npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो

न्युज अफ नेपाल 9 hours ago

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार र शुक्रबार भने सुनको मूल्य तोलामा ६ हजार १ सय रुपैयाँले बढेको थियो र हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १२० रुपैयाँले सस्तो भई ५ हजार १ सय ३० रुपैयाँमा झरेको छ।

Read more news from News of Nepal

Explore by Source or Category