भक्तपुर। भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो। अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
वालिङ। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।
ताप्लेजुङ। ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका प्रमुख पर्यटकीय गन्तव्य समेटेर ओलाङ्चुङगोला–सिङ्जेमा ताल–टिप्तला भञ्ज्याङ पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।
महेन्द्रनगर। दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।
दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
दमौली । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । २६ वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उन आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दिनन् । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् ।
भोजपुर। टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए ।
जुम्ला। जिल्लाको तिला गाउँपालिका–२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा बायोग्यास एउटा यस्तो नाम हो, जसलाई दशकौँदेखि सफलताको अन्तर्राष्ट्रिय ‘मोडल’ का रूपमा संसारभर बेचियो। धुवाँमुक्त भान्सा, वन संरक्षण र प्रांगारिक मलको त्रिवेणी मानिएको यस प्रविधिले नेपाललाई जलवायु परिवर्तनको लडाइँमा अग्रणी देखाउन मद्दत पनि गर्यो। तर विडम्बना, बाहिर देखाइएको यो कागजी चमक र गाउँघरको वास्तविक अँध्यारोबीच फराकिलो खाडल देखिएको छ।
गण्डकी। हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ ।
काठमाडौं । आज डिसेम्बर २१ अर्थात् वर्षको सबैभन्दा छोटो दिन । खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त पनि भनिन्छ । यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ।
काठमाडौं । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
चितवन। नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् ।
अमरगढी। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवद्र्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ ।
काठमाडौँ। गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछोड्न नहुनेमा जोड दिएकी छन्। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन्।
काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।
बाजुरा । कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् । उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ ।
म्याग्दी। घुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् ।