Shukra Giri
|
2 hours ago
काठमाडौं। तेल आयत गर्ने बाटो स्ट्रेट अफ हर्मुज पुनः व्यावसायिक आवतजावतका लागि खुला गरेको घोषणा इरानले गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार तेलको मूल्य १३ प्रतिशतभन्दा बढीले घट्दै अमेरिकी कच्चा तेल वेस्ट टक्सास इन्टरमिडिएट (डब्लुटीआई) प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ। ब्रेन्ट क्रुड करिब ८८ डलर नजिक पुगेको छ।
Netra Tamang
|
3 hours ago
Netra Tamang
|
4 hours ago
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतले चार महिनामा टुंगो लगाएको छ। सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई मान्यता हुने आदेश गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको हो।
Narayan
|
4 hours ago
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। कम्पनीको उत्पादन डाइजेस्टिभ नट्स बिस्कुटको गुणस्तर कायम नभएकोमा विभागले जरिवाना गरेको हो। विभागले वैशाख ४ गतेकव निर्णयबाट जरिवाना गरेको हो। जरिवाना रकम सात दिनभित्र दाखिला गर्न पनि विभागले सम्बन्धित कम्पनीलाई आदेश गरेको छ।
Narayan
|
4 hours ago
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्। उनले अर्थ मन्त्रालयमा शुक्रबार राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए। सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ।
Basudev Timalsina
|
6 hours ago
Basudev Timalsina
|
6 hours ago
Mukunda Ghimire
|
6 hours ago
काठमाडौं। साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। उनको यो करियरको पाँचौं उपाधि हो। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका हुन्।
Sunil Kunwar
|
6 hours ago
काठमाडौं। बिचौलिया समूहको चाहनामा नियुक्ति लिएर एकपछि अर्को विवादमा तानिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अन्तत: पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको राडारमा परेपछि सन्तोषनारायणले बाध्य भएर राजीनामा दिन लागेका हुन्। स्रोतका अनुसार उनलाई राजस्व सचिव भूपाल बरालले बिहीबार अर्थ मन्त्रालयमा बोलाएर राजीनामा दिन भनेका थिए।
Sunil Kunwar
|
7 hours ago
काठमाडौं। सेयर लगानीकर्ताले अब बजार बन्द रहेका बेला पनि किनबेचका लागि अर्डर गर्न पाउने भएका छन्। लगानीकर्ताले सेयर बजार खुला नरहेको अवधि अर्थात आफ्टर मार्केट अर्डर प्रविष्ट गर्न पाउने भएका हुन्। धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधनपछि नेपाल स्टक एक्सचेन्जले आफ्टर मार्केट अर्डरको व्यवस्था सोमबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।
Sunil Kunwar
|
8 hours ago
काठमाडौं। सेयर बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर भएको छ। नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गरेर १० प्रतिशतको सर्किट सीमालाई १५ प्रतिशत पुर्याएको हो। यो व्यवस्था वैशाख ७ गते सोमबारदेखि लागू हुनेछ। बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा बढी घटबढ हुँदैन।
Basudev Timalsina
|
8 hours ago
Sunil Kunwar
|
9 hours ago
काठमाडौं। सेयर बजारमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा गरिएको चौथो संशोधन लागू गर्ने निर्णय गरेसँगै सर्किट ब्रेकरको नयाँ व्यवस्था अर्को हप्तादेखि कार्यान्वयनमा आउने भएको हो। धितोपत्र कारोबार विनियमावली संशोधन गरेर सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ।
Mukunda Ghimire
|
9 hours ago
काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपको च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो। वीरगंजमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो। शीर्षक्रमका पाँच ब्याटरले दोहोरो अंकको रननै नबनाइ पभेलियन फर्किँदा १०.३ ओभरमा ३१-५ को अफ्ठेरो स्थितिमा सुदूरपश्चिम पुगिसकेको थियो।
Masta KC
|
10 hours ago
Sarala Subedi
|
10 hours ago
काठमाडौं । चैत महिनामा खाद्यान्नको मूल्य अत्याधिक बढेको वाणिज्य विभागको मूल्य विश्लेषण प्रतिवेदनले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत महिनामा देशभर गरेको मूल्य विश्लेषणमा खाद्यान्न र तरकारीको मूल्य बढेको देखिएको हो। विभागले विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढी र काठमाडौं उपत्यकामा संकलित औसत बजार मूल्य विश्लेषण गरेको थियो।
Basudev Timalsina
|
10 hours ago
Sunil Kunwar
|
10 hours ago
काठमाडौं। सेयर बजार परिसूचक शुक्रबार सामान्य अंक बढेको छ। नेप्से परिसूचक ५.३६ अंक उकालो लागेर २८३८.४० विन्दुमा पुगेको छ। कारोबारमा आएका होटल तथा पर्यटन,हाइड्रोपावर,उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
Hem Rokaha
|
11 hours ago
मध्यविन्दु (नवलपरासी)। बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल संचालनमा आएको छ। निर्माण कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए।
Sunil Kunwar
|
11 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा १२ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम गत आर्थिक वर्ष ९ महिनाको तुलनामा १७.४९ प्रतिशत कम हो। गत वर्ष साउनदेखि चैतसम्म १५ खर्ब ७१ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।