काठमाडौँ। राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । जेनजी आन्दोलनको बलमा नागरिक सरकार बनेको सय दिन नपुग्दै जेनजी अभियन्ताहरू नै सर्वपक्षीय सरकार निर्माणका लागि दबाब दिन थालेका छन् । जेनजी अभियन्ता मिराज ढुंगानासहितका अभियन्ताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुशीला कार्की नेतृत्वको सरकार जेनजीको माग र भावना पूरा गर्न असफल भएको भन्दै विकल्प खोज्ने निष्कर्षमा पुगेका हुुन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नसमेटेको भन्दै जेनजी अभियन्ताहरू सर्वपक्षीय र गैरदलीय नेतृत्वको सरकार गठनको प्रयासमा जुटेका छन् ।
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा.
प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।
काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएको दुई दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार पुगेका छन्। आइतबार साँझ भएको यो आकस्मिक भेट गरे। लामिछानेसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य शिशिर खनाल र सोभिता गौतम पनि बालुवाटार पुगेका थिए। भेटवार्ता चलिरहेकै बेला प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले छलफल जारी रहेको बताए। शुक्रबार पुस ४ गते सहकारी बचत अपचलन प्रकरणमा अदालतबाट धरौटीमा छुटेपछि लामिछानेको यो पहिलो प्रधानमन्त्री भेट हो।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरेका हुन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् ।
काठमाडौं । गत मंसिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएपछि त्यसको पर्सिपल्ट मंसिर २१ गते ८ जना सांसदको हस्ताक्षर कांग्रेस पनि सर्वोच्च पुग्यो। त्यही रिट निवेदनमा पक्ष कायम गरी पाऊँ भनेर पूरक निवेदन दिने तयारी कांग्रेसको छ। रिटमा पक्ष कायम गर्न अहिलेसम्म कांग्रेसका ८८ जना निवर्तमान सांसदमध्ये ६६ जनाले हस्ताक्षर गरेको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर उक्त रिटमा सभापति देउवासहितले हस्ताक्षर गरेका छैनन्। घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदहरूले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएका थिए।
काठमाडौं । अदालतको आदेशबमोजिम थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछाने आइतबार बनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालय घण्टीघर पुगे । पार्टी कार्यालयबाट उनले राजनीतिक दल (विघटित संसद्का प्रमुख दलहरु)लाई एक सन्देश दिएका छन्, जसले आगामी निर्वाचनमा कडा चुनौती दिने उनको विश्वास छ । गत बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई बिगोबमोजिमको रकम बुझेर थुनामुक्त गर्न आदेश दिएको थियो । सहकारी ठगीसहित अभियोग लागेका रविले आफूविरुद्धको अभियोगबमोजिम बिगो बुझेर थुनामुक्त गरी बाहिरै बसेर कानुनी लडाइँ लड्ने मौका दिन माग गर्दै दिएको थिए ।
काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले नेपालमा जनअपेक्षा अनगिन्ति रहेपनि बजेट अभावमा पूरा हुन नसकेको बताएका हुन्।
काठमाडाैँ । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामअशिष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ । उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौँ। मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। यसअघि उनलाई रास्वपा कार्यालयमा स्वागत गरिएको थियो। कार्यवाहक सभापति डीपी अर्यालले स्वागत गरेपछि उनले आफ्नो कार्यभार सम्हालेका थिए। लामिछाने २६१ दिनपछि पार्टी कार्यालय फर्किएका छन्। यसअघि उनी २०८१ चैत २२ गते घरबाटै पक्राउ परेका थिए।
मधेस प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। कक्षा शिक्षणबाट सुरु भएको उनको यात्रा प्रदेश सभाको सभामुखसम्म पुगेको छ। कुनै बेला काभ्रेको ज्याम्दीस्थित बागदेवी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक थिए रामअशिष। पछि, सरुवा भएर जनकपुरधाम आए। जनकपुरधाममा उनले शिक्षण र पत्रकारितालाई सँगै अघि बढाए।