npl.977 Nepal News Stream

उकालो logo

उकालो

उकालो मुनाफा वितरण नगर्ने सञ्चार माध्यम हो ।

कैलाशकुट भवन उत्खनन गोकर्णमा हुनुपर्छ : लिपिविज्ञ श्यामसुन्दर राजवंशी (भिडियोसहित)

उकालो | 9 hours ago
पुरातत्त्व विभागका पूर्वप्रमुख पुरातत्त्व अधिकृत डा. श्यामसुन्दर राजवंशी नेपालका स्थापित लिपिविज्ञ हुन्। नेपालका संवत्, शिलालेख र लिपिको गहन अध्ययनमा उनी अब्बल मानिन्छन्। उनले दुई वर्षअघि मात्रै ‘संवत् अध्ययन’ विषयमा विद्यावारिधि (पीएचडी) सम्पन्न गरेका छन्। डा. राजवंशीको हालसालै ‘विक्रम संवत्देखि लुम्बिनीसम्म’ नामक नयाँ कृति प्रकाशित भएको छ। यसअघि विसं. २०५२ मा प्रकाशित ‘लिच्छविकालीन संवत्को निश्चय’ उनको पहिलो कृति थियो।

स्पर्श र सुगन्धको भान्सा घर

वाग्ले सौगात | 12 hours ago
हामी दम्पती दुवै जना दुवै आँखा नदेख्ने। सँगै हिँडिरहँदा, सँगै बस्दा वा खाँदा जब कसैले हाम्रो सम्बन्धबारे थाहा पाउँछ र थप जिज्ञासा राख्छ, उन/सको पहिलो प्रश्न हुन्छ “घरमा कोको बस्नुहुन्छ?” हामी सहजै जवाफ दिन्छौँ, “हामी दुई।” यो सुनेपछि सोध्ने मान्छे अचम्मित हुन्छन् र अपेक्षित प्रश्न आइहाल्छ, “अनि खाना कसले पकाइदिन्छ त?” यसको पनि हामीसँग बनिबनाउ उत्तर छ, “हामी आफैँ!” आउनुहोस्, आजको 'सेतो छडी' स्तम्भमा स्पर्श र सुगन्धले भरिएको हाम्रो भान्सा घरको भ्रमण गरौँ।

छोड्नु भनेको गुमाउनु मात्र होइन

सुरेन्द्र नेपाल श्रेष्ठ | 2 days ago
गत ११ डिसेम्बरमा विश्वभर ओशो रजनिशलाई सम्झिइयो। भारतमा जन्मेका ओशो कतिका लागि क्रान्तिकारी हुन्, कतिका लागि यौनगुरू, कतिका लागि जीवनको मार्गदर्शक र कतिका लागि समाज‍-भँडुवा! कतिपय कोणबाट हेर्दा उनी अराजकतावादी समेत हुन्। अनेकन् विवादलाई थाती राखेर हेर्दा ओशो एक मनमौजी दार्शनिक हुन्, जसले धेरै परम्परागत अन्धविश्वास र परम्परागत धार्मिक सत्ताविरूद्ध समेत निर्मम प्रहार गरे। आफ्नो छोटो जीवनमा धेरै मान्छेलाई प्रभावित पारेर हिँडेका ओशोका अनेकन् पाटा छन्। जीवनको एक पक्षबारे यहाँ चर्चा गरिन्छ।

‘शिक्षकले राजनीति गर्न हुन्न’ भन्नु पनि राजनीति नै हो

डा. मीनबहादुर विस्ट | 3 days ago
शिक्षक र राजनीतिबीचको सम्बन्ध संयोगजन्य होइन, शिक्षा प्रणालीको संस्थागत संरचना र ऐतिहासिक निरन्तरतासँग जोडिएको विषय हो। शिक्षकहरूको पेसागत जीवन, सामाजिक भूमिका र संस्थागत निर्भरता सबैले गर्दा यो सम्बन्ध प्रायः सबै समाजमा लामो समययता जटिल रहिआएको छ। शिक्षकहरू मूलतः दुई भूमिकामा हुन्छन्। शिक्षकहरू नैतिक जिम्मेवारी भएका सार्वजनिक शिक्षाकर्मी हुनुका साथसाथै राजनीतिक अधिकार भएका नागरिक पनि हुन्। व्यक्तिको रूपमा शिक्षकका आफ्ना राजनीतिक धारणा हुन्छन् र राजनीतिक जीवनमा संलग्न पनि हुन सक्छन्।

