उकालो
ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि ‘मृत्युको प्रतीक्षालय’ बनिरहेका कारागार
सविना देवकोटा
|
2 weeks ago
काठमाडौँ– सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको भद्र ब्लकको एउटा कोठामा ८१ वर्षीय नारायणबहादुर पुन सुतिरहेका छन्। सुतेको पनि के भन्नु, उनी अचेत अवस्थामा छन्। पक्षाघात भएका बिरामी नारायणबहादुर पूर्ण रूपमा अशक्त छन्। न बोल्न सक्छन्, न हिँडडुल गर्न। उनलाई भेट्न परिवार वा आफन्तजन पनि कारागार आउँदैनन्।