अनलाइन टीभी नेपाल
|
9 hours ago
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट प्रवासी कोटाअन्तर्गत समानुपातिक उम्मेदवारका रूपमा दीपक सुनुवारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। भक्तपुर जिल्लाको चाँगुनारायणमा जन्मिएका सुनुवारले भारत, खाडी मुलुक, युरोप हुँदै संयुक्त राज्य अमेरिका सम्म २० वर्षभन्दा बढी समय श्रमिक तथा पेशागत जीवन बिताएका छन्। हाल उनी अमेरिकी प्रणालीअनुसार लाइसेन्स प्राप्त मास्टर टेक्निकल प्राविधिक हुन्।
अनलाइन टीभी नेपाल
|
9 hours ago
काठमाडौं – मनास्लु वर्ल्ड कलेज र मनास्लु हस्पिटालिटी क्लबको सहकार्यमा आयोजना गरिएको ‘मनास्लु फुड फेस्टिबल २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। फुड फेस्टिबल चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजको प्राङ्गणमा आयोजना गरिएको थियो। फेस्टिबलमा कलेजको व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले आफैं तयार पारेका विविध खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए।
अनलाइन टीभी नेपाल
|
14 hours ago
काठमाडौं । नेपाली कांग्रेसका २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा देखिएका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गर्दा सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता शेखर कोइरालासहितका नेताहरूलेृ हस्ताक्षर गरेका छैनन ।
अनलाइन टीभी नेपाल
|
16 hours ago
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सिंहदरबारमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफ्ना समय दिने उपलब्धि सार्वजनिक गरेका हुन् । घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने भएकाले त्यहीअनुसार मिलेर अघि बढ्नुपर्ने बताए । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो ।
अनलाइन टीभी नेपाल
|
17 hours ago
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगको कार्यालय गएर बयान नदिने भएका छन् । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग घरमै आए भने उनी बयान दिन तयार छन् ।
अनलाइन टीभी नेपाल
|
18 hours ago
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई गोली ठोक्छु भनेर अराजक अभिव्यक्ति दिने निकोलस भुसालले अनसन सुरु गरेका छन् । भुसालले मंगलबार राति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् । जेनजी मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।
अनलाइन टीभी नेपाल
|
18 hours ago
काठमडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘ प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।
अनलाइन टीभी नेपाल
|
20 hours ago
काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ । कांग्रेसका ६५ र अन्य दलका तीन सहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजका लागि पेसी तोकिएको हो । हस्ताक्षरसहितको पूरक रिट मंगलवार सर्वोच्चमा वारेसमार्फत दर्ता गरिएको थियो ।
अनलाइन टीभी नेपाल
|
20 hours ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १५औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ ।
अनलाइन टीभी नेपाल
|
20 hours ago
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । राष्ट्रपतिलाई रोहबर राखेर प्रधानमन्त्री कार्कीले शीर्ष नेतासँग संवाद गरेकी छन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको बैठक बसेर समानुपातिक उम्मेदवारको स्पष्ट मापदण्ड तय गर्न ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पेस गर्ने समय नजिकिँदै आएको भन्दै उनले मापदण्डका आधारमा तहगत कमिटीहरूलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिन आवश्यक रहेको बताएका छन्।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्दैछिन् । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा जेनजी आन्दोलनपछिको अवस्थाबारे उनीहरूबीच पहिलोपटक सामूहिक छलफल हुन लागेको हो ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्ने गरी तय गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पौडेलले मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काष्ठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । मंगलबार पठाइएको पत्रमा लेखकलाई आयोगमै सात दिनभित्र उपस्थित भएर बयान दिन भनिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । सरकारका दुई मन्त्रीले फागुनमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सरकारको राजनीतिक संवाद समितिको टोलीका संयोजक कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा चुनाव गर्नैपर्ने बाध्यता रहेको बताएका छन् । मंगलबार कांग्रेस मुख्यालय सानेपा अनुगमन र संवादका लागि पुगेका मन्त्रीद्वयले कांग्रेस नेताहरूसँग सरकारको धारणा राखेका हुन् ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । मंगलबार बिहान उनी भरतपुर पुगेका हुन् । चितवन जिल्ला अदालतमा तारिख बुझ्न उनी त्यहाँ पुगेका हुन् । सोमबार मध्यरातिसम्म काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनसँग भेटवार्ता गरेका रवि बिहानै प्लेनमार्फत चितवन गएका हुन् । यसपछि लगत्तै उनी पोखरा, वीरगन्ज जाने भएका छन् ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । कांग्रेस र एमाले विघटित प्रतिनिधिसभाको बहुमत सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च अदालत जाने भएका छन् । संसद पुनः स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्। यस विषयमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको थियो।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो । सरकारी टोली बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने छ ।