पालिका ब्यूरो
|
2 hours ago
पालिका ब्यूरो
|
2 hours ago
भोजपुर – रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
पालिका ब्यूरो
|
2 hours ago
काठमाडौं – काठमाडौं महानगरको वडा नं. १७, १८ र २५ को बीचमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको १६औँ शताब्दीको इखा पुखु (इखा पोखरी) को पुनर्निर्माण कार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।
पालिका ब्यूरो
|
3 hours ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले पछिल्लो पाँच महिनामा सात करोड ५६ लाख ९४ हजार ६२७ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा छ करोड ७५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
पालिका ब्यूरो
|
4 hours ago
लहान – लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र क्लबको साझेदारीमा सञ्चालित ‘विकन’ परियोजनामार्फत खानेपानी सेवा विस्तार गरिएको हो ।
पालिका ब्यूरो
|
4 hours ago
म्याग्दी – दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ को धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी जिल्लाको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त यस सडक आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा हेरिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्म ढलान, कालोपत्र र ग्राभेल गर्ने काम भइरहेको हो ।
पालिका ब्यूरो
|
17 hours ago
लमजुङ – पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ । सूर्योदयको बेला हिमालका काखमा सुनौलो रङ छर्ने दृश्य र हल्का कुहिरो चिर्दै देखा पर्ने अन्नपूर्ण, मनास्लु, गणेश, माछापुच्छे लगायतका हिमशृङ्खलाले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाइरहेको छ ।
पालिका ब्यूरो
|
17 hours ago
महोटरी — मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँका रूपमा चिनिने मुसहर बस्ती अझै पनि लालपुर्जाविहीन रहेको छ । चार पुस्तादेखि सोही स्थानमा बसोबास गर्दै आए पनि बस्तीका कुनै पनि परिवारसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) छैन । स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार बस्तीमा रहेका ७५ घरपरिवारमध्ये एक जनासँग पनि आफ्नो नाममा लालपुर्जा छैन ।
पालिका ब्यूरो
|
18 hours ago
सङ्खुवासभा — भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् । खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो–आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।
पालिका ब्यूरो
|
20 hours ago
काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत बाँध (हेडवक्र्स), विद्युत्गृहलगायतका सिभिल संरचना तथा गेटसहितका हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानसम्बन्धी ठेक्का तोडेपछि आयोजनाले पुनः मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आयोजनाले उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभी, जनकपुर–९, धनुषासँगको ठेक्का सम्झौता तोड्ने उद्देश्यसहित गत २४ कात्तिकमा १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
पालिका ब्यूरो
|
1 day ago
भरतपुर — भरतपुर महानगरपालिकाले महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २९ वटै वडाका मुख्य–मुख्य चोकसहित २०० भन्दा बढी स्थानमा क्यामेरा जडान गर्न थालिएको हो । महानगर प्रमुख रेनु दाहालले सोमबार एक समारोहबीच सिसी क्यामेरा जडान कार्यको औपचारिक शुभारम्भ गरे ।
पालिका ब्यूरो
|
1 day ago
काभ्रे — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको पहिलो चरणको साँगा–धुलिखेल सडक स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता ठेक्काको म्याद सकिएपछि पुनः एक वर्ष म्याद थप भएसँगै निर्माण कार्यले गति लिएको हो ।
पालिका ब्यूरो
|
1 day ago
डडेल्धुरा — चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जंगलको छेउमा नवलसिंह घर्ती र उहाँको परिवार विगत तीन वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन् । केही वर्षअघि आएको भीषण पहिरोले घरबार बगाएपछि विस्थापित बनेका घर्ती परिवार सुरक्षित बसोबासको खोजीमै आजसम्म भौँतारिनु परेको छ ।
पालिका ब्यूरो
|
1 day ago
पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत १ हजार १२६ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी १५१, १६१ र १३० मिटर लम्बाइका तीन वटा पाइपास सुरुङको निर्माण पनि सकिएको छ ।
पालिका ब्यूरो
|
1 day ago
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उल्लेख्य सुधार गरेको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायत कार्यक्रम सञ्चालन गरी नागरिकका घरदैलोमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो ।
पालिका ब्यूरो
|
2 days ago
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट र योजनाको पुनरावलोकन गर्दै वडा कार्यालयलाई प्रदान गरिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाउने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो।
पालिका ब्यूरो
|
2 days ago
बागलुङ — बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । उत्पादन राम्रो भए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीहरू बगानमै पुगेर सुन्तला खरिद गर्ने र न्यून मूल्य तोक्ने भएकाले हरेक वर्ष घाटामा बिक्री गर्नुपरेको किसानको भनाइ छ ।
पालिका ब्यूरो
|
2 days ago
काठमाडौँ — आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को आयोजनामा हुने प्रतियोगिता ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित सञ्चालन गरिनेछ ।
पालिका ब्यूरो
|
2 days ago
म्याग्दी — चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सम्पन्न भएको छ ।
पालिका ब्यूरो
|
2 days ago
कैलाली — घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च देखिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दु भएको पाइएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालको आयोजनामा घोडाघोडी नगरपालिका–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।