npl.977 Nepal News Stream

#भर्खरै

नेपाल न्युज logo नेपाल न्युज

गैर पर्यटकीय भिसा सिफारिस अब पर्यटन मन्त्रलयबाटै

नेपालन्युज | 13 minutes ago
काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत विदेशी जनशक्तिको गैर-पर्यटकीय भिसा सिफारिस प्रक्रियालाई सरकारले थप परिमार्जनसहित व्यवस्थित बनाएको छ । ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ कार्यान्वयनमा आएसँगै विदेशी कर्मचारीको भिसा प्रक्रियामा नयाँ व्यवस्था लागू गरिएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन 

नेपालन्युज | 47 minutes ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।
नेपाल न्युज logo नेपाल न्युज

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम

नेपालन्युज | 53 minutes ago
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले इजरायली नागरिकमा संशय र असन्तुष्टि पैदा गरेको छ । युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट रकेट प्रहार जारी रहँदा सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी कदमप्रति प्रश्न उठाएका हुन् ।
नेपाल न्युज logo नेपाल न्युज

आइपिएलमा मुम्बईको लगातार चौथो हार

नेपालन्युज | 1 hour ago
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो ।
नेपाल न्युज logo नेपाल न्युज

यातायात व्यवसायीको माग- भाडा समायोजन होस्

नेपालन्युज | 9 hours ago
काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेको भन्दै भाडा समायोजन गर्न माग गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसले भन्यो- जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

नेपालन्युज | 9 hours ago
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ।
नेपाल न्युज logo नेपाल न्युज

अमेरिकी सेना तयार छ : रक्षामन्त्री हेग्सेथ

नेपालन्युज | 9 hours ago
वासिंटन। अमेरिकाले इरानी शासनलाई समझदारीसाथ काम गर्नका लागि आग्रह गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरानले गलत निर्णय गरे अमेरिकी सेना तयारी अवस्थामा रहेको चेतावनी पनि दिए। उनले अमेरिकासँग लडाइँ अभियानमा सरिक हुने पर्याप्त सेना रहेको पनि दाबी गरे। “इरानले आफूले गुमाएका सैन्यको क्षमता प्रदर्शन गर्न सक्दैन ।
नेपाल न्युज logo नेपाल न्युज

‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

नेपालन्युज | 9 hours ago
पेरिस । तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ। हर्मुज भएर हसने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

सहरी सुव्यवस्थामा प्रविधिको प्रयोग

नेपालन्युज | 9 hours ago
काठमाडौँ। सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सम्बन्ध थप बलियो बनाइने भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल भएको छ।
नेपाल न्युज logo नेपाल न्युज

छतबाट खसेर अजयको मृत्यु

नेपालन्युज | 9 hours ago
कैलाली। भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर ३ स्थायी ठेगाना भई हाल सोही गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

चर्च ब्वाइजलाई पाखा लगाउँदै डेब्युमै सम्राट फाइनलमा

अनिल श्रेष्ठ | 10 hours ago
विराटनगर। घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गर्दै सम्राट उपाधिनजिक पुगेको हो। पहिलोपटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन समीक्षामा एमाले

नेपालन्युज | 10 hours ago
काठमाडौँ। नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए। उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

नेपालन्युज | 10 hours ago
काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

नेपालन्युज | 10 hours ago
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

‘टाइम्स १००’ मा सूचीकृत भएकोमा प्रधानमन्त्रीलाई रास्वपाको बधाई

नेपालन्युज | 11 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम्स म्यागाजिन’ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा बधाई ज्ञापन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शाहको यस उपलब्धि ऐतिहासिक भन्दै उच्च सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच तीन घण्टा छलफल

नेपालन्युज | 11 hours ago
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा लामो छलफल भएको छ। संघीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता समाधान गर्ने उद्देश्यले आयोजित बैठक सामान्य औपचारिकताभन्दा फरक, खुला र अन्तरक्रियात्मक शैलीमा सञ्चालन भएको बताइएको छ। छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना क्षेत्रका समस्या तथा चुनौतीहरू प्रस्तुत गरेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

सभामुखसँग एनएफपीजेका प्रतिनिधिको भेट

नेपालन्युज | 11 hours ago
काठमाडौँ। सभामुख डीपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालमा आबद्ध फोटो पत्रकारको टोलीले भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याबारे जानकारी गराएका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज (बिहीबार) भएको भेटमा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

कांग्रेस विवादसम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दैमा’

नेपालन्युज | 11 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज (बिहीबार) सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो।
नेपाल न्युज logo नेपाल न्युज

इजरायलको आक्रमणमा दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त

नेपालन्युज | 12 hours ago
तेलअबिब। इजरायलले लेबनानमा आक्रमण गरेको छ। पछिल्लो आक्रमणबाट दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त भएको छ। लितानी नदीको उत्तरमा अवस्थित लगभग ४० हजार जनसंख्या भएको सहर नाबाटियाह सहरबाट धुवाँको मुस्लो उडिरहेको तस्बिर रोयटर्सले सार्वजनिक गरेको छ। तटनजिकै रहेको कास्मियाहका मानिसहरूले आक्रमणबाट भएको क्षतिको आकलन गरिरहेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

पूर्वमन्त्री खड्‌कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपालन्युज | 12 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्‌कालाई थुनामुक्त गर्न आदेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले पक्राउ पुर्जी र म्याद थप गरेको कानुनसंगत नदेखिएको भन्दै बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन जारी गरेको छ।

Explore by Source or Category