जयराम गौतम
|
11 hours ago
काठमाडौं । मर्जरपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ। ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबीच मर्जर प्रक्रिया सकिएपछि कायम भएको साधारण शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। योसँगै नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का राखेको शेयर कारोबार फुकुवा गरेको छ। अब भोलिपल्टबाट संस्थाको शेयर कारोबारमा आउँछ।
जयराम गौतम
|
11 hours ago
काठमाडौं । सन् २०२५ मा चाँदीको मूल्यमा १३८ प्रतिशतको ऐतिहासिक उछाल आएको छ। जसले यसलाई विश्वकै सबैभन्दा आक्रामक ‘म्याक्रो ट्रेड’ बनाएको छ। लगातार पाँचौँ वर्षको आपूर्ति अभाव र कीर्तिमानी औद्योगिक मागका कारण चाँदीको मूल्य प्रतिऔँस ६० डलर नाघेको छ।
नानु खड्का (निर्जला)
|
13 hours ago
काठमाडौं । एक्चुअरियल सोसाइटी अफ नेपाल (एएसएन) ले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा ललितपुरको होटल सांग्रिला ब्लूमा सफलतापूर्वक सम्पन्न गरेको हो । जसमा जीवन निर्जीवन तथा लघु बीमा उद्योग र नेपाल बीमा प्राधिकरणका बीमांकीय विद्यार्थीहरू र विश्लेषकहरूको उत्साहजनक सहभागिता थियो।
जयराम गौतम
|
13 hours ago
काठमाडौं । मुलुकको व्यापार घाटा साढे १० प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटाको आकार ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ थियो।
नानु खड्का (निर्जला)
|
14 hours ago
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
जयराम गौतम
|
14 hours ago
काठमाडौं । विभिन्न माग उठाएर आन्दोलनमा उत्रिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु केही दिनयता चुपचाप बसेको देखिन्छ। यद्यपि, अर्थ मन्त्रालयले माग पूरा गर्ने सम्बन्धमा चासो नदिएपछि उनीहरु अहिले आन्दोलनको नयाँ रणनीतिमाथि छलफल गरिरहेका छन्।
नानु खड्का (निर्जला)
|
14 hours ago
काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
जयराम गौतम
|
14 hours ago
काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा झरेको छ। बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह ०.५७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ।
नानु खड्का (निर्जला)
|
14 hours ago
काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।
जयराम गौतम
|
15 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९५ लाख ३४ हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ। जसअनुसार बैंकको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस शेयर सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षका लागि बैंकले आफ्ना शेयरधनीहरुलाई १३.५३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
जयराम गौतम
|
16 hours ago
काठमाडौं । कम्पनीहरुले कर्मचारीलाई टिकाउन सक्दो प्रयास गर्नेछन्। एउटा चिनियाँ कम्पनीलाई हेर्नुहोस्। यसले आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्न र प्रोत्साहन गर्न आकर्षक योजना घोषणा गरेको छ। कम्पनीले आफ्ना १८ सबैभन्दा पुराना र इमान्दार कर्मचारीलाई आकर्षक फ्ल्याट उपहार दिनेछ। यी फ्ल्याटको मूल्य डेढ करोड रुपैयाँसम्म रहेको छ।
नानु खड्का (निर्जला)
|
16 hours ago
काठमाडौं । हिमालयन लाइफ गण्डकी प्रदेश र अभिकर्ता संगठनको संयुक्त सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । सयुक्त रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री बराह माध्यमिक, माछापुच्छ्रे- ६ कास्कीमा चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरुका लागि सो कपडा वितरण गरिएको हो । शिक्षा: सुरक्षा .
नानु खड्का (निर्जला)
|
16 hours ago
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी ,पोखरा च्याप्टरको १३औँ बार्षिक साधरण सभा एवम् सातौँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले छवि पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । निप्स पोखरा च्याटरको आगामी कार्याकालको लागि सिटिजन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलको अध्यक्षतामा चयन भएका ११ सदस्यीय कार्यसमितमा सुर्य बहादुर के.
जयराम गौतम
|
17 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका लागि निर्देशन जारी गरेको छ। उक्त निर्देशनमा सहकारी बैंकको कर्जाको वर्गीकरण र कर्जा नोक्सानीसम्बन्धी प्रावधानहरु तोकिएका छन्। जसअनुसार कर्जालाई असल, कमसल, शंकास्पद र खराब भनी वर्गीकरण गरिएको छ। निर्देशनअनुसार भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेका कर्जालाई असल भनी वर्गीकरण गरिएको छ।
नानु खड्का (निर्जला)
|
17 hours ago
काठमाडौं । नेपाल र युरोपेली बजारमा नम्बर १ स्थान कायम गरिसकेको प्रीमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा एक विशिष्ट ग्राहक अभियानको सुरुवात गरेको छ। डिजाइन्ड फर होम। क्राउन्ड विद क्रिकेट शीर्षकको यस अभियानले बेकोको विश्वस्तरीय गुणस्तर र डिजाइनलाई नेपालीहरूको क्रिकेटप्रतिको अगाध लगावसँग जोड्दै, एउटा अद्वितीय र अनुपम अनुभवको प्रस्ताव गरेको छ।
जयराम गौतम
|
18 hours ago
काठमाडौं । सन् २०२५ मा विश्वव्यापी पुनर्बीमा बजारलाई अब केवल सहयोगी वित्तीय प्रणालीको रुपमा हेर्न सकिँदैन। यो अब विश्वव्यापी जोखिम व्यवस्थापन, आर्थिक स्थिरता र विपदपछिको पुनःप्राप्तिको एउटा महत्वपूर्ण स्तम्भ हो। अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक निकाय आईएआईएसद्वारा गरिएको पछिल्लो एकीकृत विश्लेषणअनुसार सत् २०२४ को अन्त्यमा विश्वव्यापी पुनर्बीमा बजार लगभग १.७५ ट्रिलियन अमेरिकी डलर पुगेको थियो।
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
नानु खड्का (निर्जला)
|
19 hours ago
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको हो।
नानु खड्का (निर्जला)
|
19 hours ago
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
नानु खड्का (निर्जला)
|
19 hours ago
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २९ गते, मंगलबार, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ।