npl.977 Nepal News Stream

Pokhara News logo

Pokhara News

No 1 News Portal From Pokhara, News Pokhara, Pokhara khabar, Pokhara Samachar

पोखरामा यात्रुलाई ठगी गर्ने १३ पठाओ तथा इनड्राइभ चालक पक्राउ

पोखरा न्यूज | 17 hours ago
पोखरा । पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा सवारी सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्दै ठगी गरेको आरोपमा १३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले महानगरका विभिन्न स्थानमा निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले प्रयोग गर्दै आएका सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको … The post पोखरामा यात्रुलाई ठगी गर्ने १३ पठाओ तथा इनड्राइभ चालक पक्राउ appeared first on Pokhara News.

पोखरामा गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी

पोखरा न्यूज | 3 days ago
पोखरा । पोखरामा गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी भएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको ठुलीबिडीमा मंगलबार साँझ ग१ख ९५६२ नम्बरको यात्रुवाहक बसमा आगलागी भएको हो। बागलुङबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बसमा आगलागी भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ। बसमा आगलागी हुनासाथ चालक … The post पोखरामा गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी appeared first on Pokhara News.

बैशाख १ देखि पोखरा विमानस्थलबाट निःशुल्क सटल बस सेवा

पोखरा न्यूज | 4 days ago
पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरशिह चोकसम्म सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा सञ्चालनमा ल्याउने भएको छ। महानगरका मेयर धनराज आचार्यका अनुसार उक्त सेवा भोलि बैशाख १ गतेदेखि सुरु हुने छ। मेयर आचार्यका अनुसार महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो। … The post बैशाख १ देखि पोखरा विमानस्थलबाट निःशुल्क सटल बस सेवा appeared first on Pokhara News.

पोखरामा महिलाको विभत्स हत्यामा संलग्न २ युवक पक्राउ

पोखरा न्यूज | 1 week ago
पोखरा । चैत २५ गते साँझ पोखरामा भएको एक दर्दनाक हत्या प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै योजनाबद्ध रूपमा हत्या गरिएको खुलासा गरेको हो। पोखरा महानगरपालिका–८ सभागृह चोक नजिक शिवालय चोकस्थित सडकखण्डमा साँझ करिब सवा सात बजे घर फर्किंदै गरेकी ४२ … The post पोखरामा महिलाको विभत्स हत्यामा संलग्न २ युवक पक्राउ appeared first on Pokhara News.

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ९६ प्रतिशत कालोपत्र सम्पन्न

पोखरा न्यूज | 1 week ago
पोखरा । पोखरा–मुग्लिन सडकको सेती पुलदेखि तनहुँको जामुनेसम्म विस्तार भइरहेको सडक आयोजनाले उल्लेखनीय गति लिएको छ। हालसम्म कुल काममध्ये करिब ७७ प्रतिशत भौतिक प्रगति र ६२ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। ३८.७१ किलोमिटर लामो सडकखण्डमध्ये ३७.२८ किमीमा कालोपत्र भइसकेको छ भने सर्विस लेन निर्माण पनि तीव्र रूपमा अघि बढिरहेको छ। यस … The post पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ९६ प्रतिशत कालोपत्र सम्पन्न appeared first on Pokhara News.

पोखरामा सडकपेटीमा उभिरहेकी महिलाको हत्या

पोखरा न्यूज | 1 week ago
पोखरा । पोखरामा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ। साँझ करिब ७ बजेतिर सभागृहचोक अगाडि सडकपेटीमा उभिरहेकी महिलामाथि एक युवकले पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। हतियार प्रहारपछि उनी गम्भीर घाइते भई ढलेकी थिइन्। घटनापछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। … The post पोखरामा सडकपेटीमा उभिरहेकी महिलाको हत्या appeared first on Pokhara News.

कास्कीमा विचौलियामुक्त सेवा उपलब्ध गराउन प्रशासनको निर्देशन

पोखरा न्यूज | 1 week ago
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्रका सरकारी तथा सार्वजनिक निकायहरूमा विचौलियामुक्त सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयबाट प्राप्त परिपत्रका आधारमा प्रशासनले सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको हो। सेवाग्राहीलाई सहज रूपमा सेवा दिने नाममा हुने अनावश्यक झन्झट, आर्थिक लेनदेन तथा विचौलियामार्फत काम गराउने प्रवृत्ति नियन्त्रण … The post कास्कीमा विचौलियामुक्त सेवा उपलब्ध गराउन प्रशासनको निर्देशन appeared first on Pokhara News.

पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ

पोखरा न्यूज | 1 week ago
पोखरा । कास्की प्रहरीले जुवातास खेल्दै गरेका आठ जनालाई नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा –१४ चाउथे स्थित एक घरमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट नगद रु २ लाख २३ हजार ५०० र ४ बुक तास … The post पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ appeared first on Pokhara News.

पेट्रोल–डिजेल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

पोखरा न्यूज | 1 week ago
पोखरा न्यूज । सरकारले पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने उद्देश्यले आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । हालको इन्धनमा निर्भर सवारी प्रणालीलाई क्रमशः विद्युतीयतर्फ रूपान्तरण गर्न नीति तथा कानुन निर्माण गर्ने तयारी सरकारले अघि बढाएको हो। … The post पेट्रोल–डिजेल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने appeared first on Pokhara News.

सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन सार्वजनिक बिदा

पोखरा न्यूज | 1 week ago
पोखरा न्यूज । सरकारले शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा यो व्यवस्था लागू हुनेछ। निर्णय अनुसार चैत २३ गतेदेखि नै नयाँ बिदा प्रणाली कार्यान्वयनमा आउनेछ। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर … The post सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन सार्वजनिक बिदा appeared first on Pokhara News.

