npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरामा बढी भाडा असुल्ने पठाओ तथा इन्ड्राइभ चालक पक्राउ

पोखरा न्यूज 2 weeks ago

पोखरा ।  पोखरामा अफलाइन रूपमा पठाओ तथा इन्ड्राइभ सेवा सञ्चालन गरी यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतका अनुसार आज बिहान करिब ८ बजे पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका इकाइहरूको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए।

अवैध रूपमा सेवा सञ्चालन गरी यात्रुहरूलाई अनावश्यक दुःख दिने गरेको सूचनाका आधारमा चेकजाँच तीब्र पारेको प्रहरीले जनाएको छ  ।

पक्राउ पर्नेहरुको विवरण 

The post पोखरामा बढी भाडा असुल्ने पठाओ तथा इन्ड्राइभ चालक पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category