आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
नानु खड्का (निर्जला)
|
9 hours ago
काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ३६ अंकले बढेर २,८३८ को विन्दुमा कायम भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ । भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोपावर कम्पनी, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनकिा लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
