भवानी प्रसाद पाण्डे
|
15 hours ago
इरानसँग युद्ध गर्ने अधिकार सीमित गर्ने उद्देश्यले ल्याइएको प्रस्ताव अमेरिकी सिनेटले चौथोपटक पनि असफल बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध गर्ने अधिकार कटौती गर्न डेमोक्र्याटहरूले उक्त प्रस्ताव ल्याएका थिए। इरानसँगको अमेरिकी सैन्य तनाव सातौँ हप्तामा प्रवेश गर्न लागेको छ। सिनेटले ‘वार पावर्स’ प्रस्ताव ५२–४७ मतले अस्वीकृत गरेको हो।
भवानी प्रसाद पाण्डे
|
17 hours ago
चिनियाँ पाइलटहरूलाई अवैध रूपमा तालिम दिएको आरोप लागेका पूर्व अमेरिकी मरीनलाई अमेरिका सुपुर्दगी गरिने भएको छ। उनले अष्ट्रेलियामा बस्न प्रयास गरेका थिए, तर उनलाई अमेरिकाले खोजी गरिरहेको छ। ५७ वर्षीय डेनियल डगनलाई सन् २०२२ अक्टोबरमा अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ओरान्ज सहरबाट अमेरिकी अनुरोधमा पक्राउ गरिएको थियो।
भवानी प्रसाद पाण्डे
|
18 hours ago
अमेरिकी आक्रमणपछि श्रीलङ्कामा अलपत्र परेका २०० भन्दा बढी इरानी नाविकहरू एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किएका छन्। अमेरिकी टर्पिडो हमलापछि उनीहरू अलपत्र परेका थिए। श्रीलङ्काका उप–रक्षामन्त्री अरुण जयसेकराले “इरिस डेना” बाट उद्धार गरिएका ३२ जना र “इरिन्स बुशेहर” का २०६ जना नाविकहरूले देश छोडिसकेको पुष्टि गरेका छन्।
भवानी प्रसाद पाण्डे
|
18 hours ago
गोप्य ठगी योजनामा संलग्न भएको आरोपमा दुई जना अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले दिएको जानकारीअनुसार, उक्त योजनामार्फत ठूला अमेरिकी कम्पनीहरूलाई ठगी गरी उत्तर कोरियाली शासनका लागि करिब ५० लाख डलर आम्दानी गराएको आरोप ती अमेरिकी नागरिकमाथि लगाइएको छ।
भवानी प्रसाद पाण्डे
|
18 hours ago
अण्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन्। बेपत्ता हुनेको सूचीमा बालबालिका पनि रहेको संयुक्त राष्ट्रसंघका शरणार्थी र आप्रवासनसम्बन्धी निकायहरूले जनाएका छन्। बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको उक्त डुङ्गा तीव्र हावा, ठूलो छाल र अत्यधिक चापका कारण डुबेको बताइएको छ। डुङ्गा कहिले डुब्यो भन्ने यकिन छैन।
किशोर पन्थी
|
1 day ago
यदि तपाईं अमेरिकामा विद्यार्थी भिसा एफ–१ मा हुनुहुन्छ र अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) का लागि आवेदन दिइसक्नुभएको छ वा प्रक्रियामा हुनुहुन्छ, अथवा यस वर्षको एच–१बी कोटा दर्ता सिजनमा स्टाटस परिवर्तनका लागि याचिकाको लाभग्राही बन्नुहुनेछ भने अन्तर्राष्ट्रिय यात्रासम्बन्धी जोखिम र आवश्यकताबारे स्पष्ट जानकारी राख्नु अत्यन्त आवश्यक छ।
रमेश फुल्लेल
|
1 day ago
ट्रम्प प्रशासनले अमेरिकाभरका हजारौँ परिवारको उठिबास गराउन सक्ने गरी एक नयाँ आवास नियम प्रस्ताव गरेको छ। यस विवादास्पद नियमअनुसार यदि कुनै परिवारको एकजना सदस्य मात्र पनि अध्यागमन स्थितिका कारण आवास सहायताका लागि अयोग्य ठहरिएमा पूरै परिवारले संघीय सरकारबाट पाउने ‘आवास सहायता’ गुमाउनुपर्नेछ।
रमेश फुल्लेल
|
1 day ago
ट्रम्प प्रशासनले थप ९ जना अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त गरेको छ। बर्खास्त गरिएकामध्ये दुईजना न्यायाधीशले प्यालेस्टाइन समर्थक विद्यार्थीहरूलाई देशनिकाला गर्ने सरकारी प्रयासलाई रोकेका थिए। नेसनल एशोसिएसन अफ इमिग्रेसन जजका अनुसार गत सप्ताहान्तमा ६ जना र शुक्रबारका दिन ३ जना न्यायाधीशलाई पदमुक्त गरिएको हो। यससँगै ट्रम्पले ह्वाइट हाउस सम्हालेयता हालसम्म ११३ जना अध्यागमन न्यायाधीशहरू बर्खास्त भइसकेका छन्।
रमेश फुल्लेल
|
1 day ago
अमेरिकी अध्यागमन एजेन्सी आइसले अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ को बीचमा ४ लाख ४२ हजार ६ सय ३७ जनालाई देशनिकाला गरेको तथ्यांक सार्वजनिक गरेको छ।
किशोर पन्थी
|
1 day ago
