npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन सार्वजनिक बिदा

पोखरा न्यूज 1 week ago

पोखरा न्यूज  । सरकारले शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा यो व्यवस्था लागू हुनेछ। निर्णय अनुसार चैत २३ गतेदेखि नै नयाँ बिदा प्रणाली कार्यान्वयनमा आउनेछ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले यो कदम चालेको प्रवक्ता पोखरेलले जानकारी दिए। इन्धन व्यवस्थापनलाई सहज बनाउन सातामा दुई दिन बिदा दिने नीति अवलम्बन गरिएको उनले बताए।

यससँगै सरकारले सरकारी कार्यालयहरूको कार्यसमय पनि परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय समेत गरेको छ  ।

The post सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन सार्वजनिक बिदा appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category