RONB Post
|
2 hours ago
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा रास्वपा वरिष्ठ नेता बालेन शाहको पुत्ला जलाएको छ। अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै बालेनको पुत्ला दहन गरेर एमालेको सूर्य अंकित झण्डा जलाएकोमा विरोध गरेको हो।
RONB Post
|
2 hours ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्। आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो।
RONB Post
|
6 hours ago
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकामध्ये ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार (फागुन ८) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो ।
RONB Post
|
7 hours ago
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघसम्म) मा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। सोही अवधिमा नेपालबाट १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
RONB Post
|
8 hours ago
झापा । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिइन् ।
RONB Post
|
10 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्।
RONB Post
|
10 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबार पोखरामा गर्ने भनिएको परिवर्तन उद्घोष कार्यक्रम स्थगन भएको छ । यसअघि शनिबार भैरहवामा गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिएको छ ।
RONB Post
|
12 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
RONB Post
|
14 hours ago
RONB Post
|
15 hours ago
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
RONB Post
|
15 hours ago
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ ।
RONB Post
|
15 hours ago
काठमाडौं । तपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ। रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ।
RONB Post
|
1 day ago
काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।
RONB Post
|
1 day ago
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र आज बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो । माघ २५ गते रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो ।
RONB Post
|
1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचा पत्रमार्फत शासकीय स्वरूप र आर्थिक मोडेलमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ। पार्टीले आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै दलित तथा पिछडिएका समुदायसँग ऐतिहासिक उत्पीडनका लागि क्षमा याचना गर्ने र भदौ २३–२४ को ‘जेन-जी’ आन्दोलनको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
RONB Post
|
1 day ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेद्र शाहले आजसम्म कुनै पनि नेताले कर्णालीको गहिराई बुझ्न नसकेको बताएका छन् । बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । ‘शिव भगवानको पाउमा आएर बाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।
RONB Post
|
1 day ago
काठमाडौं । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले आ-आाफ्ना घोषणा पत्रहरु सार्वजनिक गरेका छन् । सार्वजनिक गरेका अधिकांश दलले घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । कांग्रेसको प्रतिज्ञा पत्रमा के छ ?
RONB Post
|
1 day ago
यस्तो छ रास्वपा वाचा पत्र RSP-BachaPatra (1) The post वाचा पत्र appeared first on RONB post.
RONB Post
|
1 day ago
रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करार पत्र सार्वजनिक गरेको थियो। The post रास्वपाको चुनावी वाचापत्र सार्वजनिक appeared first on RONB post.
RONB Post
|
1 day ago
घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ । The post महिनामा १० जीबी डाटा निःशुल्क, २५ हजारसम्म ऋण मिनाहा (पूर्णपाठ) appeared first on RONB post.