काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा.
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवासुबिधाको रकमबाट खर्च गर्ने गरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४, धुसरका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन ।
रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिनअघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाए । उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् । उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन् ।
काठमाडौं । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छ्न ।
काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। साइबर ब्यूरोमा प्राप्त निवेदनअनुसार आरोपीले सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर प्रयोग गरी फेक एकाउन्ट बनाएको र साथी बनेर कुराकानी सुरु गरेको खुलेको छ।
काठमाडौँ। जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि सोमबार उपत्यकाव्यापी शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। जनविरोधी शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीका विरुद्ध हडताल आयोजना गर्न लागिएको संगठनले जनाएको छ। युनियनकी अध्यक्ष सुनिता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा गलत शिक्षा नीतिका विरुद्ध विद्यार्थीहरू एकजुट भएर संघर्षमा उत्रनुपर्ने उल्लेख गरिएको छ।
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। विदेश पठाइदिने भन्दै लामो समयसम्म पीडितहरूलाई झुक्यानमा राखी विदेश नपठाई सम्पर्क बिहीन भएको उजुरी परेपछि अनुसन्धान गरिएको थियो।
काठमाडौँ। मधेस प्रदेश सभाको सभाभुखमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा सात दलीय गठबन्धनबाट सभामुखमा उम्मेदवार बनेका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने २४ जनाले विपक्षमा मतदान गरका छन्। बैठकमा ९६ जना उपस्थित रहेका थिए।
काठमाडौं । नाबालिकामाथि नक्कली फेसबुकको जालोमा अश्लील माग, दबाब र चरित्र हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय सन्दिप चन्दलाई पक्राउ गरेको छ। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार चन्दले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर नाबालिकासँग साथी बनेका थिए र नग्न तस्बिर र भिडियो माग्दै उसको मानसिक तथा सामाजिक दबाब सिर्जना गरेका थिए। जब नाबालिकाले अस्वीकार गरिन्, चन्दले ती नग्न सामग्री साथी र आफन्तसँग शेयर गरेर उनको चरित्र हत्या गरेका थिए। विभिन्न दबाब र प्रभावमा पारेर नियमित रूपमा अश्लिल गतिविधि गर्न लगाएको आरोप छ। कैलालीबाट पक्राउ परेका चन्दको साथ अनुसन्धान जारी छ।
काठमाडौं । ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोज्या छन्, तिनले त्यसो नगरुन्, उनको बुद्धि फिरोस् ।’ यो अभिव्यक्ति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । पार्टीको कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधनका क्रममा २८ मंसिरमा प्रचण्डले कुलमानविरुद्ध यसरी आक्रोश पोखेका थिए । आफूले बनाएको मान्छे आफैंविरुद्ध लागेको आशय प्रचण्डको छ ।
काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।
‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’ The post घण्टीघरबाट रविले भने-‘संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको दौडधुप बन्द गर्नूस्’ appeared first on RONB post.
काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक तथा हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सरकार र जेनजीबिच भएको सहमतिअनुसार भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउने कार्यबाट गृहमन्त्री अर्याल पछाडि हटेको गुरुङको आरोप छ । उल्टै पीडितलाई रिहा नगरेर थुनामै राखेको भन्दै उनले गृहमन्त्री अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेर पीडितलाई उतै सम्पर्क गर्न भनेका हुन् ।
काठमाडौं । पर्साको धोबिनी क्षेत्रमा बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटना सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको भिडियोमा स्थानीय बासिन्दाहरूले भारतीय अधिकारीलाई प्रश्न सोध्दै रोक्ने प्रयास गरेको देखिन्छ, उनीहरूले ‘नेपालमा के गर्न आएको?’ भनेर प्रश्न गरेका छन्। घटनास्थलमा भारतीय सुरक्षाकर्मी सुरक्षा गाडीसहित नेपाल प्रवेश गरेको देखिएको थियो। धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सुरक्षाकर्मी वडा नम्बर ५ भित्रसम्म प्रवेश गरेका थिए। सुरक्षाकर्मीहरू कुनै व्यक्तिलाई खोज्न आएको जस्तो देखिए। स्थानीयको हस्तक्षेपपछि नेपाल प्रहरी मार्फत समन्वय गरी भारतीय पक्ष फिर्ता पठाइएको जनाइएको छ। भारतीय प्रहरी हतियारसहित आए पनि स्थानीय आतंकित भएका थिए।
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेर २५९५. १० बिन्दुमा झरेको हो । त्यसदिन ३४५ कम्पनीको ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । The post दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५२ लाखको कारोबार appeared first on RONB post.
काठमाडौं । वर्तमान सरकार सर्वपक्षीय बनाउनुपर्ने मागसहित मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरेको हो। ढुंगाना नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन्।
काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आइतबार अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीका अनुसार गौतेङ प्रान्तको बेकरस्डाल टाउनशिपमा रहेको एक बार तथा वरपरका क्षेत्रमा बन्दुकधारीहरूले जथाभावी गोली चलाएका थिए। आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन।
एजेन्सी । अमेरिकामा रहेका दुई नेपाली युवक हालै फरक–फरक आपराधिक घटनामा पक्राउ परेका छन्। टेनेसीमा ज्येष्ठ नागरिक ठगी टेनेसीको पुटनाम काउन्टीमा ३० वर्षीय तुल्सी तिम्सिनालाई ७० वर्षीय वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। नासभिल बसोबास गर्ने तिम्सिना ग्रिन कार्ड होल्डर रहेको बताइएको छ। घटना गत सेप्टेम्बर १९ बाट सुरु भएको थियो। पीडित दम्पतीको कम्प्युटरमा ‘माइक्रोसफ्ट जस्तो पप–अप अलर्ट’ देखाइएपछि उनीहरूले देखाइएको नम्बरमा फोन गर्दा बैंक खाता ह्याक भएको र बाल अश्लील सामग्री अनुसन्धानको बहाना बनाएर तुरुन्त पैसा झिक्न निर्देशन गरिएको थियो।