npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरामा यात्रुलाई ठगी गर्ने १३ पठाओ तथा इनड्राइभ चालक पक्राउ

पोखरा न्यूज 1 hour ago

पोखरा । पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा सवारी सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्दै ठगी गरेको आरोपमा १३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले महानगरका विभिन्न स्थानमा निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले प्रयोग गर्दै आएका सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ।

कास्की प्रहरीका अनुसार पठाओ तथा इनड्राइभसँग आबद्ध भएका र नभएका चालकले यात्रुसँग अत्यधिक भाडा लिने, ठगी गर्ने तथा अनावश्यक दुःख दिने गरेको सूचना प्राप्त भएपछि कारबाही अघि बढाइएको हो। सोही आधारमा गरिएको अपरेसनमा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।

पक्राउ पर्नेहरूमा स्याङ्जाका विष्णु बहादुर नेपाली (हाल पोखरा महानगरपालिका–८ आलुमैला चोक), पोखरा–१७ छोरेपाटनका ३६ वर्षीय राजन परियार, पोखरा–१३ गौडाको मुखका ४६ वर्षीय लिल बहादुर गुरुङ, पोखरा–२१ निर्मलपोखरीका २२ वर्षीय प्रबिण थापा, तनहुँका ३१ वर्षीय नवीन थापा (हाल पोखरा–१७ बिरौटा), पोखरा–१५ रामबजारका दिपक कुमार गुरुङ रहेका छन् ।

यसैगरी पोखरा–१४ रामबजारका ५४ वर्षीय अम्मर बहादुर महतरा, रुपा गाउँपालिका–७ का माधव कुईकेल, मादी गाउँपालिका–७ का बुद्धि बहादुर विक, पोखरा–१७ बिरौटाका बिक्की लामा, तनहुँ भानु नगरपालिका–७ का कृष्ण कुमाल, गोरखाका मिन बहादुर थापा (हाल पोखरा–१३) र पोखरा–१३ का २३ वर्षीय कृष्ण बहादुर गुरुङ पक्राउ परेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

The post पोखरामा यात्रुलाई ठगी गर्ने १३ पठाओ तथा इनड्राइभ चालक पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category