npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

राजधानी समाचारदाता 2 hours ago

काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो ।

कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पु¥याउनु परियोजनाको लक्ष्य हो ।

The post कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category