Clickmandu
गृहमन्त्रीले बोके दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर लामाको शव
क्लिकमान्डु
|
3 hours ago

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कार गरिएको छ ।
स्वयम्भूमा आयोजित दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका थिए । कार्यक्रममा पुगेर उनले लामाको शवसमेत बोकेका थिए ।
चैत २९ गते तार्केश्वर नगरपालिका–८ डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका लामाको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जापानमा रहेकी उनकी पत्नी तथा परिवारका सदस्य नेपाल आइपुग्न ढिला भएकाले शुक्रबार दाहसंस्कार गरिएको हो । लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।