npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

चिनिया पर्यटकलाई लुटपाट गरेको आरोपमा पोखरामा ४ युवक पक्राउ

पोखरा न्यूज 1 week ago

पोखरा ।  चिनिया नागरिकमाथि कुटपिट तथा लुटपाट गरेको आरोपमा पोखराबाट चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटना पोखरा महानगरपालिका–१६ जोगीमणी क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार बिहीबार दिउसो करिब साढे दुई बजे दुई जना चिनिया नागरिकलाई अपरिचित व्यक्तिहरूले कुटपिट गरी लुटपाट गरेर फरार भएको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा प्रहरी टोली खटिएर अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा आज दिउँसो करिब १२ बजे पोखरा –५ प्रस्याङ क्षेत्रबाट घटनामा संलग्न युवकहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा पोखरा –२३ पामे का २१ वर्षीय रोशन सुनार, धादिङ घर भई हाल पोखरा–५  फिर्के बस्ने १८ वर्षीय आरुस तामाङ, कास्की अन्नपूर्ण –१० घर भई हाल पोखरा–५ प्रस्याङमा बस्दै आएका १८ वर्षीय अनिश परियार तथा पोखरा–२१ घर भइ प्रस्याङ बस्ने १८ वर्षीय अर्पन सुनार रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

The post चिनिया पर्यटकलाई लुटपाट गरेको आरोपमा पोखरामा ४ युवक पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category