
काठमाडौं। विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन गरेको हो। नेपाल लाइफको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ७७८.५७ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सको सेयर आइतबार अन्तिममा प्रति कित्ता ८१७.५० रुपैयाँमा कारोबार भएको थियो।
Sunil Kunwar
|
16 hours ago
काठमाडौं। एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता सेयर नेप्सेमा थपिएको हो। एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।
Sunil Kunwar
|
16 hours ago
काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार हाइड्रोपावरलाई सेयर निष्कासनका लागि अनुमति दिएको हो। सुपर खुदी हाइड्रोपावरले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३१ करोड रुपैयाँको ३१ लाख कित्ता आइपीओ बिक्री गर्दैछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।