Clickmandu
औषधिको कारोबार गर्ने सुर्गिम्ड डिस्ट्रिब्यूटर्सले ६ महिनामा गर्यो ७८ करोडको व्यापार

काठमाडौं । सुर्गिम्ड डिस्ट्रिब्यूटर्सले चालु आर्थिक वर्षको ६ महिनामा ७७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब १३ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ९० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधि कारोबार गर्दै आएको छ ।
कम्पनीको व्यापार गत आर्थिक वर्षमा २३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा २ देखि ३ प्रतिशतसम्म खुद नाफा कमाएको छ । कम्पनीको कुल नगद सञ्चिति ४ करोड ८० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा यस्तो सञ्चिति ३ करोड ५० लाख रुपैयाँ थियो ।
बलराम अग्रवाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६१ करोड २५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।