Pokhara News
पोखराबाट स्याङ्जा जाँदै गरेकी बालिकामाथि दुर्व्यवहार आरोप
पोखरा । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेकी एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजना जिप चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार दिउसो ४:३० बजे सार्वजनिक जिपमा यात्रा गरिरहेकी १६ वर्षीया बालिकामाथि अनुचित व्यवहार तथा अस्वाभाविक स्पर्श गरेको उजुरीका आधारमा चालकलाई नियन्त्रणमा लिइएको हो।
घटनामा संलग्न ग१ज ७०६६ नम्बरको जिपका चालक ४९ वर्षीय अनबहादुर गुरुङ स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा क्षेत्रबाट पक्राउ परेको स्याङ्जा प्रहरी प्रवक्ता, डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए। चौधरी स्याङ्जाको बिरुवा गाउँपालिका–७ निवासी हुन्।
यस प्रकरणमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
डीएसपी चौधरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।
The post पोखराबाट स्याङ्जा जाँदै गरेकी बालिकामाथि दुर्व्यवहार आरोप appeared first on Pokhara News.