शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?
जयराम गौतम
|
8 hours ago
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूृहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४० प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.५३ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १०८ कम्पनीको शेयरभाउ बढेको छ भने १५० कमपनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब साढे ७ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः ६६ करोड ८६ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ३७ करोड २६ लाख रुपैयाँ
- रिडी पावरः ३४ करोड २ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ३२ करोड ९५ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः २५ करोड १५ लाख रुपैयाँ
- प्रभु बैंकः २४ करोड ५८ लाख रुपैयाँ
- शिवम सिमेन्टः २३ करोड ९५ लाख रुपैयाँ
- एसवाई प्यानलः २३ करोड १८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १९ करोड ५८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ५८ लाख रुपैयाँ