उकालो
प्रचण्डपथ: सत्र हजारको विरासतदेखि सत्र सिटको हिरासतसम्म
यिश्वरा सिवा
|
1 week ago
इतिहास अक्सर ती कृतघ्न विजेताहरूको पक्षमा लेखिन्छ, जसले भव्य महल ठड्याएपछि जगको ढुङ्गालाई फोहोर ठानेर माटोमुनि पुरिदिन्छन्। यसैको दृष्टान्तका रूपमा हेर्दा, हालै सम्पन्न निर्वाचनले नेपालको शक्ति सन्तुलनलाई यसरी उल्टाइदियो कि हिजोका महाबलीहरू आज इतिहासको बगरमा मिल्काइएका काम नलाग्ने कसिङ्गर जस्ता देखि