Pokhara News
पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ
पोखरा । कास्की प्रहरीले जुवातास खेल्दै गरेका आठ जनालाई नगदसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा –१४ चाउथे स्थित एक घरमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ बजे उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट नगद रु २ लाख २३ हजार ५०० र ४ बुक तास बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता सम्बन्धी कसुरअन्तर्गत अदालतबाट पाँच दिन म्याद थप गरी मुद्दा दर्ता भएको छ।
प्रहरीले उक्त कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
The post पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ appeared first on Pokhara News.