नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एल.टि.भि. रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसमक्ष औपचारिक अनुरोध गरेको छ।
नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं । सिटिजन लाइफले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो ।
केशवप्रसाद भण्डारी
|
2 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधनको मस्याैदाले वित्तीय पहुँच विस्तारलाई कानूनी आधार दिएको छ। ग्रामीण र दुर्गम क्षेत्रमा सेवा विस्तारलाई बाध्यकारी बनाउने प्रावधानले ऋण, बचत, बीमा र भुक्तानी सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। मोबाइल भुक्तानी प्रयोगकर्ताको संख्या हाल ३ करोडभन्दा बढी पुगेको तथ्याङ्कले डिजिटल वित्तीय सेवाको सम्भावना देखाउँछ।
केशवप्रसाद भण्डारी
|
16 hours ago
काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन सुरु गरेको छ। यो डिष्टिलरी उद्योग उत्पादन क्षमता र प्रविधिका हिसाबले देशकै ठूलो र सबैभन्दा उन्नत डिष्टिलरीमध्येको एउटा हो। सिमलटाडीमा ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योगमा नेपालमा निर्मित अहिलेसम्मको सबैभन्दा ठूलो डिष्टिलरी पूर्वाधारका रुपमा खडा छ।
जयराम गौतम
|
18 hours ago
काठमाडां । कृत्रिम बुद्धिमत्ता (एआई)ले विश्व बीमा उद्योगलाई पुनः आकार दिँदै गर्दा निजी इक्विटी लगानीकर्ताले बीमा सम्पत्तिमा लगानी गर्न जारी राखेका छन्। फेब्रुअरी २०२६ मा म्याककिन्से एन्ड कम्पनीले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा समग्र बीमा सम्झौता प्रवाहमा गिरावट आए पनि बीमा क्षेत्र भने सक्रिय रह्यो।
जयराम गौतम
|
18 hours ago
काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइलनमा संयुक्त ऊर्जाको आइपीओ थपिएको छ। संयुक्त ऊर्जाले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४१ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४१ लाख ६० हजार कित्ता आइपीओ बिक्री गर्नेछ।
जयराम गौतम
|
19 hours ago
काठमाडौं । अमेरिकी अर्थतन्त्र अहिले वृद्धवृद्धामा धेरै निर्भर रहेको देखिन्छ। ५५ वर्षभन्दा माथिका मानिसले अमेरिकाको कुल उपभोक्ता खर्चको ४५.३ प्रतिशत हिस्सा ओगटेका छन्। जुन २८ वर्षमा सबैभन्दा उच्च हो। सन् २००० को दशकको सुरुआतमा यो संख्या केवल २८ प्रतिशत थियो। तर त्यसबेलादेखि यो संख्या लगभग दोब्बर भएको छ। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो।
जयराम गौतम
|
20 hours ago
काठमाडौं । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचित लक्षित चुनावी सभा र सम्मेलनमा दलहरु व्यवस्त रहेका छन्। जनतालाई रिझाउन दलका उम्मेदवारहरुले आ-आफ्नो क्षेत्रमा विभिन्न वाचा र अजेन्डा सुनाउँदै हिँडिरहेका छन्।
नानु खड्का (निर्जला)
|
20 hours ago
काठमाडौं । शिखर पावर डेभलपमेन्टले दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आइपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याउने भएको हो।
जयराम गौतम
|
21 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साताभित्र चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने तयारी गरिरहेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।
जयराम गौतम
|
21 hours ago
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो व्यावसायिक भवन निर्माण सम्पन्न गरेको छ। काठमाडौंको पानीपोखरीमा कम्पनीको व्यावसायिक भवन निर्माण सम्पन्न भएको हो। कम्पनी सञ्चालक समितिको बैठकले अब फागुन १४ गतेदेखि केन्द्रीय कार्यालय स्थापनान्तरण गर्ने भएको छ। सोही भवनबाट केन्द्रीय कार्यालयबाट प्रदान हुने बीमा सेवासम्बन्धी कामकारबाही सञ्चालन हुने कम्पनीले जनाएको छ।
जयराम गौतम
|
22 hours ago
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारबाहीले एउटा सानो देशलाई धेरै फाइदा पुर्याएको छ। मादुरोको अपदस्थतापछि पूर्वमा रहेको भेनेजुएलाको छिमेकी देश गुयानाले ज्याकपटमा हात पारेको छ। किनकि ठूला कम्पनीहरुले यसको नयाँ पत्ता लागेको कच्चा तेल क्षेत्रहरुमा लगानी गर्न लाइन लगाएका छन्।
जयराम गौतम
|
23 hours ago
काठमाडौं । बैंकिङ तथा वित्तीय संस्थाहरुको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीको आकार विस्तारसँगै गुणस्तरीय जोखिम तीव्र रुपमा बढ्दै गएको देखाएको छ। यी संस्थाहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगिसकेको छ। जसले निष्क्रिय कर्जाको उच्च दरलाई देखाउँछ। खराब कर्जाको दर ५.४२ प्रतिशत पुग्नु सबैभन्दा चिन्ताजनक पक्ष हो। यो अवस्था अन्तर्राष्ट्रिय व्यवस्थामा पनि उच्च हो।
जयराम गौतम
|
1 day ago
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षासम्बन्धी टिकटक भिडियो बनाउन आग्रह गरेको छ। उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिइने पनि आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।
नानु खड्का (निर्जला)
|
1 day ago
काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
जयराम गौतम
|
1 day ago
जयराम गौतम
|
1 day ago
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन्। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु पुनर्जागरण गर्दा ब्याज छुट सुविधा उपलब्ध हुने जानकारी गरेको हो।
नानु खड्का (निर्जला)
|
1 day ago
काठमाडौं । हकपद शेयर निष्काशनका लागि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १००ः१० को अनुपातमा रु १०० अंकित मूल्यका कुल २३,१०,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। जसका लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ ।
केशवप्रसाद भण्डारी
|
1 day ago
काठमाडाै । केयर रेटिङ्गस नेपालले अकामा होटल लिमिटेडलाई प्रदान गरिएको इशुअर रेटिङ ‘डबल माइनस(इस्युअर)’ बाट सुधार गरी ‘डबल बी (इस्युअर)’ मा उकासेको छ। यो रेटिङका आधारमा कम्पनीलाई वित्तीय दायीत्व समयमै पुरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संस्थाका रूपमा मूल्यांकन गरिएको छ।
नानु खड्का (निर्जला)
|
1 day ago
काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं.६४)ले आयोजना गरेको ‘स्टक पिच कम्पिटिसन २०८२’ ग्रान्ड फाइनल आज हुँदैछ । प्रतियोगिताको फाइनल आज बिहान १०ः३० बजेबाट नक्सालस्थित सन सेक्युरिटिजको ट्रेडिङ हलमा आयोजना हुने भएको हो । प्रतियोगितामा देशभरका ३१ कलेजबाट ४९ जना विद्यार्थी सहभागी भएका थिए।