npl.977 Nepal News Stream

#Updates

BIZMANDU logo BIZMANDU

देउवा पक्षको रिट खारेज गरी गगनलाई मान्यता दिएको सर्वोच्चको स‌ंक्षिप्त आदेशमा के छ?

Netra Tamang | 35 minutes ago
काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार राति संक्षिप्त आदेश दिँदै तत्कालीन सभापति देउवा पक्षको रिट खारेज गरेको हो। फागुन २१ गतेको निर्वाचनमा भाग लिइसकेर सारभूत परिवर्तन भइसकेको अवस्थामा निर्वाचन आयोगको निर्णयलाई हस्तक्षेप गरिरहन उपयुक्त नदेखिएको सर्वोच्चको ठहर छ।
BIZMANDU logo BIZMANDU

एसियन बिस्कुटको उत्पादन डाइजेस्टिभ नट्समा गुणस्तरको प्रश्न, विभागले गर्‍यो दुई लाख जरिवाना

Narayan | 1 hour ago
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। कम्पनीको उत्पादन डाइजेस्टिभ नट्स बिस्कुटको गुणस्तर कायम नभएकोमा विभागले जरिवाना गरेको हो। विभागले वैशाख ४ गतेकव निर्णयबाट जरिवाना गरेको हो। जरिवाना रकम सात दिनभित्र दाखिला गर्न पनि विभागले सम्बन्धित कम्पनीलाई आदेश गरेको छ।
BIZMANDU logo BIZMANDU

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा, अर्थमा बुझाए औपचारिक पत्र

Narayan | 2 hours ago
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्। उनले अर्थ मन्त्रालयमा शुक्रबार राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए। सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ।
BIZMANDU logo BIZMANDU

बूढीगण्डकी आयोजना अगाडि बढाउन सभामुखको अधिक चासो, चार मन्त्रीको उपस्थितिमा छलफल

Basudev Timalsina | 3 hours ago
काठमाडौं। सभामुख डीपी अर्यालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन अधिक चासो देखाएका छन्। आयोजनाको विषयमा उनले शुक्रबार चार मन्त्रीको उपस्थितिमा छलफल गराएका छन्। उनले अर्थमन्त्री डा.
BIZMANDU logo BIZMANDU

संसदीय दलको नेता छान्न ढिलो भएको कांग्रेस सांसदको गुनासो, पदाधिकारीसँग छलफल गरिने

Basudev Timalsina | 3 hours ago
काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ। तीन सांसदले अडान नछोडेपछि दलको नेता चयनको विषय पेचिलो बनेको हो। दलको नेता चयनका विषयमा छलफलका लागि शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा खासगरी अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दाबी पेस गरेका छन्।
BIZMANDU logo BIZMANDU

सेबोन अध्यक्ष सन्तोषनारायण डेढ वर्षमै आउट, ‘राजीनामा दिने निर्णयमा पुगें’

Sunil Kunwar | 4 hours ago
काठमाडौं। बिचौलिया समूहको चाहनामा नियुक्ति लिएर एकपछि अर्को विवादमा तानिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अन्तत: पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको राडारमा परेपछि सन्तोषनारायणले बाध्य भएर राजीनामा दिन लागेका हुन्। स्रोतका अनुसार उनलाई राजस्व सचिव भूपाल बरालले बिहीबार अर्थ मन्त्रालयमा बोलाएर राजीनामा दिन भनेका थिए।
BIZMANDU logo BIZMANDU

सेयर किनबेचका लागि लगानीकर्ताले जतिबेला पनि अर्डर गर्न सक्ने, मूल्य अर्डर सीमा बढ्यो

Sunil Kunwar | 4 hours ago
काठमाडौं। सेयर लगानीकर्ताले अब बजार बन्द रहेका बेला पनि किनबेचका लागि अर्डर गर्न पाउने भएका छन्। लगानीकर्ताले सेयर बजार खुला नरहेको अवधि अर्थात आफ्टर मार्केट अर्डर प्रविष्ट गर्न पाउने भएका हुन्। धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधनपछि नेपाल स्टक एक्सचेन्जले आफ्टर मार्केट अर्डरको व्यवस्था सोमबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।
BIZMANDU logo BIZMANDU

नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर, पुर्‍याइयो १५ प्रतिशत

Sunil Kunwar | 5 hours ago
काठमाडौं। सेयर बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर भएको छ। नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गरेर १० प्रतिशतको सर्किट सीमालाई १५ प्रतिशत पुर्‍याएको हो। यो व्यवस्था वैशाख ७ गते सोमबारदेखि लागू हुनेछ। बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा बढी घटबढ हुँदैन।
BIZMANDU logo BIZMANDU

संसदीय समितिका नवनिर्वाचित १२ सभापतिले सभामुखसमक्ष लिए शपथ (तस्वीरहरु)

Basudev Timalsina | 6 hours ago
काठमाडौं। संघीय संसद्‍का १२ वटा समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा १० वटा र दुवै सदनका संयुक्त दुई समितिका सभापतिलाई शुक्रबार अपराह्न शपथ गराएका हुन्। १२ मध्ये ११ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा समितिमा कांग्रेस सांसद सभापति बनेका छन्।
BIZMANDU logo BIZMANDU

नेप्सेमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने, एकैदिन ८% घटबढ भए बजार बन्द

Sunil Kunwar | 6 hours ago
काठमाडौं। सेयर बजारमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा गरिएको चौथो संशोधन लागू गर्ने निर्णय गरेसँगै सर्किट ब्रेकरको नयाँ व्यवस्था अर्को हप्तादेखि कार्यान्वयनमा आउने भएको हो। धितोपत्र कारोबार विनियमावली संशोधन गरेर सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ।
BIZMANDU logo BIZMANDU

बजेटमार्फत अर्थतन्त्रको सर्जिकल रिफर्म गर्दै अर्थमन्त्री, निजी क्षेत्रलाई ‘इनर्जाइज’ गर्ने कार्यक्रम आउने

Masta KC | 7 hours ago
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थतन्त्रलाई सर्जिकल रिफर्म गर्ने भएका छन्। परम्परागत शैली र बजेटले अर्थतन्त्रलाई नयाँ गति दिन नसक्ने भन्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचना बद्ल्ने खालको कार्यक्रम र नीति अख्तियार गर्न बजेट निर्माणमा संलग्न टिमलाई निर्देशन दिएका छन्।
BIZMANDU logo BIZMANDU

चैत महिनामा खाद्यान्न र तरकारीको मूल्यमा भारी वृद्धि, कुन सामाग्रीको भाउ कति बढ्यो?

Sarala Subedi | 7 hours ago
काठमाडौं । चैत महिनामा खाद्यान्नको मूल्य अत्याधिक बढेको वाणिज्य विभागको मूल्य विश्लेषण प्रतिवेदनले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत महिनामा देशभर गरेको मूल्य विश्लेषणमा खाद्यान्न र तरकारीको मूल्य बढेको देखिएको हो। विभागले विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढी र काठमाडौं उपत्यकामा संकलित औसत बजार मूल्य विश्लेषण गरेको थियो।
BIZMANDU logo BIZMANDU

संसद्‍का १२ वटा समितिले पाए सभापति, ११ वटाको नेतृत्वमा रास्वपाका सांसद

Basudev Timalsina | 7 hours ago
काठमाडौं। संघीय संसद्‍का १२ वटा समितिले सभापति छानेका छन्। प्रतिनिधि सभामा १० वटा र दुवै सदनका संयुक्त दुई समितिले शुक्रबार सभापति चयन गरेका हुन्। १२ मध्ये ११ वटा समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ।
BIZMANDU logo BIZMANDU

नेप्से सूचक ५.३६ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, ७.४६ अर्बको कारोबार

Sunil Kunwar | 8 hours ago
काठमाडौं। सेयर बजार परिसूचक शुक्रबार सामान्य अंक बढेको छ। नेप्से परिसूचक ५.३६ अंक उकालो लागेर २८३८.४० विन्दुमा पुगेको छ। कारोबारमा आएका होटल तथा पर्यटन,हाइड्रोपावर,उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
BIZMANDU logo BIZMANDU

बुटवल-नारायणगढ सडक विस्तार : पूर्वी खण्डमा ३४ पुल र २११ कल्भर्ट निर्माण

Hem Rokaha | 8 hours ago
मध्यविन्दु (नवलपरासी)। बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल संचालनमा आएको छ। निर्माण कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए।
BIZMANDU logo BIZMANDU

लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा

Mukunda Ghimire | 9 hours ago
काठमाडौं। अर्जुन कुमाल र विनोद भण्डारीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगितामा प्रभावकारी ब्याटिङ गर्दै आएका अर्जुनले लिग-२ का लागि टोलीमा स्थान बनाउँदा विनोद भण्डारीले पुनरागमन गर्न सफल भएका हुन्। यी दुई जना पीएम कपमा सर्वाधिक रन बनाउने तीन खेलाडीमध्येमा पर्छन्।
BIZMANDU logo BIZMANDU

बालेनले सम्पत्ति छानबिन गर्न रोजेका भण्डारीले गरेको त्यो फैसला, उल्टाएका थिए प्रधानन्यायाधीशले

Basudev Timalsina | 9 hours ago
काठमाडौं। २०६२/६३ देखि २०८२/८३ सम्म सरकारी ओहोदामा बसेका राजनीतिज्ञ र उच्च प्रशासकको सम्पत्ति छानबिन गर्न सरकारले वैशाख २ गते जाँचबुझ आयोग गठन गर्‍यो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति छानबिनको जिम्मा पाँच सदस्यीय आयोगलाई दिंने क्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई अध्यक्ष बनाएका छन्। भण्डारीले सर्वोच्चबाट अवकाश पाएकै १८ वर्ष भइसकेको छ।
BIZMANDU logo BIZMANDU

माछापुच्छ्रे बैंकले नेपालपे कार्ड इनेबल गर्ने, एनसीएचएलसँग भयो सम्झौता

Hem Rokaha | 10 hours ago
काठमाडौं। माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस-एनसीएस)सँग इन्टिग्रेट भइसकेको छ।
BIZMANDU logo BIZMANDU

मातातीर्थमा बिहान ३ बजेदेखि नै श्राद्ध गर्नेदेखि मेला भर्नेहरूको घुइँचो (तस्बिरहरू)

Hem Rokaha | 11 hours ago
काठमाडौं। दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ। मातातीर्थमा बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।
BIZMANDU logo BIZMANDU

आरएसडीसी लघुवित्तको नाफा ६.०८ प्रतिशतले घट्यो, खराब कर्जा बढेर कति पुग्यो?

Akash Bogati | 11 hours ago
काठमाडौं। आरएसडीसी लघुवित्तको नाफा घटेको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा लघुवित्तको नाफा पोहोर सोही अवधिको तुलनामा ६.०८ प्रतिशतले घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको हो। पोहोर यसै अवधिमा लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। कर्जा नोक्सानी घटे पनि खुद ब्याज आम्दानी प्रभावित हुँदा नाफा प्रभावित भएको हो।

Explore by Source or Category