npl.977 Nepal News Stream

#सबै समाचार

Clickmandu logo Clickmandu

युद्धविराम सकिने समय आउँदै गर्दा इरानले भन्यो– ‘हाम्रो औंला ट्रिगरमै छ’

क्लिकमान्डु | 15 minutes ago
एजेन्सी । इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम सकिनै लाग्दा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले आफ्ना सैनिकहरू युद्धमैदानको अस्थायी मौनताका बीच ‘औंला ट्रिगरमा राखेर’ बसेको बताएको छ । सेना र आईआरजीसी दुवै कुनै पनि शत्रुतापूर्ण कार्यको शक्तिशाली र निर्णायक जवाफ दिन तयार रहेको गाड्र्सले चेतावनी दिएका छन् ।
Clickmandu logo Clickmandu

तेलको बढ्दो मूल्यबीच दक्षिण कोरियाले जनतालाई ६१० खर्ब वनको नगद सहायता दिने

क्लिकमान्डु | 25 minutes ago
एजेन्सी । योन्हाप न्युज एजेन्सीका अनुसार, दक्षिण कोरियाली सरकारले पश्चिम एसियाली संकटका कारण बढ्दो तेलको मूल्यको असर घटाउन न्यून आय भएका तल्लो ७० प्रतिशत जनताका लागि ६१० खर्ब कोरियन वनको नगद सहयोग योजना घोषणा गरेको छ ।
Clickmandu logo Clickmandu

१० बैंकका १३८ शाखा हट्दै, कुन कहाँ ?

क्लिकमान्डु | 39 minutes ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगर क्षेत्रभित्र रहेका बैंक शाखाहरू समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था गरेपछि बैंकहरूले धमाधम शाखा बन्द गर्न लागेका छन् । विगतमा अन्धाधुन्ध शाखा खोलेका बैंकहरूले अहिले धमाधम शाखाहरू बन्द गर्न लागेका हुन् ।
Clickmandu logo Clickmandu

राजेश मेटल क्राफ्टको व्यापार घट्यो, ६ महिनामा २ अर्ब २० करोडको व्यापार

क्लिकमान्डु | 41 minutes ago
काठमाडौं । राजेश मेटल क्राफ्टले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।
Clickmandu logo Clickmandu

अमेरिकाले इरानका तटहरूमा बढायो नाकाबन्दीको दायरा

क्लिकमान्डु | 50 minutes ago
एजेन्सी । जारी इरान युद्धमा तनाव चर्किएसँगै अमेरिकाले तेहरानका बन्दरगाहहरूमा आफ्नो सामुद्रिक नाकाबन्दीको दायरा फराकिलो बनाएको छ । रोयटर्सले बिहीबार एक अमेरिकी सैन्य सल्लाहकारलाई उद्धृत गर्दै जनाएअनुसार, यसले सेनालाई व्यापक प्रकारका वर्जित सामान बोकेका जहाजहरूलाई निशाना बनाउन र विश्वव्यापी रूपमा त्यस्ता जहाजहरूलाई रोक्ने, खानतलासी गर्ने र जफत गर्ने अधिकार प्रदान गरेको छ ।
Clickmandu logo Clickmandu

औषधिको कारोबार गर्ने सुर्गिम्ड डिस्ट्रिब्यूटर्सले ६ महिनामा गर्‍यो ७८ करोडको व्यापार

क्लिकमान्डु | 58 minutes ago
काठमाडौं । सुर्गिम्ड डिस्ट्रिब्यूटर्सले चालु आर्थिक वर्षको ६ महिनामा ७७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
Clickmandu logo Clickmandu

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

क्लिकमान्डु | 1 hour ago
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ । अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो ।
Clickmandu logo Clickmandu

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

क्लिकमान्डु | 1 hour ago
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।
Clickmandu logo Clickmandu

ट्रेड युनियन खारेज गर्ने बालेन सरकारको तयारीप्रति १५ संगठनको आपत्ति

क्लिकमान्डु | 1 hour ago
काठमाडौं । विभिन्न १५ वटा ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले सरकारद्वारा ल्याइएको विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकको सेवा, सुविधा, अधिकार र ट्रेड युनियनको स्वतन्त्रतालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन्।
Clickmandu logo Clickmandu

त्रिविको सम्पत्ति कब्जा गर्नेलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम, अटेर गरे कानुनी कारबाही हुने