ओलीको ‘पानीजहाज सपना’ हेरेर खोलिएको शिपिङ कम्पनी, त्यसबाटै भट्टचनले गरे ४२ करोड हिनामिना

दिपा दाहाल | 4 days ago
काठमाडौँ– प्रभु बैंकको रकम अपचलन प्रकरणमा नयाँ तथ्य उजागर हुनेक्रम जारी छ। त्यहीक्रममा अगाडि आएको छ– पानीजहाज सञ्चालन गर्ने भन्दै खोलिएको एउटा कम्पनीमार्फत गरिएको ठूलो रकम अपचलन। यसमा देवी भट्टचन र अशोक शेरचनकै प्रमुख संलग्नता देखिएको छ। प्रभु बैंकका संस्थापक अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष भट्टचन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि अहिले हाजिरी जमानीमा रिहा भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शेरचन अहिले प्रहरी हिरासतमै छन्।

सियो पनि नबन्ने देश?

इन्द्रध्वज क्षेत्री | 4 days ago
“नेपालमा सियो पनि बन्दैन।” बागलुङको तत्कालीन दुर्गम गाउँ राङखानीमा साढे तीन दशकअघि म हुर्किँदै गर्दादेखि सुनिरहेको भनाइ हो यो। अहिले आएर आश्चर्य लाग्छ–राजाले पूरै मुलुक बनाएको र विकासको मूल फुटाएको पाठ पढाइरहँदा यो भनाइ पनि उत्तिकै प्रचलित थियो। शायद यी दुईलाई एउटै आलोकमा हेर्न नसकेर यी दुई बीचको विरोधाभास पत्ता लगाउन हाम्रो कलिलो मानसिकतालाई गार्‍है पर्थ्यो। त्यसैले हामी राजाले देशमा विकासको मूल फुटाएको पनि विश्वास गर्थ्यौँ, सियो नबन्ने कुरा पनि विश्वास गर्थ्यौँ।

कमरेड दक्षप्रजापति!

प्रकाश अजात | 5 days ago
ब्रह्माका पुत्रसमेत मानिने दक्ष प्रजापतिको बिथोलिएको महायज्ञको प्रसंग 'स्वस्थानी व्रतकथा'मा आउँछ। यसको मूलकथा शिवपुराणमा छ। काठमाडौँ तथा पहाडी क्षेत्रका खस आर्यहरूले स्वस्थानी व्रतकथा माघ महिनाभर वाचन गर्ने गर्छन्। प्रजापतिमध्ये एक हुन् दक्ष प्रजापति। कथाअनुसार विष्णुले उहिले छल गरेर शिवलाई दक्ष प्रजापतिकी छोरी सतीदेवी (यिनै सतीदेवी अर्को जन्ममा हिमालय पर्वतकी छोरी-पार्वतीको रूपमा जन्मिइन्) को विवाह गराउन भूमिका खेले।

‘नीति निर्माण गर्दा नै प्रवासी मताधिकारलाई प्राथमिकता दिइएन’

उकालो | 6 days ago
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्न सक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्ने व्यवस्था छैन। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको बताएको छ।

राजनीतिक अन्योलबीच आशा जगाउने एनपीएल

सन्तोष सागर | 6 days ago
मङ्सिर १ गते सुरु भई झन्डै चार हप्तासम्म चलेको एनपीएल भर्खर सकियो। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाईट्सको उज्यालोमा एनपीएल सम्पन्न भयो। करिब ५० भन्दा बढी विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट कमेन्टेटर, स्टेडियममा दैनिक हजारौँ दर्शक, ओटीटी र अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन च्यानलबाट प्रसारणजस्ता कैयौँ चीजले एनपीएलको रौनक बढायो।