पोखराको पृथ्वीचोकस्थित बसपार्कबाट ७ बिचौलिया पक्राउ

पोखरा न्यूज | 1 week ago
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रबाट बिचौलियाको आरोपमा सात जनालाई पक्राउ गरेको छ । यात्रु तथा सर्वसाधारणलाई अनावश्यक दुख हैरानी दिएको गुनासो आएपछि चेकजाँच गरि बसपार्क क्षेत्रमा सक्रिय रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बगर पठाइएको ट्राफिक प्रहरी … The post पोखराको पृथ्वीचोकस्थित बसपार्कबाट ७ बिचौलिया पक्राउ appeared first on Pokhara News.

“३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ”

पोखरा न्यूज | 1 week ago
काठमाडौं । नेपालका गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्ति दिएका छन् । आइतबार बिहान एक स्टाटसमार्फत उनले विगतका सुरक्षासम्बन्धी नीतिहरू, अभ्यास र राजनीतिक हस्तक्षेप प्रति असन्तुष्टि जनाउँदै सुरक्षा निकायलाई लामो समयसम्म नियन्त्रणमा राखिएको संकेत गरेका छन्। उनले अभिव्यक्ति मार्फत देशको पूर्व राजनीतिक व्यवस्था वा नीतिगत अवस्थामा सुरक्षाकर्मीहरूको स्वतन्त्रता … The post “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” appeared first on Pokhara News.

चिनिया पर्यटकलाई लुटपाट गरेको आरोपमा पोखरामा ४ युवक पक्राउ

पोखरा न्यूज | 1 week ago
पोखरा । चिनिया नागरिकमाथि कुटपिट तथा लुटपाट गरेको आरोपमा पोखराबाट चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटना पोखरा महानगरपालिका–१६ जोगीमणी क्षेत्रमा भएको हो। प्रहरीका अनुसार बिहीबार दिउसो करिब साढे दुई बजे दुई जना चिनिया नागरिकलाई अपरिचित व्यक्तिहरूले कुटपिट गरी लुटपाट गरेर फरार भएको सूचना प्राप्त भएको थियो। सोही सूचनाको … The post चिनिया पर्यटकलाई लुटपाट गरेको आरोपमा पोखरामा ४ युवक पक्राउ appeared first on Pokhara News.

पोखरामा चर्को हर्न बजाउने सवारीका चालकलाई कारवाही

पोखरा न्यूज | 2 weeks ago
पोखरा । कास्की प्रहरीले पोखरामा चर्को हर्न बजाउने सवारीका चालकलाई कारवाही गरेको छ । अनावश्यक रुपमा प्रेशर हर्न जडान गरेका सवारीका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयका अनुसार चर्को हर्न बजाएर ध्वनी प्रदुषण गरेको गुनासोको आधारमा गरिएको चेकजाँचका क्रममा फेला परेका प्रेशर हर्न जडित सवारीलाई नियन्त्रण लिई चालकलाई नै … The post पोखरामा चर्को हर्न बजाउने सवारीका चालकलाई कारवाही appeared first on Pokhara News.

पोखरामा सेवाग्राहीलाई दुःख दिने १८ विचौलिया पक्राउ

पोखरा न्यूज | 2 weeks ago
पोखरा । कास्की प्रहरीले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा १८ जना विचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका आज दिउँसो करिब १:३० बजे यातायात व्यवस्था कार्यालय पोखरा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सेवाग्राहीहरूलाई अनावश्यक झन्झट दिने तथा गैरकानुनी रूपमा सेवा सहज गरिदिने बहानामा रकम असुल्ने गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली … The post पोखरामा सेवाग्राहीलाई दुःख दिने १८ विचौलिया पक्राउ appeared first on Pokhara News.

मालपोत कार्यालय कास्कीमा बिचौलियालाई प्रवेश निषेध

पोखरा न्यूज | 2 weeks ago
पोखरा। मालपोत कार्यालय कास्कीले कार्यालयमा बिचौलियाको प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको जनाएको हो। कार्यालयका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउन आवश्यक कागजातका आधारमा मात्र प्रवेश दिई सेवा प्रदान गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट … The post मालपोत कार्यालय कास्कीमा बिचौलियालाई प्रवेश निषेध appeared first on Pokhara News.

पोखरामा ढुंगा चोरी निकासी गरेको आरोपमा २ जिप नियन्त्रणमा

पोखरा न्यूज | 2 weeks ago
पोखरा । कास्की प्रहरीले अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्दै आएको आरोपमा दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ। चेक जाँचका क्रममा अवैध रूपमा कटपिस ढुंगा लोड गरेको र प्रयोजन खुल्ने आवश्यक कागजातसमेत नराखेको भेटिएपछि दुइवटा जिप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता, डीएसपी हरी बहादुर बस्नेतका अनुसार ग ३ च … The post पोखरामा ढुंगा चोरी निकासी गरेको आरोपमा २ जिप नियन्त्रणमा appeared first on Pokhara News.

पोखराबाट स्याङ्जा जाँदै गरेकी बालिकामाथि दुर्व्यवहार आरोप

पोखरा न्यूज | 2 weeks ago
पोखरा । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेकी एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजना जिप चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार दिउसो ४:३० बजे सार्वजनिक जिपमा यात्रा गरिरहेकी १६ वर्षीया बालिकामाथि अनुचित व्यवहार तथा अस्वाभाविक स्पर्श गरेको उजुरीका आधारमा चालकलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्न ग१ज ७०६६ नम्बरको जिपका चालक ४९ वर्षीय … The post पोखराबाट स्याङ्जा जाँदै गरेकी बालिकामाथि दुर्व्यवहार आरोप appeared first on Pokhara News.

Explore news by Category