npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

कांग्रेसको आधिकारिकता मुद्दामा आजै फैसला आउन सक्ने

अनलाइन टीभी 9 hours ago

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दाको सुनुवाइ शुक्रबार पनि सर्वोच्च अदालतमा हुँदैछ ।
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहीबार भएको सुनुवाइमा निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । आज कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बहस हुने र त्यसपछि समय पुगेमा आजै आदेश आउने सम्भावना छ ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो ।

सो रिट विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाइ एक साथ गरिएको छ । कांग्रेसको आाधिरिकताको विषय नटुंगिएसम्म संसदीय दलको नेता चयनसमेत हुन सकेको छैन ।

Read more news from Online Tv Nepal

Explore by Source or Category