npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

फेवातालको मापदण्डविपरीत बनेका संरचनामाथि डोजर चल्यो

पोखरा न्यूज 1 week ago

पोखरा । पोखराको फेवाताल किनार क्षेत्रमा मापदण्डविपरीत बनेका अस्थायी संरचनाहरू हटाउने अभियान सुरु गरिएको छ। गृह मन्त्रालयको निर्देशनपछि शनिबार बिहानदेखि तालको ६५ मिटर क्षेत्रभित्र पर्ने संरचनाहरू भत्काउन थालिएको हो।

अभियानका क्रममा तालको मापदण्डको विषयमा विवादमा रहदै आएको वाटरफ्रन्ट रिसोर्टका स्विमिङ पुल, प्रवेशद्वार र पर्खालसमेत हटाइएका छन्। बिहान सबेरैदेखि नै प्रहरी परिचालन गरेर तालको मापदण्ड भित्र परेका अस्थायी संरचना हटाउने काम अघि बढाइएको थियो।

वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल भत्काइदै

यस कार्यका लागि जिल्ला प्रहरी, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरी गरी करिब डेढ सय सुरक्षाकर्मी खटिएका थिए। कास्की प्रहरीका अनुसार बिहानसम्म करिब तीन दर्जन संरचनामा डोजर प्रयोग गरिएको थियो।

संरचना हटाउने निर्णय मध्यरातमा आएको निर्देशनका आधारमा गरिएको बताइएको छ। त्यसपछि सम्बन्धित निकायहरूसँग समन्वय गरी महानगरको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। पोखरा महानगरका मेयर धनराज आचार्कायका अनुसार बिहान हटाइएका सबै संरचना अस्थायी प्रकृतिका हुन्।

The post फेवातालको मापदण्डविपरीत बनेका संरचनामाथि डोजर चल्यो appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category