npl.977 Nepal News Stream

उकालो logo

उकालो

उकालो मुनाफा वितरण नगर्ने सञ्चार माध्यम हो ।

खुल्ला बाटो, न्यायपूर्ण समाजको सपना

अजात काधिरा | 4 days ago
नयाँ सरकार गठनपछि मलाई आमाको पहिलो प्रश्न थियो, “अब त यो छुवाछुत, विभेद अन्त्य भएर हामी पनि खुलेआम हिँड्न सक्छौँ होला नि है?” सायद यो प्रश्न केवल एक आमाको मात्रै थिएन; नेपालका करिब ६० लाख दलित समुदायको साझा अनुभूति थियो यो। करिब ३५ सय वर्षयता भोग्दै आएको विभेदको पहाड सजिलै हटेर हामीले न्यायको सास फेर्न पाइएला त? यही प्रश्न मेरो मनभित्र जहिल्यै गुन्जिरहन्छ। यो प्रश्न केवल भावनात्मक पीडा होइन; नेपालको लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको वास्तविक अवस्थामाथि उठेको गम्भीर प्रश्न हो यो।

इरान-अमेरिका युद्धविराम र स्थायी शान्ति

श्यामप्रसाद मैनाली | 5 days ago
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणबाट सिर्जित युद्धको ४० औँ दिनमा दुई हप्ताका लागि युद्धविराम भएको छ। यसबाट स्थायी शान्ति सम्भव हुने थोरै आशा विश्व समुदायले गरिराखेको छ। डोनाल्ड ट्रम्पले ४८ घण्टाको अल्टिमेटम इरानलाई दिएका थिए। उक्त अवधिमा स्ट्रेट अफ हर्मुज खुला नगर्दिए भीषण आक्रमण गर्ने चुनौती दिएका थिए।

सडक सुरक्षा: ओझेलमा परेको राष्ट्रिय संकट

आमोद प्याकुरेल | 5 days ago
बालेन नेतृत्वको सरकारले चैत १४ मा सार्वजनिक गरेको एक सय वटा कार्यसूचीले सरकारको प्राथमिकता स्पष्ट पार्ने प्रयास गरेको छ। यो कार्यसूची सरकारको सोच, दृष्टि र तत्कालीन प्राथमिकताको फेहरिस्त हो। सरकारले कुन क्षेत्रमा तत्काल हस्तक्षेप गर्ने– यो प्रश्नको जवाफ यही दस्ताबेजले दिन्छ। यदि यी योजना प्रभावकारी रूपमा कार्यान्वयनमा आए भने नागरिकले भोगिरहेका कतिपय समस्या समाधान हुन सक्लान् र परिवर्तनको अनुभूति पनि होला। तर, यति महत्त्वपूर्ण दस्ताबेजमा एउटा गम्भीर विषयको उठान भएन, त्यो हो– सडक सुरक्षा।

कविता सकियो, गद्य शुरू भयो

भवानी बराल | 6 days ago
सन् १९९०, चेकोस्लोभाकियामा कम्युनिस्ट शासन ढलेपछि राष्ट्रपति निर्वाचित व्हासलाभ हाभेलले भने, ‘‘कविता सकियो, गद्य शुरू भयो।’’ यसपछि चेकोस्लोभाकियामा के के भयो? हामी सबै जानिफकार छौँ। सन् १९८९ को वेल्भेट क्रान्तिले सन् १९४८ मा स्थापित लामो कम्युनिस्ट सत्ता ढाल्यो। तर, देश विभाजित भयो। चेक गणतन्त्र र स्लोभाकिया दुई देशको जन्म भयो। शान्तिपूर्ण रूपमा विभाजित यो परिघटना ‘वेल्भेट डिभोर्स’ नामले परिचित छ। सन् २०११, भारतको पश्चिम बंगालमा मार्क्सवादी कम्युनिस्ट पार्टीको पराजय भयो।

नेपाल डिस्कोर्स: समाजवाद कि गरिबीको वितरण?

