काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ। १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ। १५१, १६१ र १३० मिटर लम्बाइ भएका ३ वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ।
ढोरपाटन (बागलुङ)। पछिल्लो समय बसाइँसराइले गाउँ रित्तिदै छ। गाउँमा भएकाहरू पनि सहर झर्ने मिति जुराउँदै छन्। बागलुङको किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन्। १३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला।
काठमाडौं। थोक बजारमा भारतीय रातो आलुको भाउ एक महिनामा १९.४० रुपैयाँले घटेको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा सोमबार औसतमा २६.६० रुपैयाँ प्रति किलोमा भारतीय रातो आलु किनबेच भइरहेको छ। एक महिनाअघि अर्थात् मंसिर ७ गते यसको मूल्य ४६ रुपैयाँ थियो। यस्तै, स्वदेशी रातो आलुको मूल्य १८.४० रुपैयाँले घटेको छ।
काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने पाउण्ड स्टर्लिङ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १४२.५४ रुपैयाँ रहँदा बिक्री दर १४३.१४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६६.९१ रुपैयाँ कायम भएको छ। बिक्री दर १६७.६१ रुपैयाँ छ।
काठमाडौं। नेपाल-भारत पेट्रोलियमसँगै ग्यासको पाइपलाइन निर्माण अघि बढाउने तयारी गर्दा ग्यास उद्योगी विपक्षमा थिए। उनीहरुले पाइपलाइन निर्माण भन्दा गाडीबाटै ढुवानी गर्न उपयुक्त हुने भन्दै नेपाली बुलेट राख्न ठूलै फन्ड पनि जम्मा पारे। तात्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले नेपाली बुलेट राख्न दिने निर्णय गरेपछि केही उद्योगीले बुलेट पनि बनाएका थिए।
काठमाडौं। तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ। आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जनाएको हो। फागुन २१ गते नै नेपालमा निर्वाचनको घोषणा भएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली कांग्रेसबाहेकका दलसँग पनि संवाद अघि बढाएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा कांग्रेसका सांसदलाई समेत रिट दर्ता गराउन लगाएको एमालेले पुनर्स्थापनाको एजेण्डामा अरू दलहरूसँग पनि संवाद अघि बढाएको हो। एमाले नेताहरूका अनुसार त्यसका लागि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तयार भइसकेको छ।
काठमाडौं। नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले नेपालमा लगानीका लागि विभिन्न ६ वटा अवरोध देखाएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३१औं वार्षिक साधारण सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै लोहनीले अनिश्चित संक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायको संलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव र सम्झौता कार्यान्वयनको कमजोरीलाई प्रमुख अवरोधको रुपमा औंल्याएका हुन्।
काठमाडौं। एनपीआई नारायणी सामुदायिक अस्पतालले आइपीओ जारी गर्ने भएको छ। अस्पतालले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो। ४०० शय्या क्षमताको अस्पताललाई सेवा विस्तार गर्न थप पुँजी आवश्यक हुने देखेर आइपीओ निश्कासन गर्ने निर्णय गरेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए।
काठमाडौं। इन्धनबाट चल्ने दुई तिहाइ सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको छ। वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको जाँचका क्रममा ६७ प्रतिशत सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फालेका हुन्। विभाग र कार्यालयले आइतबार अपराह्न काठमाडौंको थानकोटमा ६० वटा सवारीसाधनको प्रदूषण जाँच गरेका थिए।
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जग्गा किनबेचमा कालोधन प्रयोग भएको आशंकामा काठमाडौं उपत्यकाभित्र १ हजार ६०० रोपनी रोक्का राखेको छ। मुलुकलाई ग्रे-लिस्टबाट बाहिर निकाल्ने सम्बन्धमा भइरहेको प्रयासबारे बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राखेको बैठकमा विभागका अधिकारीहरुले १६०० रोपनीभन्दा बढी जग्गा रोक्का राखेको जानकारी गराएको छ।
काठमाडौं। चिनियाँ राजदूत छन सोङ आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर पुस ९ गते स्वदेश फर्किंदैछन्। उनले आइतबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग बिदाई भेट गरे। तर राजदूत सोङ प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाई भेटका लागि पुस २ गते नै सिंहदरबार पुगेका थिए।
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ। विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो। महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
काठमाडौं। पिरो कागती क्यान्डी खानका लागि अयोग्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा उक्त क्यान्डीको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य रंग (खाद्य योगशील) तोकिएको भन्दा बढी भेटेको हो।
काठमाडौं। विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन गरेको हो। नेपाल लाइफको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ७७८.५७ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सको सेयर आइतबार अन्तिममा प्रति कित्ता ८१७.५० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं। एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता सेयर नेप्सेमा थपिएको हो। एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।
काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार हाइड्रोपावरलाई सेयर निष्कासनका लागि अनुमति दिएको हो। सुपर खुदी हाइड्रोपावरले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३१ करोड रुपैयाँको ३१ लाख कित्ता आइपीओ बिक्री गर्दैछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
काठमाडौं। कालीमाटी तरकारी बजारमा मंसिरको दोस्रो सातापछि तरकारीको भाउ घट्ने अनुमान गरिएको थियो। तर, पछिल्लो समय हिउँदे तरकारीको भाउ घट्न सकेको छैन। सिजनका तरकारी धेरै आएर फालाफाल हुने बेलामा उपभोक्ता महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। अहिले काउली, गोलभेंडा, सिमी, मुला, हरियो साग सस्तो हुनुपर्ने समय भएपनि धेरैजसो तरकारीको भाउ घट्ने छाटकाट देखिएको छैन।
काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीहरुले धमाधम प्रतिफल वितरण गर्न थालेका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, हाइड्रोपावर कम्पनी, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, इन्स्योरेन्स, होटल तथा पर्यटन र ट्रेडिङ तथा अन्य समूहका कम्पनीले धमाधम प्रतिफल घोषणा गरिरहेका हुन्। नेप्सेमा सूचीकृत ९२ वटा कम्पनीले प्रतिफल घोषणा गरेका छन्।
काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने १ करोड १६ लाख ३२ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.