चरम पुँजीवादले विश्वको आधा जनसंख्या संकटमा

रिसव गौतम | 1 week ago
विश्वका सबैजसो देशमा पुँजीवाद हाबी छ। कतिपय देशमा मिश्रित व्यवस्था भन्दै पुँजीवादकै नीति र व्यवस्था मूलभूत रूपमा अँगालिएका छन्। माओको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सम्पन्न गरेको र कुनै वेला पश्चिमाहरूले कम्युनिस्ट मुलुक भनेर अत्यधिक खेद्ने चिनियाँहरूले अहिले अँगालेको व्यवस्था पनि सारमा पुँजीवाद नै हो। हुन त चिनियाँहरू आफूले अँगालेको व्यवस्थालाई चिनियाँ मोडलको समाजवाद भन्छन्। तर त्यसको मूलभूत नीति र व्यवस्था पुँजीवाद नै हो।

‘मासिक १५ हजार भत्ता दिए पनि गाउँमा मान्छे बस्दैनन्’

उकालो | 1 week ago
तेह्रथुमको लालीगुराँस नगरपालिका नेपालकै तेस्रो कम जनसंख्या भएको नगरपालिका हो। मध्यपहाडी लोकमार्गमा बनाउने भनिएका १० शहरमध्येको एउटा शहर वसन्तपुर यही पालिकामा पर्छ। गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेद्वारका रूपमा जोडिएको यो पालिका संखुवासभा र ताप्लेजुङको पुरानो व्यापारिक केन्द्र पनि हो। इतिहास अध्येता तथा लेखक अर्जुनबाबु माबुहाङ यहाँका नगरप्रमुख छन्।

हिउँदको एक चिसो आइतबार

इन्द्रबहादुर राई | 1 week ago
हिजो चोक बजारमा जनसभा थियो— मानव सुरक्षा मञ्चको। भोटाङी शरणार्थीहरूको पक्षमा। संयोजिका थिइन्— एडभोकेट सुश्री सुधा प्रधान। अघि २७ अक्टुबर १९९४ मा पनि जनसभा यहीँ आयोजित थियो। भोटाङी शरणार्थीहरूको समस्याको शीघ्र समाधानको निम्ति भारत सरकारलाई दबाउ दिन अखिल भारतीय गोर्खा लीगले आज डाकेको ‘दार्जिलिङ पर्वत बन्द’को समर्थनमा हामी मञ्चमा चढेका थियौं।

ओलीले जितेपछिको एमाले

रामेश्वर बोहरा | 1 week ago
अध्यक्षमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर २०७१ असार ३१ गते नवौँ महाधिवेशनबाट एमालेको पार्टीसत्ता हातमा लिनु केपी शर्मा ओलीको जीवनमा यस्तो मोड थियो, जहाँबाट उनका लागि राजनीतिक ‘छलाङ’ हान्ने एकपछि अर्को संयोग जुर्दै गए। तिनै छलाङका बलमा आर्जित शक्तिले आज ओली एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागिसमेत आफै निर्वाचित हुने गरी उभिएका छन्।

संशयमा निर्वाचन, लोकतन्त्र संकटको डिलमा

शोभाकर बुढाथोकी | 1 week ago
अहिले धेरैको मुखमा झुन्डिएको र धेरैले उत्तर खोजिरहेको प्रश्न हो– चुनाव हुन्छ? त्योसँगै जोडिएर अर्को प्रश्न पनि सुनिन्छ– चुनाव भएन भने के हुन्छ? मुलुकमा जेन–जी पुस्ता भनिने नवयुवाको (भदौ २३–२४ को) आन्दोलनपश्चात् अनपेक्षित राजनीतिक परिवर्तन भएको छ र सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको छ। यो सरकारको एकमात्र कार्यादेश आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन गराउनु रहेको छ।

जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ…

नरेन्द्रजंग पिटर | 1 week ago
नेपाली राजनीति अहिले सम्मेलन, महाधिवेशन, एकता र फुटजस्ता आन्तरिक प्रक्रियाहरूको भुमरीमा छ। नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा, गुटगत स्वार्थ र पुनर्संरचनाका नाममा शक्तिसंघर्ष र चलखेल भइरहेका छन्। जेनजी विद्रोहपछि नयाँ दल दर्ता गर्ने होडबाजी बढ्नु र पुराना दलहरूको जनविश्वास क्षय हुनु—दुवै समानान्तर रूपमा देखिएका प्रमुख राजनीतिक प्रवृत्ति हुन्। विद्रोहले नेपाली लोकतान्त्रिक पार्टीहरू—विशेषतः कांग्रेस, एमाले र माओवादीलाई गम्भीर आत्म समीक्षाको दबाब दियो।