सुजन अम्गाई | 1 week ago
भनिन्छ, कुनै पनि सामाजिक र अर्थ-राजनीतिक प्रणालीबिनाको राज्य पूर्ण अर्थमा आधुनिक राज्य हुन सक्दैन, केवल एउटा प्रशासनिक एकाइ मात्र हुन्छ। त्यसैले होला, अधिकांश राज्यले प्रायः कुनै प्रचलित अर्थ-राजनीतिक दृष्टिकोण र प्रणालीअनुरूप चल्ने घोषणा र सोही बमोजिमका पद्धति स्थापित गर्छन्। ती प्रणालीमध्ये वर्तमान विश्व परिवेशमा पुँजीवादी, समाजवादी र मिश्रित अर्थव्यवस्था सबैभन्दा बढी प्रचलनमा छन्। यीमध्ये समाजवादी अर्थतन्त्रको व्यावहारिक अभ्यास न्यून छ।

पितृत्व र प्रसूति स्याहार बिदा: पुरुषको 'मान्छे' बन्ने प्रक्रिया

प्रणेता | 1 week ago
रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए हैन मैले ढाँटेको सत्य सत्य धरोधर्म झुटो कुरो छैन गरेको कुखुरी काँ, कुखुरी काँ गीतकार गणेश रसिकको “कुखुरी काँ” (२०२९) बोलको गीतले गायक द्वय गणेश र हिरण्य भोजपुरेलाई परिचित बनायो।

जेरन्टोक्रेसीको अन्त्य: युवा पुस्तालाई धन्यवाद

लोकबन्धु घिमिरे | 1 week ago
खासमा नेपाली जेनजी आन्दोलनले हालकै संसदीय प्रणालीभित्र शासकीय सुशासन खोजेको थियो। यसैलाई संस्थागत गर्ने अपेक्षा बोकेको प्रतिनिधिसभा निर्वाचन–२०८२ ले धेरै युवा नेतृत्व (जेनजी पुस्ता) यो संसद्मा ल्यायो। यही संसदीय व्यवस्थाले आर्थिक–प्रशासनिक सुशासन, विधायिकी सृजनशीलता, योग्यता प्रणाली र नीतिगत उत्पादनशीलता यदि इमानदारितासहित अपनायो भने पनि धेरै हदसम्म राज्यले जनपक्षीय कार्यहरू गर्न सक्छ।

प्रचण्डपथ: सत्र हजारको विरासतदेखि सत्र सिटको हिरासतसम्म

यिश्वरा सिवा | 1 week ago
इतिहास अक्सर ती कृतघ्न विजेताहरूको पक्षमा लेखिन्छ, जसले भव्य महल ठड्याएपछि जगको ढुङ्गालाई फोहोर ठानेर माटोमुनि पुरिदिन्छन्। यसैको दृष्टान्तका रूपमा हेर्दा, हालै सम्पन्न निर्वाचनले नेपालको शक्ति सन्तुलनलाई यसरी उल्टाइदियो कि हिजोका महाबलीहरू आज इतिहासको बगरमा मिल्काइएका काम नलाग्ने कसिङ्गर जस्ता देखिएका छन्। यो निर्वाचन अङ्कगणितको खेलमा मात्र सीमित थिएन। यो त एउटा युगको 'मृत्यु दर्ता' जस्तो देखिन्छ, जहाँ दशकौँदेखि नेपाली राजनीतिलाई आफ्नो मुठ्ठीमा नचाउने पात्रहरू आज दर्शक दीर्घामा धकेलिएका छन्।

