npl.977 Nepal News Stream

Insurance Khabar logo

Insurance Khabar

Nepal's First Insurance News Portal

विश्वभर बढ्दै आईभीएफ बीमाको आवश्यकता

जयराम गौतम | 1 hour ago
काठमाडौं । विश्वव्यापी रुपमा बाँझोपनको समस्या बढ्दै गएको छ। यसका साथै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) उपचारको माग पनि बढ्दै गएको छ। यद्यपि, यसको उच्च लागतका कारण यो आधुनिक उपचार विधि धेरै जोडीहरुको पहुँच बाहिर छ। विज्ञहरुका अनुसार आईभीएफ उपचारलाई बीमा कभरेजअन्तर्गत ल्याउनाले यसको पहुँच बढाउन र उपचार परिणामहरु सुधार गर्न सकिन्छ।

नासा सेक्युरिटिजले २१% हकप्रद शेयर जारी गर्ने, डाक्यो विशेष साधारणसभा

जयराम गौतम | 1 hour ago
काठमाडौं । नासा सेक्युरिटिज कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २१ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारीको अजेन्डा पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको लालकोलोनीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण- गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

नानु खड्का (निर्जला) | 1 hour ago
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो।

आज मातातीर्थ औँसीः जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदै

नानु खड्का (निर्जला) | 3 hours ago
काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ ।

अब अस्पताल पनि हप्तामा दुई दिन बन्द रहने

केशवप्रसाद भण्डारी | 13 hours ago
काठमाडौं । इनधन संकटका कारण सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको निरन्तर दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पनि दुई दिने बिदा लागू गर्ने निर्णय गरेको हो।

नेप्से र यी ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता

जयराम गौतम | 16 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ। बुब बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेले ती कम्पनीसँग सम्झौता गरेको हो।

हिमालयन रिइन्स्योरेन्सका सीईओसहित उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

जयराम गौतम | 16 hours ago
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित उच्च पदाधिकारीलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको छ। पछिल्लो समय कम्पनीमा भएका नियमविपरीतका कार्यलाई लिएर सीईओ उपासना पौडेलसहित उच्च पदाधिकारीलाई स्पष्टीकरण सोधिएको प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगले अधिकारीले जानकारी दिइन्। ‘प्राधिकरणले ७ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन कम्पनीका सीईओलगायत उच्च पदाधिकारीलाई निर्देशन दिएको छ’, उनले भनिन्।

ऊर्जा, जलस्रोत क्षेत्रको सुधारका लागि ऊर्जामन्त्रीको ३२ बुँदे निर्देशन

नानु खड्का (निर्जला) | 17 hours ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । बिहीबार सो निर्देशन जारी गरेका हुन् ।

नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान

नानु खड्का (निर्जला) | 17 hours ago
काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो । तामाङ, एनआइसीसीआईकी एक सम्मानित सदस्य हुन् ।

यूएईको भिसामा सरकारको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति

जयराम गौतम | 18 hours ago
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको भिसामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यागमन विभागले आज एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाषर्कण भएको जनाएको छ। ‘यूएई प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहेबिटेन्ड।

शेयर बजारमा ३३ अंकको गिरावट, कारोबार रकम ९ अर्ब ३१ करोड

नानु खड्का (निर्जला) | 18 hours ago
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

किन महत्वपूर्ण छ जीवन बीमाका लागि व्यक्तिगत घटना दर्ता ?

केशवप्रसाद भण्डारी | 19 hours ago
काठमाडौं । नेपाल सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिरहेको छ। “पञ्जीकरण हाम्रो अधिकार, सुशासनको बलियो आधार” भन्ने नाराका साथ स्थानीय तहहरूमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद (पारपाचुके) र बसाइसराइजस्ता पाँच मुख्य व्यक्तिगत घटना दर्ता गर्न आह्वान गरिएको छ। व्यक्तिगत घटना दर्ताले व्यक्तिको नागरिक हैसियत निर्धारण गर्छ।

यी हुन् संसदीय समितिका सभापतिहरुमा रास्वपाका उम्मेदवार (सूचीसहित)

जयराम गौतम | 20 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको हो। को-को छन् उम्मेदवार ?

सीजी ब्रान्डद्वारा नयाँ वार्षिक अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक

नानु खड्का (निर्जला) | 21 hours ago
काठमाडौं । सीजी ब्रान्डले नयाँ वर्ष २०८३ का लागि आफ्नो वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक गरेको छ ।नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा उक्त अभियान घोषणा गरेको हो ।

ढुवानी बीमामा बेलायतको प्रभुत्वलाई चुनौती दिन अमेरिकाले सुरु गर्यो २० अर्ब डलरको पहल

जयराम गौतम | 21 hours ago
काठमाडौं । अमेरिकाले विशेषगरी स्ट्रेट अफ होर्मुजजस्ता उच्च जोखिमयुक्त समुद्री लेनमा अन्तर्राष्ट्रिय ढुवानी बीमा क्षेत्रमा बेलायतको लामो समयदेखिको प्रभुत्वलाई प्रत्यक्ष रुपमा चुनौती दिएको छ। मार्च २०२६ मा अमेरिकी प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) लाई सरकारी सहयोगमा २० अर्ब डलरको पुनर्बीमा सुविधा स्थापना गर्न निर्देशन दियो।

मेची इन्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

नानु खड्का (निर्जला) | 22 hours ago
काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर अङ्कित मुल्य १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ता साधारण शेयरको लागि संस्थागत परामर्श र निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ ।

Explore news by Category