npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

डुङ्गा पल्टिदा बाबुछोरा बेपत्ता

केन्द्रबिन्दु 1 hour ago

अछाम । अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका-३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका-७ स्थित जंगलबाट घाँस काटेर फर्किनेक्रममा कर्णाली नदीमा उनीहरु चढेको डुङ्गा पल्टिएको प्रहरीले जानकारी दिएिको छ ।

बेपत्ताको खोजी कार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान र ढकारीबाट प्रहरी टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category