क्लिकमान्डु | 1 hour ago
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्नेहरूलाई ३५ दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ । विश्वविद्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अवैध रूपमा भोगचलन गरिरहेका व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूलाई उक्त सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको हो।
Clickmandu logo Clickmandu

भारतमा सात सिटे ईभीप्रति बढ्यो आकर्षण

क्लिकमान्डु | 1 hour ago
एजेन्सी । वर्षौंदेखि भारतको विद्युतीय सवारीसाधन (ईभी) बजारले दैनिक यात्रा गर्नेहरूलाई मात्र लक्षित गरिरहेको थियो । तर, अब एउटा नयाँ प्रतिस्पर्धाको क्षेत्र बनेको छ जहाँ अटो निर्माताहरूले सात सिट भएका ईभीहरूको सानो तर तीव्र गतिमा बढिरहेको बजारमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । यो मुख्यतया ठूला परिवारहरूलाई लक्षित गरिएको छ ।
Clickmandu logo Clickmandu

संसदीय समितिका सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै

क्लिकमान्डु | 1 hour ago
काठमाडौं । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।
Clickmandu logo Clickmandu

न्युक्लियर डस्ट अमेरिकालाई बुझाउन इरान तयार भएको ट्रम्पको दाबी

विन्देश दहाल | 1 hour ago
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान आफ्नो आणविक धूलो (न्युक्लियर डस्ट) अमेरिकालाई हस्तान्तरण गर्न तयार रहेको दाबी गरेका छन् । आणविक धूलो ट्रम्पले इरानको अत्यधिक संवर्धित युरेनियमका लागि प्रयोग गरेको शब्दावलि हो ।
Clickmandu logo Clickmandu

विश्वकै तीव्र गतिको दाबी, तर छैटौंमा झर्यो भारत: डलरको बहाना कि संरचनात्मक कमजोरी ?

विन्देश दहाल | 2 hours ago
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पछिल्लो अनुमानअनुसार अर्थतन्त्रको आकारका आधारमा भारत छैटौं स्थानमा झरेर बेलायतभन्दा तल पुगेको छ । अप्रिलमा सार्वजनिक गरिएको आईएमएफको विश्व आर्थिक दृष्टिकोण अनुसार, भारतले सन् २०२६–२७ को अन्त्यसम्म ४.१५ ट्रिलियन डलरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकार हासिल गर्ने सम्भावना छ । त्यो बेलायतको ४.२६ ट्रिलियन डलरभन्दा कम हुनेछ ।
Clickmandu logo Clickmandu

गृहमन्त्रीले बोके दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर लामाको शव

क्लिकमान्डु | 2 hours ago
काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कार गरिएको छ । स्वयम्भूमा आयोजित दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका थिए । कार्यक्रममा पुगेर उनले लामाको शवसमेत बोकेका थिए ।
Clickmandu logo Clickmandu

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम सम्पन्न

क्लिकमान्डु | 2 hours ago
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ । अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।
Clickmandu logo Clickmandu

सामसुङका दुई नयाँ फाइभ जी स्मार्टफोन नेपालमा, के-के छन् विशेषता, कति पर्छ मूल्य ?

क्लिकमान्डु | 2 hours ago
काठमाडौं । सामसुङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए ५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको जनाएको छ ।
Clickmandu logo Clickmandu

बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

क्लिकमान्डु | 3 hours ago
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्ने कम्पनीले जनाएको छ ।
Clickmandu logo Clickmandu

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था आजबाट सुरु

राजु बास्कोटा | 3 hours ago
काठमाडौं । ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि सुरु भएकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेपछि सवारी चालक अनुमतिपत्र छपाइलाई तीव्र दिनसमेत आग्रह गरेका छन ।
Clickmandu logo Clickmandu

विशाल ग्रुपले हडप्न खोजेको बालमन्दिरको जग्गा जोगाउने जिम्मा बालेनलाई, एक वर्षपछि सुनुवाइमा तीव्रता

क्लिकमान्डु | 3 hours ago
काठमाडौं । विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले कब्जा गर्न खोजेको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा जोगाउने जिम्मेवारी नयाँ सरकारको काँधमा आएको छ । वालेन्द्र शाह (वालेन) नेतृत्वको नयाँ सरकार आएसँगै बालमन्दिरको सम्पत्ति जोगाउने पहल पनि सुरु भएको छ ।

Explore by Source or Category