पटके सम्पत्ति छानबिनः अन्त्यहीन खाडलतर्फको यात्रा

इन्द्रध्वज क्षेत्री | 1 week ago
असामान्य परिस्थितिमा सम्पन्न भएको २०८२ सालको आम निर्वाचनले विस्मयकारी नतिजा दिएको छ। परम्परागत रूपमा देशको शासन सञ्चालनमा दादागिरी गर्दै आइरहेका दलहरू बढारिएर किनारामा पुगेका छन्। केही वर्ष अघि मात्रै गठन भएको दलले करिब दुई तिहाइको प्रचण्ड बहुमतसहित शासनको बागडोर सम्हाल्न पुगेको छ। कुरा प्रस्ट छ, भदौ २३ र २४ को जेनजी आन्दोलन गत तीन दशकमा प्रमुख भनिएका दलहरूले गरेका कुशासन विरुद्ध आक्रोशको अभिव्यक्ति थियो।

आन्तरिक मूल्याङ्कनको शैक्षिक सान्दर्भिकता: खारेजी कि पुनर्संरचना?

डा. मीनबहादुर विस्ट | 1 week ago
नेपाल आफ्नो शिक्षा सुधारको निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। यसै क्रममा नवगठित मन्त्रिपरिषद्ले ‘शासकीय सुधारको एक-सय बुँदे कार्यसूची’ स्वीकृत गरेको छ। सुशासन सुधारको बुँदा ८( मा आगामी शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूका लागि आन्तरिक मूल्याङ्कन बन्द गर्ने विषयलाई प्रमुख प्रतिबद्धताका रूपमा अघि सारिएको छ। यो प्रस्तावमा आन्तरिक मूल्याङ्कन हटाउँदा साना बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक दबाब कम हुने र बालमैत्री वातावरण सिर्जना हुने दाबी गरिएको छ।

'इज्जत फाल्ने महिला'को पक्षमा डा. पौडेलको साहस

प्रकाश अजात | 1 week ago
आवरण देख्दा कतै 'मोटिभेसनल' पुस्तक झैं लाग्ने! पुस्तकको नाम 'साहस'ले पनि त्यस्तै बुझिने! आफ्नो विद्यावारिधिका क्रममा लेखेको थेसिसलाई मिना पौडेलले अंग्रेजीलगायत विश्वका पाँच भाषामा पहिल्यै किताबका रूपमा छपाउनुभएको थियो। पछिल्लो पटक यो आएको छ नेपाली पाठकका लागि। 'चेलीबेटी बेचबिखन' महिला बेचबिखनसम्बन्धी यसअघि पढेको पुस्तक थियो-सोल्ड, जो सार्‍है 'क्याप्टिभेटिङ' थियो। पेट्रिसिया म्याककर्मिकको सो पुस्तक वास्तविक घटनामा आधारित उपन्यास थियो भने स्वभावैले यो ननफिक्सन।

ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि ‘मृत्युको प्रतीक्षालय’ बनिरहेका कारागार

सविना देवकोटा | 2 weeks ago
काठमाडौँ– सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको भद्र ब्लकको एउटा कोठामा ८१ वर्षीय नारायणबहादुर पुन सुतिरहेका छन्। सुतेको पनि के भन्नु, उनी अचेत अवस्थामा छन्। पक्षाघात भएका बिरामी नारायणबहादुर पूर्ण रूपमा अशक्त छन्। न बोल्न सक्छन्, न हिँडडुल गर्न। उनलाई भेट्न परिवार वा आफन्तजन पनि कारागार आउँदैनन्। रुकुम घर भएका पुनलाई यो कारागारमा राखिएको चार वर्ष भयो। कर्तव्य ज्यान (हत्या) कसुरमा रुकुम जिल्ला अदालतले दोषी ठहर गर्दै २५ वर्ष जेल सजाय तोकेयता उनी केन्द्रीय कारागारमा सजाय काटिरहेका छन्।

