npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आरएसडीसी लघुवित्तको नाफा ६.०८ प्रतिशतले घट्यो, खराब कर्जा बढेर कति पुग्यो?

Akash Bogati 13 hours ago

काठमाडौं। आरएसडीसी लघुवित्तको नाफा घटेको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा लघुवित्तको नाफा पोहोर सोही अवधिको तुलनामा ६.०८ प्रतिशतले घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको हो।

पोहोर यसै अवधिमा लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कर्जा नोक्सानी घटे पनि खुद ब्याज आम्दानी प्रभावित हुँदा नाफा प्रभावित भएको हो। लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशतले घटेको छ। पोहोर ९ महिनामा १७ करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले यसपालि ९ महिनामा १४ करोड ७६ लाख ब्याज आम्दानी गरेको छ।

खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत, कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशत घटेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ छ।

लघुवित्तको प्रति सेयर आम्दानी ५५ पैसा घटेर ८.४६ रुपैयाँ कायम भएको छ। चैत मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ८२.९३ गुणा र प्रति सेयर नेटवर्थ १२४.७ रुपैयाँ छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित छ। ९ महिनामा लघुवित्तले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटीबाट ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको खराब कर्जा बढेको छ। पोहोर ९ महिनामा ३.१३ प्रतिशत रहेको खराब कर्जा अहिले ३.४६ प्रतिशत पुगेको छ।

The post आरएसडीसी लघुवित्तको नाफा ६.०८ प्रतिशतले घट्यो, खराब कर्जा बढेर कति पुग्यो? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category