npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

संघीय निर्णयको अवज्ञा गर्दै धनगढी उपमहानगरले आजदेखि भर्ना अभियान सुरु गर्‍यो

पालिका ब्यूरो 8 hours ago

धनगढी — धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयविपरीत आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

उपमहानगरका प्रमुख गोपाल हमालले बिहीबार जारी गरेको सूचनाअनुसार आज वैशाख ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्न भनिएको छ ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते पत्राचार गर्दै देशभर भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि सुरु गर्न निर्देशन दिएको थियो ।

तर स्थानीय सरोकारवालाबाट ढिलो भर्ना र पठनपाठन गर्दा शैक्षिक क्यालेन्डर प्रभावित हुने, वार्षिक कार्यघण्टा नपुग्ने तथा शिक्षाको गुणस्तरमा असर पर्ने सुझाव आएपछि उपमहानगरले आफ्नै तालिका लागू गरेको जनाएको छ ।

नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गर्दै उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

Read more news from PalikaNews

Explore by Source or Category