राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
नेपाल–लिथुआनिया सम्बन्ध सुदृढीकरण’bout छलफल
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तार’bout छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै देशले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।
The post नेपाल–लिथुआनिया सम्बन्ध सुदृढीकरण’bout छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....