npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आज काठमाडौंमा लौका प्रतिकिलो १० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३६ रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, लौका १० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिन्डी ७० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १५० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, चुकुन्दर ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १२० रुपैयाँ र गुन्द्रुक २२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा २२० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ निर्धारण गरिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category