npl.977 Nepal News Stream

#राजनीति

Kendrabindu logo Kendrabindu

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि –२०८२ पारित

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Kendrabindu logo Kendrabindu

अनेरास्ववियुद्वारा काठमाडौंमा बालेनको पुत्ला दहन

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ । हिजो दाङमा रास्वपा सभापति रवि लामिछाने सहभागी भएको कार्यक्रममा एमालेको झन्डा जलाएपछि एमालेका नेता कार्यकर्ताहरु रुष्ट देखिएका छन् । यसैबीच अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो ।जुलसमा रास्वपाका वरिष्ठ नेता बालेन शाहको पुत्लासमेत जलाइएको छ ।
Kendrabindu logo Kendrabindu

घोषणापत्रमा दलितः दुई कुरो, उही कुरो, छैन कार्यान्वयन

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । यतिबेला देश निर्वाचनमय भएको छ । प्रतिनिधिसभा निर्वाचनको समय फागुन २१ गते नजिकिँदै गर्दा राजनीतिक दलले विभिन्न नाम दिएर घोषणापत्र जारी गरेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ६८ राजनीतिक दलले भाग लिँदैछन् । यी सबैजसो दलका घोषणापत्रमा दलित समुदायको मुद्दा समावेश गरिएको छ ।
Kendrabindu logo Kendrabindu

बालेन्द्र शाह राजनैतिक व्यक्तित्व कि सुपरस्टार नायक ?

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडाैं । बालेन्द्र शाह (बालेन) यतिबेला चर्चाको शिखरमा छन् । किनकी उनी झापा–५ मा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्दैछन् । त्यसैले झापा–५ यतिवेला राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय रुपमा समेत चर्चामा छ । तर, बालेनको क्रेज, उपस्थिती र माग झापामा मात्र सिमित छैन, देशव्यापी छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बाँके १ का उम्मेदवार मतदाता रिझाउन गाउँगाउँमा

राजधानी समाचारदाता | 2 hours ago
नेपालगन्ज । यहाँका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो क्षेत्र हो—क्षेत्र नं १ मा एक लाख २४ हजार ७२७ मतदाता रहेको छन् । यस क्षेत्रमा १४१ मतदान केन्द्र छन् । यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् ।
Taksar News logo Taksar News

कांग्रेस केन्द्रीय अनुशासन समितिले पारित गर्‍यो नयाँ कार्यविधि-२०८२

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेकाे थियाे। बैठकमा कपिलवस्तु लगायतका केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उम्मेदवारी दिने, उनका प्रस्तावक वा समर्थक हुने तथा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूको विषयमा छलफल गरिएको छ।
GandakNews logo GandakNews

संसद् विघटन विरुद्धको रिटमा चुनावको भोलिपल्टलाई साधारण तारिख

गण्डक न्यूज | 3 hours ago
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ । संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर गरिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ अघि बढाइएको छैन ।
GandakNews logo GandakNews

देश जलाउनेले देश बनाउने हाम्रो पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाए: नेकपा एमाले

गण्डक न्यूज | 3 hours ago
दाङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न बसेका व्यक्तिहरुले बिहीबार बेलुका तुलसीपुरमा एमालेको झण्डा जलाएको विषयमा आलोचना भएको छ । शुक्रबार रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका कार्यकर्ताले एमालेकाे झण्डा जलाएका थिए ।
Kendrabindu logo Kendrabindu

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक छ -कावा आयुक्त भण्डारी

इन्द्र कमल रोक्का | 3 hours ago
मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
Taksar News logo Taksar News

चोरीका मोटरसाइकलका पार्टपुर्जा बिक्री गर्दै जडान गर्ने गिरोहका ३ जना काठमाडौँमा पक्राउ

टक्सार न्युज | 3 hours ago
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री वितरण गर्ने तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार फागुन ६ गते साँझ करिब ८ बजे बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडाबाट चोरी गरिएको बा.प्र.
Taksar News logo Taksar News

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

टक्सार न्युज | 3 hours ago
काठमाडाैँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका ४ वटा प्रदेशहरूमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

प्रभु साहको प्रश्न, ‘बालेन शाह कसरी मधेसी ?’

राजधानी समाचारदाता | 3 hours ago
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले मधेसीले मनाउने छठ पर्व, दुर्गापुजा, बोलबम नमान्ने बालेन शाह कसरी मधेसी भएको भन्दै प्रश्न गरेका छन् ।
Taksar News logo Taksar News

बञ्चरेडाँडा ल्यान्डफिलमा अनधिकृत प्रवेश निषेध, उल्लङ्घन गर्नेलाई कारबाही हुने

टक्सार न्युज | 4 hours ago
काठमाडौँ। काठमाडौँ महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। विभागले सूचना जारी गर्दै आजदेखि ल्यान्डफिल साइट परिसरमा अनुमति बिना प्रवेश गर्न नपाइने स्पष्ट गरेको हो। विभागका अनुसार उक्त ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहबाट संकलित फोहरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ।
GandakNews logo GandakNews

निर्वाचन आयोगले भन्यो: टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

गण्डक न्यूज | 4 hours ago
काठमाडौँ — तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ? रमाइलोका लागि चलाउँदै आएको टिकटकबाट अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सकिन्छ। यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सकिन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ ।
Taksar News logo Taksar News

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’

टक्सार न्युज | 4 hours ago
काठमाडाैँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणापत्र कार्यान्वयन गर्ने विषयमा जनतामा स्वाभाविक रूपमा शंका र प्रश्न उठिरहेको बताएका छन्।
Taksar News logo Taksar News

बैङ्क खाता खोल्ने काममा ढिलाइ नगर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा बैङ्क खाता खोल्न ढिलाइ नगर्न ताकेता गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण खर्च तोकिएको बैङ्क खाताबाट मात्रै गर्नुपर्ने व्यवस्था भएकाले अझै खाता नखोलेका उम्मेदवारलाई तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको हो।
Taksar News logo Taksar News

उडान अभावले होटल क्षेत्र सङ्कटमा, लगानी सुरक्षाका लागि राज्य सक्रिय हुनुपर्ने माग

टक्सार न्युज | 4 hours ago
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल क्षेत्रमा भएको अर्बौं लगानीको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणपछि ठूलो संख्यामा होटल खुले पनि अपेक्षाअनुसार उडान सञ्चालन नहुँदा व्यवसायीहरू समस्यामा परेको उल्लेख गरे।
Kendrabindu logo Kendrabindu

पूर्व नाउपाका छ जना नेता चुनावी मैदानमा, कैलाली -१ मा कसले मार्ला बाजी ?

इन्द्र कमल रोक्का | 4 hours ago
धनगढी । संगठित रुपमा लड्दा थारु समुदायका उम्मेदवारले कैलालीको क्षेत्र नम्बर १ मा लगातार तीनवटा निर्वाचनमा जीत हात पारे । तीनै पटक उम्मेदवार फरक थिए । पार्टी फरक थियो । तर मुद्दा एउटै थियो, त्यो हाे थारु मुद्दा ।
Kendrabindu logo Kendrabindu

रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरेपछि राप्रपाद्वारा खेद प्रकट

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा बिहीबार राति तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रास्वपा कार्यकर्ताहरुले शालिकमाथि चढेर प्रदर्शन गरेका थिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

राजधानी समाचारदाता | 4 hours ago
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Explore by Source or Category