अछाम । अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका-३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् ।
धरान (सुनसरी) । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक शक्ति–सङ्घर्ष अब सर्वोच्च अदालतको इजलासमा प्रवेश गरेको छ । पार्टीको विशेष महाधिवेशनको वैधानिकता र आधिकारिकताको मुद्दामा उपसभापति विश्वप्रकाश शर्मा आज स्वयं विपक्षी पक्षबाट बहस गर्न इजलासमा उत्रिँदै छन् । पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा विशेष महाधिवेशनलाई मान्यता नदिन माग गरिएको छ ।
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ ५ः१५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । पत्थरीको अप्रेशनपछि उपचाररत् ओलीसँग प्रचण्डले करिब ३० देखि ४० मिनेटसम्म कुराकानी गरे ।
काठमाण्डौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै लाइसेन्स छपाइ प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छापेर सेवाग्राहीलाई हस्तान्तरण गर्ने व्यवस्था आज (शुक्रबार) देखि नै लागू भएको घोषणा गरेका छन्।
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३६ रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ ।
धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ। गएराति भएको आगलागीबाट रु १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्।
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ । समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।
काठमाडौं । झापाको व्यापारिक मुटु दमक चोकमा नयाँ वर्ष २०८३ को अवसरमा ‘माया क्याफे’ सञ्चालनमा आएको छ । लोकप्रिय गायक राजेश पायल राई (राई इज किङ) द्धारा उद्घाटन गरिएको उक्त क्याफे पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक व्यक्तित्व गजेन्द्र देवान (गजु) ले आफ्नी दिवंगत पत्नी माया राई देवानको सम्झनामा सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।
जनकपुरबाट करिब २२ किलोमिटर पूर्व लागेपछि पुगिन्छ, धनुषाको खजुरी गाउँ। यस गाउँलाई रेल्वेले सदरमुकामसँग जोडेको छ। यहाँका बासिन्दा सडकमार्गभन्दा पनि रेल चढेरै आउजाउ गर्छन्। नेपालमा रेल्वेको सुरुआत भएसँगै खजुरीमा रेलका इन्जिन मर्मत गर्ने केन्द्र (वर्कसप) बनाइएको थियो। यो क्षेत्र पुग्ने जोकोहीको नाकमा एउटा विशिष्ट बास्ना ठोक्किन्छ। त्यो पनि ‘प्याजी’ को सदाबहार सुगन्ध।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ। लामो समयदेखि सम्पर्कविहीनरहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ।
काठमाडौँ । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।