Shukra Giri
|
12 minutes ago
काठमाडौं। चालु आर्थिक वर्ष पाँच महिनामा करिब आधा खर्ब रुपैयाँको सवारीसाधन र स्पेयर पार्ट्स आयात भएको छ। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म ४४ अर्ब ८१ करोड रुपैयाँको सवारीसाधन र त्यसका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स आयात गरिएको हो। यो आयात पोहोर पहिलो पाँच महिनाको तुलनामा धेरै हो।
Sunil Kunwar
|
32 minutes ago
काठमाडौं। लस्ट होराइजन जंगल रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ। रिसोर्टले आइपीओ बिक्रीको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। काठमाडौंको स्वयम्भूस्थित कम्पनीको कार्यालयमा हुने साधारण सभामा आइपीओ बिक्री प्रक्रिया अगाडि बढाउनेसहित ४ वटा विशेष र ४ वटा सामान्य प्रस्ताव पेस गरिँदैछ।
Sunil Kunwar
|
50 minutes ago
काठमाडौं। यूनिक हाईडेल कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ बिक्रीको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले माघ २९ गतेका लागि साधारण सभा बोलाएको हो। साधारण सभामा कम्पनीले ४ वटा समान्य र ३ वटा विशेष प्रस्ताव पेस गर्दैछ। कम्पनीको कार्यालय डिल्लीबजारमा छ। The post यूनिक हाईडेल कम्पनीले आइपीओ निश्कासन गर्ने, बोलायो साधारण सभा appeared first on BIZMANDU.
Basudev Timalsina
|
53 minutes ago
काठमाडौं। मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ छ।
Sarala Subedi
|
54 minutes ago
Basudev Timalsina
|
1 hour ago
काठमाडौं। अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुग्नेछ।
Sunil Kunwar
|
1 hour ago
काठमाडौं। एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
Sunil Kunwar
|
1 hour ago
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २५५.१७ रुपैयाँ कायम भएको छ। सोमबार अन्तिम कारोबारपछि एचआइडीसीएलको सेयर प्रति कित्ता २५९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १.
Prakash Bhandari
|
1 hour ago
काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन लगतै अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल पक्षबीच विवाद बढ्न थालेको छ। दुवै समूह एक अर्कालाई रोक्ने तयारीमा छन्। पुस २७, २८ र २९ गतेका लागि बोलाइएको दोस्रो केन्द्रीय कमिटीको बैठक अघि नै दुई पक्ष आमनेसामने हुन थालेका छन्।
Sunil Kunwar
|
1 hour ago
काठमाडौं। मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको ९५ लाख ३४ हजार ५०६.१८ कित्ता सेयर दोस्रो बजार कारोबारका लागि थपिएको हो। बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउनेछ। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १३.५३ प्रतिशत बोनस सेयर वितरण गरेको छ।
Sunil Kunwar
|
2 hours ago
काठमाडौं । मर्जरका लागि रोक्का रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। साबिकको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त १:१ को अनुपातमा मर्जर भएका छन्।
Bhim Ghimire
|
2 hours ago
काठमाडौं। निरन्तरको घाटा र भारी ऋणमा परेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई सरकारले निजीकरण गर्ने भएको छ। यसका लागि थालेको प्रक्रिया अहिले आफ्नो निर्णायक र अन्तिम चरणमा पुगेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। २० वर्षदेखि यो एयरलाइन्स लगातार घाटामा चल्दै आएको छ।
Akash Bogati
|
2 hours ago
काठमाडौं। ऋण असुली हुन नसकेर बैंक तथा वित्तीय संस्था हैरान भएका बेला नेपाल राष्ट्र बैंकले भने कर्जा दुरुपयोगलाई बढावा दिने नीति लिएको छ। राष्ट्र बैंकले प्रयोजन नखुल्ने क्षेत्रमा ऋण प्रवाह गर्न प्रोत्साहित गर्ने नीति लिएपछि असुली प्रभावित भएर तनावमा रहेका बैंकरहरु नै चकित छन्।
Sudarshan Sapkota
|
2 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजेन्द्र भट्टराईको बढुवा भएको छ। कानुन विभागको निर्देशक रहेका भट्टराईलाई सञ्चालक समितिले बढुवा गरेको हो। २०५३ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका भट्टराईसँग नियमन र सुपरिवेक्षण विभागमा लामो समय काम गरेको अनुभव छ। उनीसँगै सेवा प्रवेश गरेकाहरु अधिकांस कार्यकारी निर्देशक भइसकेका छन्।
Sahayog Ranjit
|
3 hours ago
काठमाडौं । म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ। यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी- दरवाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा.
Sahayog Ranjit
|
5 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाेलन) बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको करिब ६ घण्टा लामो संवादमा दुईजना बीच मिलेर अघि बढ्नेबारे समझदारी भएको हो।
Sahayog Ranjit
|
5 hours ago
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो।
Sahayog Ranjit
|
5 hours ago
काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको छ। अमेरिकी डलरको बिक्री दर बढेर आज १४३.७५ रुपैयाँ र खरिद दर १४३.१५ रुपैयाँ कायम भएको हो। युरो र पाउण्डको विनिमय दर वृद्धि भएको छ। आज युरोको बिक्री दर १६८.६८ रुपैयाँ र पाउण्डको बिक्री दर १९३.११ रुपैयाँ छ।
Masta KC
|
5 hours ago
Narayan
|
13 hours ago
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छिन्। आगजनीमा जलेर घाइते चित्रकार तीन महिना लामो उपचारपछि स्वदेश फकिएकी हुन्। दिल्लीको एपोलो अस्पतालमा चित्रकारको उपचार भएको थियो। भदौ २४ गते निवासमा भएको आगजनीमा चित्रकार गम्भीर घाइते भएकी थिइन। कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई भारत लगिएको थियो।