लोकतन्त्रका सन्दर्भमा इजिप्ट दृष्टान्त: चुनाव जितेर मात्र हुन्न

सुरेन्द्र नेपाल श्रेष्ठ | 2 weeks ago
छिमेकी देशहरूमा फैलिरहेको अरब स्प्रिङ आन्दोलनको प्रभावसँगै इजिप्सियन क्रान्ति जनवरी २५, सन् २०११ मा सुरु भएको थियो। यो छिट्टै देशव्यापी जनविद्रोहमा परिणत भयो। लाखौँ मानिस सडकमा उत्रिए, विशेष गरी काइरोको तहरीर स्क्वायर आन्दोलनको केन्द्रबिन्दु बन्यो। ट्युनिसियाको विद्रोहबाट प्रेरित युवा इजिप्सियनहरूले १८ दिनसम्म निरन्तर प्रदर्शन गर्दै सत्ताको एकाधिकार, बढ्दो गरिबी र युवाहरूमा चुलिँदो बेरोजगारीविरुद्ध आवाज उठाए।

सय बुँदाको अनुत्तरित प्रश्न: सुधार अजेन्डामा गरिब कहाँ छन्?

कञ्चन झा | 2 weeks ago
नेपालको नयाँ सरकार यो देशको राजनीतिमा बिरलै देखिएको एउटा घटनाको आधारमा सत्तामा आएको हो ‘स्वस्फूर्त’ लोकप्रिय विद्रोहमार्फत। ७६ जनाले ज्यान गुमाएको यो विद्रोहमा एउटा पुस्ता क्रोध र केवल मोबाइल फोन क्यामेराको सहारामा सडकमा उत्रियो। र, पुरानो व्यवस्था–ओली, देउवा, प्रचण्ड सत्ताको पुनः प्रयोग हुने सम्पूर्ण चक्र–अन्ततः फागुनको चुनावबाट निर्णायक रूपमै हटाइयो। बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यस्तो जनादेशसहित शासनमा छन्, जुन नेपाली इतिहासका धेरै सरकारले कल्पनासम्म पनि सायदै गर्थे।

इनिशा प्रकरण: दुई छोराकी आमाको आह्वान

सुरक्षा बराल | 2 weeks ago
इनिशा विकको बलात्कारपछि हत्याको घटनाले केवल स्तब्ध मात्र बनाएन, भित्रसम्म हल्लाइदियो। उक्त घटना पहिलो थिएन। तर त्यो घटना नेपाली समाजको एउटा ऐना थियो, जसले हाम्रो समाजको कुरूप अनुहार, हाम्रो मौनता, हाम्रो डर, हाम्रो असफलता र हाम्रो सोचलाई एकै चोटि देखाइदियो। मैले यसअघि इनिशाको न्यायका विषयमा लेखेँ। त्यसरी लेख्दै गर्दा म एउटा नागरिक थिएँ, एउटा महिला थिएँ, एउटा आवाज थिएँ। पीडितको पक्षमा उभिएको एक थिएँ। न्यायको माग गरिरहेको थिएँ र समाजलाई प्रश्न सोधिरहेको थिएँ।

दलित महिलालाई प्रत्यक्षमा जित्न किन दिइन्न?

मनिका विश्वकर्मा | 2 weeks ago
पहिलो पटक जनयुद्धको लागि जंगल पस्दा सिता विकले उन्मुक्त र स्वतन्त्र महसुस गरेकी थिइन्। त्यही बेला उनीसँग दाइले भने, ‘‘मसला पिस्ने हातहरूले अब बारुद पिस्नुपर्छ, हँसिया समाउने हातहरूले बन्दुक समाउनुपर्छ अनि मात्र नेपाल परिवर्तन हुन्छ।’’ यसपछि पनि आमाले घर फर्किन लागि आग्रह गर्दा सिताले भनिन्, ‘‘मेरो बारे चिन्ता नलिनु, म तपाईँहरूको शिर ठाडो हुने काम मात्र गर्नेछु। बाँचे भने गरिब दिन दुःखीको मुक्तिको दिन लिएर आउनेछु। मरे भने सहिद हुनेछु, तर घर फर्किन्नँ।

महानगर नै भर्‍याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल

जियालाल साह | 2 weeks ago
तपाईंसँग शहरको एक बस्तीमा राम्रो जग्गा छ। केही समयपछि त्यही जग्गामा घर बनाउने योजना बनाउनुभयो। त्यसको अनुमति र आवश्यक प्रक्रियाका लागि सरकारी अड्डा पुग्नुभयो। त्यहाँ पुगेपछि थाहा भयो– तपाईंको जग्गा अरू नै व्यक्तिको नाममा गइसकेको रहेछ। त्यो बेला तपाईंलाई कस्तो लाग्छ? वीरगन्जकी निखत परविन अन्सारीलाई त्यही भयो। उनको जग्गा उनले थाहै नपाई अर्कैको नाममा पुगेको भेटियो। त्यसयता १२ वर्ष बिते, निखत जालझेलपूर्वक हडपिएको जग्गा फिर्ता ल्याउने लडाइँमै छिन्।

नाराबाट शासनसम्मको दूरी

प्रकाश शर्मा | 2 weeks ago
सुशासन वास्तवमै शासनको आधार बन्न सक्छ वा यो केवल चुनावी भाषणमा सीमित रहने शब्द हो? यसको उत्तर कुनै एक नेताले मात्र दिन सक्दैन। यसको उत्तर सम्पूर्ण राजनीतिक संस्कृतिले दिनुपर्छ। दुनियाँको राजनीतिक इतिहास हेर्दा रोचक तर एउटा गम्भीर यथार्थ बारम्बार देखिन्छ–शक्ति प्रायः ठूलो नारा, आदर्श, र परिवर्तनका आश्वासनहरूबाट सुरु हुन्छ, तर त्यसको वास्तविक परीक्षा भने निर्णय र व्यवहारमा देखिन्छ।

तोरीको तेलको भुटुन: स्वस्थ कि अस्वस्थ?

सन्ध्या सुवेदी | 2 weeks ago
'तोरी' शब्दलाई भलै कतिपयले गालीको रूपमा वा मूर्ख/बेकार मान्छे जनाउन प्रयोग गर्छन्, तर तोरीका गुण र उपयोगिता हेर्दा यो शब्दमाथि अन्याय भएजस्तो लाग्छ। चितवनलगायत तराईका जिल्लातिर जाडो महिनाताक जानुभयो भने पहेँलपुर तोरी फुलेका फाँटहरू देख्न सकिन्छ। चियाबारीमा हामी फोटा खिच्न जति उद्धत हुन्छौँ, तोरी बारीमा पनि त्यो लगाव उत्तिकै देख्न पाइन्छ। तिहुन-तरकारीमा भुटुनको रूपमा प्रयोग गर्नेदेखि लिएर शिशु तथा बच्चाबच्चीलाई घाममा राखेर तोरीको तेलले मालिस गर्ने नेपालको पुरानो चलन हो।

संसद्को रोचक मेन्यू: डबल प्रतिपक्षीका रूपमा हर्कको डेब्यू!

नारायण पौडेल | 3 weeks ago
प्रतिपक्ष सशक्त हुनलाई प्रतिपक्षको आकार सब थोक होइन। प्रतिपक्षमा बस्ने व्यक्तिको ओज, सोच र सच्चाई महत्त्वपूर्ण हुन्छ। एक सिटका प्रेम सुवाल र चित्रबहादुर केसीको प्रतिपक्षी भूमिका अविस्मरणीय छ। उदाहरणका लागि भारतको राजनीति हेरौँ। लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री रहेका मोदी वाचाल मानिन्थे। पप्पु उपनामले जिस्क्याइन्थे प्रतिपक्षी नेता राहुल गान्धी। बेढंगले बोल्ने र बोल्दाबोल्दै चिप्लिने हुँदा राहुल बेलाबेला ट्रोल बन्थे। तर राहुलले चमत्कारिक शैलीमा वाककलामा निखार ल्याए।

Explore news by Category