भवानी प्रसाद पाण्डे
|
48 minutes ago
अमेरिकाको मिनेसोटा राज्यको राजधानी सेन्ट पलमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टले गोली चलाएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार, कागजातविहीन रूपमा बसिरहेका एक क्युबाली आप्रवासीले आफ्नो गाडीले ‘आइस’ एजेन्ट र अन्य अधिकारीहरूलाई ठक्कर दिएपछि प्रतिरक्षामा (आइस) का एजेन्टले गोली चलाइएको हो।
भवानी प्रसाद पाण्डे
|
1 hour ago
दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए। मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्।
भवानी प्रसाद पाण्डे
|
3 hours ago
साउदी अरेबियामा मृत्युदण्डका घटना वर्षेनी बढ्दै गएका छन्। साउदी अरेबियाले लगातार दोस्रो वर्ष वार्षिक रूपमा दिइने मृत्युदण्डको संख्यामा आफ्नै कीर्तिमान तोडेको छ। बेलायतस्थित मानवअधिकार अभियान समूह ‘रिप्रिभ’ का अनुसार यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइसकिएको छ। यो संख्या सन् २०२४ मा भएको ३४५ को तुलनामा बढी हो।
सुरज घिमिरे
|
15 hours ago
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई घरबारविहीन व्यक्तिहरूका लागि स्थायी आवास र अन्य सेवाहरू प्रदान गर्ने ३ बिलियन डलरभन्दा बढी अनुदान कोषमा नयाँ प्रतिबन्धहरू लगाउनबाट रोकेकी छन्।
किशोर पन्थी
|
15 hours ago
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डाइभर्सिटी भिसाबाट आएका व्यक्तिहरू सबै खराब हुने भएकाले यो कार्यक्रम स्थगित गरिएको नभई यसको जाँचबुझ प्रक्रियामा रहेका कमजोरीहरू निक्र्यौल गर्न रोकिएको बताएका छन्। विदेश मन्त्रालयको प्रेस ब्रिफिङ रुममा पत्रकारहरूसँग कुरा गर्दै उनले डिभीबाट आएका सबैले गोलीकाण्ड मच्चाउँछन् भन्ने तर्कका आधारमा कार्यक्रम स्थगित नगरिएको स्पष्ट पारे।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क राज्यको गभर्नर पदका लागि नासाउ काउन्टीका रिपब्लिकन कार्यकारी ब्रुस ब्लेकम्यानलाई समर्थन गर्ने घोषणा गरेका छन्। ट्रम्पकी लामो समयदेखिकी सहयोगी सांसद एलिस स्टेफानिकले गभर्नरको दौडबाट बाहिरिने निर्णय गरेको भोलिपल्टै यो घोषणा आएको हो। न्युयोर्क राज्यको गभर्नरका लागि आगामी शरद ऋतुमा निर्वाचन हुँदैछ। ट्रम्पको यो समर्थनलाई राजनीतिक वृत्तमा अपेक्षित मानिएको छ।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको विस्तृत समीक्षा (रिभ्यु) गर्ने घोषणा गरेका छन्। गत साता सिड्नीको बोण्डाई बीचमा भएको भीषण आक्रमणपछि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन यो कदम चालिएको हो। गत आइतबार भएको उक्त आतङ्ककारी घटनाले देशको सुरक्षा वातावरण कति छिटो परिवर्तन भइरहेको छ भन्ने कुरालाई उजागर गरेको प्रधानमन्त्री अल्बानीजले बताए।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकाको क्यालिफोर्नियामा चाँडै पेट्रोलको अभाव हुन सक्ने सम्भावना देखिएको छ। देशकै सबैभन्दा महँगोमध्ये पर्ने यहाँको पेट्रोलको मूल्य, अभावका कारण अझै बढ्न सक्ने देखिन्छ। राज्यका पेट्रोलियम पदार्थका रिफाइनरीहरू (तेल प्रशोधन केन्द्र) वर्षौँदेखि बन्द हुँदै आएका छन्। यसै क्रममा अब थप दुई रिफाइनरी बन्द हुने तयारीमा छन्।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिकामा विवादास्पद यौनकाण्डसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनको नाम पनि जोडिएको छ। जेफ्री एप्स्टिनसँग सम्बन्धित सामग्रीहरू लगातार सार्वजनिक भए पनि धेरै मानिसहरू भने निराश भएका छन्। विशेष गरी यो फाइलको प्रतीक्षा गरिरहेकाहरूमा निराशा बढी देखिएको छ।
किशोर पन्थी
|
1 day ago
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गरेलगत्तै अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेको हो।
किशोर पन्थी
|
1 day ago
अमेरिकी विदेश मन्त्रालयले भिसाका लागि १५ हजारसम्म धरौटी राख्नुपर्ने नियम १३ देशहरूमा विस्तार गरेको छ । सन् २०२६ जनवरी १ देखि लागू हुने गरी भुटानलाई पनि धरौटी राख्नुपर्ने देशमा थपिएको छ।
सुरज घिमिरे
|
1 day ago
अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)को हिरासतमा गत हप्ता चार जना आप्रवासीको मृत्यु भएको छ। यससँगै सन् २०२५ मा हिरासतमा मृत्यु हुनेको संख्या दुई दशकयताकै उच्च स्तरमा पुगेको आइसले जनाएको छ। मृत्यु हुने ४ जना आप्रवासी हाइटी, निकारागुआ, इरिट्रिया र बुल्गेरियाका हुन् ।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकाको हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ बिलियन डलर बराबरको संघीय अनुदान सुचारु गर्न अदालतले दिएको आदेशविरुद्ध डोनाल्ड ट्रम्प प्रशासनले पुनरावेदन (अपिल) दर्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसअघि हार्वर्ड विश्वविद्यालयको उक्त अनुदान रोक्का गरेको थियो। तर, अदालतले प्रशासनको सो निर्णयलाई ‘अवैध’ ठहर गर्दै कोष सुचारु गर्न आदेश दिएको थियो।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर समर्थक एलिस स्टेफानिकले न्यूयोर्क राज्यको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्। रिपब्लिकन कंग्रेस महिला स्टेफानिकले गभर्नर पदको दौडबाट बाहिरिएको जानकारी दिँदै कंग्रेसमा समेत पुनः उम्मेदवारी नदिने स्पष्ट पारेकी हुन्।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकाले सिरियामा सैन्य आक्रमण सुरु गरेको छ। सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) विरुद्ध सैन्य कारबाही सुरु गरिएको अमेरिकाले घोषणा गरेको हो। सिरियामा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणको जवाफमा यो कारबाही थालिएको अमेरिकी पक्षको दाबी छ।
किशोर पन्थी
|
2 days ago
सुरज घिमिरे
|
2 days ago
एक अमेरिकी महिलाले आफ्नो कुकुरले अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि पासपोर्ट च्यातिदिएको रमाइलो तर नाटकीय घटना इन्स्टाग्राममा साझा गरेपछि धेरैको ध्यान खिचेकी छिन्। करिना नाम गरेकी ती महिलाले करिना वल्र्डवाइड नामक इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा आफ्नो क्षतिग्रस्त पासपोर्ट देखाउँदै घटना सुनाएकी हुन् । करिनाले भनेकी छिन्, “हिजो मेरो कुकुरले मेरो जीवन बिगार्ने प्रयास गर्यो।
किशोर पन्थी
|
2 days ago
डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम स्थगित गर्ने घोषणापछि आवश्यक उपायहरू कार्यान्वयन गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग नजिकबाट समन्वय भइरहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ताले खसोखास सँग प्रतिक्रियामा भने, “यस हप्ताका भयानक घटनाहरूले डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकी सुरक्षा र सुरक्षामा पार्ने खतरालाई प्रदर्शन गरेका छन्।
सुरज घिमिरे
|
2 days ago
चीनका एक फुड डेलिभरी कामदारले कडा कार्यतालिका र सामान्य जीवनशैली अपनाएर ५ वर्षमा १२ मिलियन युआन (करिब १ लाख ६० हजार अमेरिकी डलर) बचत गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा व्यापक बटुलेका छन् ।
सुरज घिमिरे
|
2 days ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले केही अंगीकृत अमेरिकीहरूको नागरिकता खारेज गर्ने अभियानलाई व्यापक रूपमा विस्तार गर्ने तयारी गरेको खुलासा भएको छ । यस कदमलाई ट्रम्पको आप्रवासन कडाइ नीतिको नयाँ र कठोर चरणका रूपमा हेरिएको छ ।