npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखराको पृथ्वीचोकस्थित बसपार्कबाट ७ बिचौलिया पक्राउ

पोखरा न्यूज 1 week ago

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रबाट बिचौलियाको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

यात्रु तथा सर्वसाधारणलाई अनावश्यक दुख हैरानी दिएको गुनासो आएपछि चेकजाँच गरि  बसपार्क क्षेत्रमा सक्रिय रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बगर पठाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले यात्रुहरूलाई यस्ता अवाञ्छित गतिविधिबाट जोगिन सचेत रहन आग्रह गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी र कारबाही जारी रहने बताएको छ।

The post पोखराको पृथ्वीचोकस्थित बसपार्कबाट ७ बिचौलिया पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category