अनलाइन टीभी नेपाल
|
8 hours ago
इरानले शुक्रबार युद्धविराम अवधिभर व्यावसायिक जहाजहरूको आवतजावतका लागि हर्मुज जलडमरूमध्य खुला गर्ने घोषणा गरेको छ। इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि उक्त निर्णय लिइएको हो। युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै मध्यपूर्वमा तनाव केही कम हुने अपेक्षा गरिएको छ। यसैबीच, संयुक्त राज्य अमेरिका ले उक्त युद्धविराम अवधि अझै लम्बिन सक्ने संकेत दिएको छ।
अनलाइन टीभी नेपाल
|
16 hours ago
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार छलफल गरिने भएको छ । त्यसका लागि दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए । कांग्रेसले शुक्रबार दलको नेता चयन गर्ने महामन्त्री गुरुराज घिमिरेले बताएका थिए ।
अनलाइन टीभी नेपाल
|
17 hours ago
काठमाडौं । एमाले र नेकपाको सहकार्य चर्चा चल्न थालेको छ । निर्वाचनमा अप्रत्यासित हारको सामना गर्नुपरेपछि दुवै दलबीच फेरि एकताको चर्चा चलेको हो । केही दिनयता एमाले र नेकपाका नेताहरू एकता वार्ता चलिरहेको छ । तर बाहिर भने त्यस्तो केही नभएको समाचार ल्याइएको छ ।
अनलाइन टीभी
|
19 hours ago
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दाको सुनुवाइ शुक्रबार पनि सर्वोच्च अदालतमा हुँदैछ ।बिहीबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार भएको सुनुवाइमा निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
अनलाइन टीभी
|
20 hours ago
काठमाडौं । मध्यपूर्वमा युद्ध जारी रहँदा सर्वसाधारण नेपाली जनताको जीवनयापनमा निकै कठिनाइ उत्पन्न हुने देखिएको छ । सवारीसाधनको भाडा बढेपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । सामान्य परिवारलाई हातमुख जोर्न धौ धौको अवस्था देखिन्छ । आम्दानी र ज्याला नबढेको अवस्थामा आगामी दिनमा सर्वसाधारणको चुलोमा आगो बल्न कठिन हुने निश्चित छ ।
अनलाइन टीभी
|
21 hours ago
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । खड्काको तर्फबाट उनकी श्रीमती विनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदको लेबी तोकेको छ । सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्री, सांसद र मन्त्रीका स्वकीयको लेबी तोकेको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार पाँच सय र मन्त्रीहरूका लागि मासिक १८ हजार लेबी तोकिएको छ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलमा जिम्मेवारी बाँडफाँड गरेको छ । बिहीबार दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सभापतित्वमा बसेको दलको बैठकले उपनेता, मुख्य सचेतक र दुई सचेतकको मनोनयन गरेको हो । रास्वपा दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । काठमाडौं महानगरपापलिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको आँखा पनि राजधानीका सुकुम्बासी बस्तीतिर परेको छ । मेयरमा निर्वाचित भएलगत्तै वालेन्द्र शाह बालेनले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाएर उनीहरूको व्यवस्थापन गर्न लागेका थिए । तर उनी सफल हुन सकेनन् । बालेन अहिले प्रधानमन्त्री बनेका छन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट लिएका ऋण नतिर्ने अभियान चलाएका दुर्गा प्रसाईकै पक्षमा अदालत उभिएको छ । अदालतले ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन आदेश दिएपछि प्रसाईं दंग परेका छन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्ने मामिलामा विगतका सरकारलाई धेरै पछाडि छाडेको छ । आमजनताले विगतदेखि भन्दै आएका र सडकमा लगाएका नारालाई सरकारले पक्डेको छ । र, सोहीअनुसार फटाफट निर्णय गर्न थालेको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने काठमाडौँ l काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विश्व राजनीतिमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । धेरै नबोली आफ्नो प्रभाव छाड्न सफल बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको मिडिया संयोजक दीपा दाहालका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
अनलाइन टीभी नेपाल
|
2 days ago
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ । थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डिपी अर्याललाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरेको छ। ‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अघिपछि गरी गएका तीनवटा गाडीलाई चिट काटिएको हो । थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।