युएससीआईएसले मे २०२६ अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि आवेदन फारम आई-४८५ (एडजस्टमेन्ट अफ स्टेटस) दाखिला गर्दा भिसा बुलेटिनको फाइनल एक्सन डेट्स चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। यसअघि युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट्स चार्ट प्रयोग गर्न अनुमति दिँदै आएको थियो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकाका पूर्व डेमोक्र्याटिक सांसद एरिक स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूको सङ्ख्या थपिँदै गएको छ। पछिल्लो पटक अर्की एक महिलाले उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छन्। लोना ड्रुएस नाम गरेकी ती महिलाका अनुसार सन् २०१८ मा स्वालवेलले आफूलाई नसालु पदार्थ खुवाएर होटलको कोठामा बलात्कार गरेका थिए।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकाको टेक्सासका सांसद टोनी गोन्जालेसले पदबाट राजीनामा दिएका छन्। आफ्नै एक कर्मचारीसँगको सम्बन्ध स्वीकार गरेपछि उनले राजीनामा दिएका हुन्। ती कर्मचारी रेजिना सान्तोस अभिलेसले पछि आत्मदाह गरेकी थिइन्। क्यालिफोर्नियाका डेमोक्र्याट सांसद एरिक स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि गोन्जालेसमाथि पनि राजीनामा दिन दबाब बढ्दै गएको थियो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन्। सप्ताहन्तमा भएको वार्ता विफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्था सिर्जना भएको हो। ट्रम्पले जारी युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको सङ्केत दिएका हुन्।
किशोर पन्थी
|
1 day ago
अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार जुन महिनाका लागि नेपाली डिभी विजेताको केस नम्बर ११ हजार कायम गरिएको छ। यो संख्या अप्रिल र मे महिनाका लागि १० हजार रहेकोमा जुनका लागि बढाइएको हो। मार्च महिनाका लागि ६ हजार ५ सय केस नम्बरको सिमाबन्दी लगाइएकोमा अप्रिलका लागि उल्लेख्य वृद्धि गरिएको थियो।
किशोर पन्थी
|
1 day ago
सन् २०२६ मे महिनाको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित मुख्य श्रेणीमा ग्रिनकार्डका फाइल गर्ने मिति करेन्ट नै रहेको छ। विशेषगरी पहिलो, दोस्रो र तेस्रो स्किल्ड श्रेणीमा अमेरिकाभित्रै रहेका आवेदकहरूका लागि ग्रिनकार्ड फाइल गर्ने मिति पूर्ण रूपमा करेन्ट रहेको हो। यसको अर्थ, यी श्रेणीका आवेदकहरूको प्राथमिकता मिति जुनसुकै भए पनि स्टाटस एडजस्टमेन्टका लागि आवेदन दिन सक्नेछन्।
किशोर पन्थी
|
1 day ago
मे २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीमा उल्लेख्य अग्रता देखिएको छ। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अप्रिलमा करेन्ट रहेकोमा मे महिनामा पनि सो मिति करेन्ट नै रहने भएको छ।
किशोर पन्थी
|
2 days ago
अमेरिकी डाइभर्सिटी भिसा २०२७ कार्यक्रमको दर्ता प्रक्रिया करिब छ महिनाभन्दा बढी ढिलाइ भएको छ। तर, दर्ता खुल्दा यसपटक आवेदकहरूले ठूला परिवर्तनको सामना गर्नुपर्नेछ। आगामी डिभी भर्दा मान्य पासपोर्ट विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले अप्रिल १० मा नयाँ नियम लागू गरेको हो।
सुरज घिमिरे
|
2 days ago
अमेरिकाले इरानका बन्दरगाह तथा तटीय क्षेत्रहरूमा लगाएको नौसैनिक नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज नाकाबन्दी क्षेत्र पार गर्न सकेका छैनन्। अमेरिकी सेनाले मंगलबार दिएको जानकारी अनुसार ६ वटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले दिएको निर्देशनअनुसार फर्किन बाध्य पारिएको छ।
सुरज घिमिरे
|
2 days ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीप्रति कडा आलोचना गर्दै उनीबाट ‘आश्चर्यचकित’ भएको बताएका छन्। उनले मेलोनी अपेक्षाभन्दा कम साहसी देखिएको टिप्पणी गर्दै सार्वजनिक रूपमा तीव्र आलोचना गरेका हुन्, जसले दुई निकट सहयोगीबीचको सम्बन्धमा तनाव बढाएको छ। ट्रम्पले इटालियन पत्रिका Corriere della Sera लाई दिएको अन्तर्वार्तामा मेलोनी आफुले सोचेभन्दा धेरै फरक रहेको बताएका छन्।
रमेश फुल्लेल
|
2 days ago
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले ‘बर्थ टुरिज्म’ (सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने यात्रा)विरुद्ध आक्रामक अभियान सुरु गरेको छ। पर्यटकीय भिसाको दुरुपयोग गर्दै अमेरिकामा बच्चा जन्माएर स्वतः नागरिकता दिलाउने नेटवर्कहरूलाई लक्षित गरी कारबाही अघि बढाइएको हो।