उकालो
कविता सकियो, गद्य शुरू भयो
भवानी बराल
|
6 days ago
सन् १९९०, चेकोस्लोभाकियामा कम्युनिस्ट शासन ढलेपछि राष्ट्रपति निर्वाचित व्हासलाभ हाभेलले भने, ‘‘कविता सकियो, गद्य शुरू भयो।’’ यसपछि चेकोस्लोभाकियामा के के भयो? हामी सबै जानिफकार छौँ। सन् १९८९ को वेल्भेट क्रान्तिले सन् १९४८ मा स्थापित लामो कम्युनिस्ट सत्ता ढाल्यो। तर, देश विभाजित भयो। चेक गणतन्त्र र स