काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि रकम अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन्। उपचार खर्च १ लाख ३० हजार रुपैयाँ तिर्न नसक्दा परिवार समस्यामा परेको छ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन्। विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ । कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सुनसरी । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तार’bout छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो ।
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले कानुन उल्लङ्घन गर्ने जोसुकैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटमा उनले “मेरै बाबुले नै गल्ती गरे पनि छाड्दिनँ” भन्दै अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार सरकारले कानुनको दायरामा ल्याउने कामलाई निरन्तरता दिइरहेको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । संघीय संसदका विभिन्न १२ वटा समितिको नेतृत्व टुंगो लागेको छ । प्रतिनिधिसभाका १० र २ वटा राष्ट्रियसभा समेत संलग्न संयुक्त समितिका सभापति टुंगो लाग्दा ११ वटा समितिको नेतृत्व सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने भएको छ ।
काठमाडौं । बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा हारेपछि रियल मेड्रिडको यस सिजनमा उपाधि जित्ने संभावना लगभग सकिएको छ । ला लिगा उपाधि पनि जित्ने संभावना कम भएकोले यस सिजनमा रियल उपाधिविहीन हुने देखिएको हो ।एलियान्ज अरिनामा बुधबार सम्पन्न खेलमा रियलले तीनपटक आफ्नो अग्रतालाई जोगाउन सकेन ।
काठमाडौं । यूएईविरुद्ध हुने अन्डर लाइट्स टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आधिकारिक रूपमा ऐरीको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । क्यानका अनुसार सिरिज यही अप्रिल २० र २१ तारिखमा आयोजना हुनेछ ।
धनगढी — धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयविपरीत आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । उपमहानगरका प्रमुख गोपाल हमालले बिहीबार जारी गरेको सूचनाअनुसार आज वैशाख ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्न भनिएको छ ।
काठमाडौँ — बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र मा पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको अवस्था अवलोकन गरेका छन् । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेका नागरिकले महिनौँसम्म लाइसेन्स नपाउने समस्याको अन्त्य गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको जानकारी दिए ।
रौतहट । रौतहटको बृन्दाबन नगरपालिकाले आफनो क्षेत्रभित्रको जग्गा अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका दुई जनाको घर शुक्रबार भत्काएर खाली गराएको छ । नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माणमा अवरोध पुगेपछि अतिक्रमति दुई घर भत्काएको जनाइएको छ । उक्त क्षेत्रमा नगरपालिकाले आधुनिक सुबिधा सम्पन्न प्रशासनिक भबन निर्माण गर्ने छ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार र शुक्रबार भने सुनको मूल्य तोलामा ६ हजार १ सय रुपैयाँले बढेको थियो र हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् ।
काठमाडौँ, — प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातृ सम्मान दिवस आज देशभर आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्दै मनाइँदैछ। यस पर्वलाई “आमाको मुख हेर्ने दिन” का रूपमा समेत चिनिन्छ । शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा राखिन्छिन् ।
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दाको सुनुवाइ शुक्रबार पनि सर्वोच्च अदालतमा हुँदैछ ।बिहीबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार भएको सुनुवाइमा निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।