npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

सेवा प्रवाह र आर्थिक सुधार सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री वाग्ले

देश सञ्चार 1 day ago

काठमाडौँ – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सरकार नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताएका हुन्।

उनका अनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ। उक्त सेवा प्रवाह डिजिटल माध्यम र कतिपय अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर गरिने उनले बताए। अर्थमन्त्री वाग्लेले सेवामुखी भावनाका साथ शासन प्रणाली सुधारतर्फ काम भइरहेको बताए।

उनले सरकारको अर्को प्रमुख प्राथमिकता आर्थिक सुधार भएको उल्लेख गर्दै सबै क्षेत्रमा सुधार र रूपान्तरणको अभियान सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार हरेक क्षेत्रमा पछाडि हट्ने होइन, कसरी अघि बढ्ने, कसरी सुधार गर्ने, बिग्रिएको छ भने कसरी बनाउने र आवश्यक परे छलाङ नै मार्ने भन्ने दिशामा सरकार सोचिरहेको छ।

पर्यटन, निर्माण, कृषि, सिंचाइ, ऊर्जालगायतका सबै क्षेत्रमा समग्र सुधार र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए। अर्थमन्त्रीकाअनुसार आफूले पदभार सम्हालेपछि पहिलो दिनमै राजस्व अनुसन्धान विभाग खारेज गरिएको भए पनि त्यसका मुख्य कामहरू भने अन्य निकायमार्फत निरन्तर अघि बढाइएको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category