npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सामसुङका दुई नयाँ फाइभ जी स्मार्टफोन नेपालमा, के-के छन् विशेषता, कति पर्छ मूल्य ?

क्लिकमान्डु 4 hours ago

काठमाडौं । सामसुङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए ५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको जनाएको छ ।

यससँगै सामसुङले पहिलेको १२ महिनाको ईएमआई योजनालाई विस्तार गर्दै २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ ।

यो सुविधा सामसुङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत पाइनेछ। कम्पनीका अनुसार यो प्रक्रिया सरल रहेको छ र नागरिकता मात्रै भए पुग्नेछ ।

नयाँ ग्यालेक्सी ए सिरिजमा सामसुङको ‘एन्हान्स्ड अवेसम इन्टेलिजेन्स’ प्रविधि समावेश गरिएको छ, जसले स्मार्ट इन्टर्याक्सन, प्रोडक्टिभिटी र कन्टेन्ट निर्माणलाई सहज बनाउने बताइएको छ । क्यामेरा, डिस्प्ले, प्रदर्शन र सुरक्षामा सुधार गरिएको यी दुवै स्मार्टफोन दैनिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्छ भने एआई सिलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गरी एपहरूबीच सजिलै सार्न मद्दत गर्छ । त्यस्तै, अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन्सजस्ता टुलहरूले फोटो सम्पादनलाई अझ सरल बनाएका छन् । ग्यालेक्सी ए५७ फाइभ जी मा बेस्ट फेस र अटो ट्रिमजस्ता थप सुविधा पनि दिइएको छ ।

क्यामेरातर्फ दुवै डिभाइसमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको छ । एन्हान्स्ड आईएसपी र नाइटोग्राफी प्रविधिले कम प्रकाशमा पनि उज्यालो र नेचुरल फोटो तथा भिडियो खिच्न सहयोग गर्छ । एआईमा आधारित सब्जेक्ट रिकग्निसनले पोर्ट्रेट फोटोमा राम्रो स्किन टोन र ब्याकग्राउन्ड सेपरेसन दिने बताइएको छ ।

प्रदर्शनका हिसाबले अपग्रेड गरिएको सिपियु, जिपियु र एनपियुले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनमा सहयोग गर्ने कम्पनीको भनाइ छ । ५,००० एमएएच ब्याट्रीले दुई दिनसम्म साथ दिने र ग्यालेक्सी ए५७ फाइभ जी मा सुपर फास्ट चार्जिङ २.० सुविधा पनि रहेको छ ।

यस्तै, ठूलो भेपर च्याम्बरका कारण लामो समयसम्म स्थिर प्रदर्शन मिल्ने र भिजन बुस्टरसहितको डिस्प्लेले भित्र तथा बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिने जनाइएको छ ।

सुरक्षातर्फ दुवै फोन आईपी६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन् । सामसुङले ६ पुस्तासम्म ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा गरेको छ ।

मूल्यका हिसाबले ग्यालेक्सी ए५७ फाइभ जी (१२ जीबी/२५६ जीबी) को मूल्य ८९ हजार ९९९ रुपैयाँ र (८ जीबी/२५६ जीबी) को ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, ग्यालेक्सी ए३७ फाइभ जी (१२ जीबी/२५६ जीबी) ७९ हजार ९९९, (८ जीबी/२५६ जीबी) ७२ हजार ९९९ र (८ जीबी/१२८ जीबी) ६४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै स्मार्टफोन सामसुङका आधिकारिक रिटेल स्टोर तथा नेपालभरका अधिकृत साझेदारमार्फत बिक्री हुनेछन् ।

Read more news from Clickmandu

Explore by Source or Category