नानु खड्का (निर्जला)
|
12 minutes ago
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २९ गते, मंगलबार, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।
नानु खड्का (निर्जला)
|
24 minutes ago
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली अर्थात पुस ८ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
जयराम गौतम
|
38 minutes ago
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।
जयराम गौतम
|
1 hour ago
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस ३० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।
जयराम गौतम
|
1 hour ago
काठमाडौं । भुजुङ हाइड्रोपावरले आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
जयराम गौतम
|
1 hour ago
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटल सेभेनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।
जयराम गौतम
|
1 hour ago
काठमाडौं । नबिल बैंकले आफ्नो ४१ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२.
जयराम गौतम
|
2 hours ago
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।
नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यसकारण पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधामा भाग लिनुको साथै लाभांश पाउनेछन्।
जयराम गौतम
|
2 hours ago
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।
नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।
नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्न लागेको हो।
केशवप्रसाद भण्डारी
|
3 hours ago
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रको परिक्षामा नक्कली परिक्षार्थी सहभागि गराउने बीमकको कर्मचारीविरूद्ध नेपाल बीमा प्राधिकरणले कारवाही प्रकृया अघि बढाएको छ। प्राधिकरणले आइतबार ११ जना परिक्षार्थीको परिक्षा रद्द गरेसँगै नक्कली परिक्षार्थी सहभागि गराउने जीवन बीमा कम्पनीका कर्मचारीविरूद्ध कारवाहीको तयारी गरेको हो।
नानु खड्का (निर्जला)
|
3 hours ago
काठमाडौं । लामो समयदेखि नियामकको निगरानी र कारबाहीको घेरामा पर्दै आएको एनआईसी एशिया बैंकमा अन्ततः नेतृत्व परिवर्तनको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष कारबाहीपछि बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् ।
नानु खड्का (निर्जला)
|
3 hours ago
काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका–३, धाईजन चोक निवासी चन्द्र कुमार चेम्जोङ र उनकी जीवनसंगिनी टीका माया लिम्बुले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्।
केशवप्रसाद भण्डारी
|
4 hours ago
काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले आज सोमबार (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेपछि उपत्यकाका अधिकांश विद्यालयहरु पठनपाठन ठप्प हुने भएको छ। प्रदर्शनका कारण तनाव र अप्रिय घटना हुन सक्ने संभावनाका कारण अधिकांश विद्यालयले आइतबार मध्यरात अघि अभिभावकल़ई विद्यालय बन्द रहने सूचना पठाएका छन् ।
नानु खड्का (निर्जला)
|
15 hours ago
काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
जयराम गौतम
|
16 hours ago
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई ३१ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। यो आइपीओ कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको हो।
जयराम गौतम
|
17 hours ago
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी करिब एक दर्जन व्यक्तिमाथि कारबाही गरेको छ। प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन्।
जयराम गौतम
|
17 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सहकारी बैंकको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले सीमित बैंकिङ कारोबार गर्ने गरी लाइसेन्स लिएका सहकारी बैंकका लागि निर्देशन, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अब त्यस्ता सहकारी बैंकको न्यूनतम चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ हुनेछ।