Pokhara News
मालपोत कार्यालय कास्कीमा बिचौलियालाई प्रवेश निषेध
पोखरा न्यूज
|
2 weeks ago
पोखरा। मालपोत कार्यालय कास्कीले कार्यालयमा बिचौलियाको प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको जनाएको हो।
कार्यालयका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउन आवश्यक कागजातका आधारमा मात्र प्रवेश दिई सेवा प्रदान गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी परिपत्रअनुसार उक्त निर्णय लागू गरिएको कार्यालयले स्पष्ट पारेको छ।
सेवाग्राहीलाई सहज, छिटो र सिधा सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको हो ।
The post मालपोत कार्यालय कास्कीमा बिचौलियालाई प्रवेश निषेध appeared first on Pokhara News.