npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरामा ढुंगा चोरी निकासी गरेको आरोपमा २ जिप नियन्त्रणमा

पोखरा न्यूज 2 weeks ago

पोखरा । कास्की प्रहरीले अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्दै आएको आरोपमा दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

चेक जाँचका क्रममा अवैध रूपमा कटपिस ढुंगा लोड गरेको र प्रयोजन खुल्ने आवश्यक कागजातसमेत नराखेको भेटिएपछि दुइवटा जिप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता, डीएसपी हरी बहादुर बस्नेतका अनुसार ग ३ च ४१४३ र ग २ च २१५ नम्बरका बोलेरो जिपहरू पोखरा –११, चितेपानीबाट नियन्त्रणमा लिइएको हो ।

ढुंगासहित जिपहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

The post पोखरामा ढुंगा चोरी निकासी गरेको आरोपमा २ जिप नियन्त्रणमा appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category