‘निर्देशन आओस्— ओमानबाट शुरू हुनेछ प्रवासी नेपाली मताधिकार’

उकालो | 1 week ago
विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा कानूनी, प्राविधिक र आर्थिक बहस चलिरहेका बेला खाडीको ओमानस्थित नेपाली दूतावासले भने सरकारी निर्णय तथा निर्देशन भएमा ओमानमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत दिन सक्ने जानकारी गराएको छ। ओमान सहितका मुलुकमा रहेका आफ्ना नागरिकलाई मताधिकार दिलाउन फिलिपिन्स उदाहरण बनेको र त्यही प्रक्रियाको सिकोबाट नेपालीलाई मताधिकार दिन सकिने मस्कटस्थित राजदूत डोरनाथ अर्यालले बताएका छन्।

कांग्रेसमा गगन पुस्तालाई नेतृत्व

शिव तिवारी | 1 week ago
भदौ २३ र २४ मा भएको अभूतपूर्व जेनजी विद्रोहपश्चात् नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित वा विशेष महाधिवेशनमार्फत उक्त पार्टीको नेतृत्व फेर्न जोडबलले लागेका छन्। शेरबहादुर देउवापछिको तर संस्थापन पक्ष भनिएर चिनिएको समूह पार्टीमा आफ्नो प्रभाव गुम्ने र हालका महामन्त्रीले नेतृत्व लिन सक्ने डरले जुनसुकै हालतमा आम चुनावपछि महाधिवेशन गर्ने रटान लगाइरहेको थियो। अहिले भने पार्टीको उक्त संस्थापन पक्ष बाध्य भएर आम निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार भएको छ।

‘भोट हालुन् वा नहालुन्, मताधिकार सबैलाई दिनुपर्छ’

उकालो | 1 week ago
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्न सक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार, मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्ने व्यवस्था छैन। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ।

दासहरूको पार्टी र लासहरूको पार्टी

नारायण ढकाल | 1 week ago
श्रीमतीको उपचारका लागि अस्पताल जाने क्रममा एक जना डाक्टरसँग भेट भइरहन्छ। उनी साहित्यिक पृष्ठभूमिका हुन्। उनले केही अघि भने, "हाम्रा राजनीतिक दलहरूमा केही दास रहेछन् र केही लास रहेछन्।" "दासले लामो समयसम्म मालिकको सोझो गरिरहन्छ। तर मालिकको धेरै पेलाइमा परेपछि एउटा बिन्दुमा पुगेर दासले समेत विद्रोह गर्छ। लाससँग प्रतिरोध-चेतना त के, चेतना नै शून्य हुने भएकाले त्यसले विद्रोह गर्ने कुरै आएन। अहिले हेरिल्याउँदा नेकपा (एमाले) लासहरूको पार्टी रहेछ, नेपाली कांग्रेसचाहिँ दासहरूको।

‘गाउँले उस्तै रहुन्, आफू झिल्के बनेर बेलाबखत पुग्न पाइयोस्’

प्रकाश अजात | 1 week ago
पूर्वी नेपालको कुनै गाउँमा जन्मेका क्यानडा निवासी एक व्यक्ति। डेढ दशक बढी उतैको प्राज्ञिक रोजगारी र बसोबास। पक्कै उतैतिर पासपोर्ट र नागरिकता पाए होलान्। उमेरले ५०-५५। जीवनको दौडधुप, बिहे, शिक्षा, जागिर, सन्तानोत्पादन र तिनको बिहेवारि गरीवरी आफ्नै जन्मघर पुनर्दर्शन गर्न तिनलाई २० वर्ष लागेछ। जन्मघर भन्नु नै के, बाआमाले समेत छाडेको पुरानो सगोलको घर। घर भन्नु पनि के, मक्किएका काठ, चर्केका ढुंगामाटा र पर्खाल। बुट्यान र झारपात बलाइरहेका पिँढी र आँगन। एउटा गहिरो स्मृतिको अवशेष।

Explore news by Category