npl.977 Nepal News Stream

Online Tv Nepal logo

Online Tv Nepal

Nepal number's 1 filmy news portal

पूर्वमन्त्री खड्कालाई पनि रिहा गर्न सर्वोच्चको आदेश, गृहमन्त्रीलाई अर्को झड्का

अनलाइन टीभी | 1 hour ago
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । खड्काको तर्फबाट उनकी श्रीमती विनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

मन्त्री र सांसदबाट मासिक ३० लाख कमाउँदै रास्वपा

अनलाइन टीभी | 17 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदको लेबी तोकेको छ । सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्री, सांसद र मन्त्रीका स्वकीयको लेबी तोकेको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार पाँच सय र मन्त्रीहरूका लागि मासिक १८ हजार लेबी तोकिएको छ।

रास्वपा दलको उपनेता पराजुली, मुख्य सचेतक बुर्लाकोटी

अनलाइन टीभी | 17 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलमा जिम्मेवारी बाँडफाँड गरेको छ । बिहीबार दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सभापतित्वमा बसेको दलको बैठकले उपनेता, मुख्य सचेतक र दुई सचेतकको मनोनयन गरेको हो । रास्वपा दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ ।

बालेन र रविको प्रस्ताव मनिष झाद्वारा अस्वीकार, संसदीय सभापतिमा नबस्ने

अनलाइन टीभी नेपाल | 19 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति

अनलाइन टीभी नेपाल | 20 hours ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।

सुनिता डंगोलको नजर पनि सुकुम्बासी बस्तीतिर, आइजीपी भेटेपछि तरंग

अनलाइन टीभी नेपाल | 21 hours ago
काठमाडौं । काठमाडौं महानगरपापलिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको आँखा पनि राजधानीका सुकुम्बासी बस्तीतिर परेको छ । मेयरमा निर्वाचित भएलगत्तै वालेन्द्र शाह बालेनले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाएर उनीहरूको व्यवस्थापन गर्न लागेका थिए । तर उनी सफल हुन सकेनन् । बालेन अहिले प्रधानमन्त्री बनेका छन् ।

दुर्गा प्रसाईको पक्षमा उभियो अदालत, ६५ करोड ऋण दिन आदेश

अनलाइन टीभी नेपाल | 21 hours ago
काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट लिएका ऋण नतिर्ने अभियान चलाएका दुर्गा प्रसाईकै पक्षमा अदालत उभिएको छ । अदालतले ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन आदेश दिएपछि प्रसाईं दंग परेका छन् ।

कांग्रेस मुद्दामा आज सुनुवाइ हुँदै, कसले आधिकारिकता पाउला ?

अनलाइन टीभी नेपाल | 22 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

बालेन सरकार रफ्तारमा, नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय

अनलाइन टीभी नेपाल | 23 hours ago
काठमाडौं । वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्ने मामिलामा विगतका सरकारलाई धेरै पछाडि छाडेको छ । आमजनताले विगतदेखि भन्दै आएका र सडकमा लगाएका नारालाई सरकारले पक्डेको छ । र, सोहीअनुसार फटाफट निर्णय गर्न थालेको छ ।

कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने

अनलाइन टीभी नेपाल | 23 hours ago
कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने काठमाडौँ l काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।

नेपालमा पेट्रोलभन्दा डिजल र मट्टीतेल महँगो, सर्वसाधारण मारमा

अनलाइन टीभी नेपाल | 23 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

Explore news by Category